Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
वक्तब्यहरु

वर्तमान राजनीतिक परिस्थितिबारे हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको धारणा स्पष्ट गर्न आवश्यक भएकाले यो वक्तव्य जारी गरिएको छ ।
सर्वप्रथम त सरकारले २०६८ भाद्र २३ गते घोषणा गरेको तत्काल राहत कार्यक्रम२०६८लाई हाम्रो पार्टीले मुलतः स्वागत गर्दछ । तर उक्त राहत कार्यक्रम सही भएपनि व्यवहारमा गतकालमा कैयौं कार्यक्रमहरु कागजी मात्र रहने गरेको पृष्ठभूमिमा अहिलेको राहत कार्यक्रमको पनि त्यही प्रकारको अवस्था नहोस् भन्ने कुरातर्फ हामीले सरकारको ध्यान आकर्षित गर्न चाहन्छौं । त्यसैले अहिले गरिएको घोषणाअनुसार तत्काल राहत कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी जनतालाई सस्तो र सुलभ दरमा आवश्यक दैनिक उपभोग्य वस्तुहरु तथा अन्य सुविधाहरु उपलब्ध गराउने कुरामा समेत हाम्रो पार्टीले जोड दिन चाहन्छ ।
बाँकी


२०६८ भाद्र ११ गते
राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिका अध्यक्ष का. चित्रबहादुर के.सी.को अध्यक्षतामा केन्द्रीय कार्यालयको बैठक बस्यो । त्यसले गरेका निर्णयहरु सार्वजनिक गर्ने उद्देश्यले यो वक्तव्य जारी गरिएको छ ।
१. आज मिति ०६८ साल भाद्र ११ गते हुने प्रधानमन्त्रीको निर्वाचनमा हाम्रो पार्टीले ने.क.पा. (माओवादी) को तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बाबुराम भट्टराईलाई समर्थन गर्ने निर्णय गरेको छ ।
बाँकी


२०६८ श्रावण १० गते
नेपाल सरकारको स्थानीय विकास मन्त्रालयले थप ४१ नगरपालिकाहरुको गठन गर्न गरेको घोषणालाई हाम्रो पार्टी, राष्ट्रिय जनमोर्चाले मूलरुपमा स्वागत गर्दछ । त्यसका साथै हामीले उक्त घोषणामा भएका केही कमजोरीहरुको आलोचना गर्नुका साथै केही सुझावहरु पनि दिन चाहन्छौं ।
स्थानीय विकास मन्त्रालयले त्यस सिलसिलामा जिल्लाहरुमा पठाइएको पत्रमा उल्लेख गरिए अनुसार करिब १० वर्ष पहिले तयार पारिएको योजना वा सुझाव अनुसार नै उक्त नगरपालिकाहरु गठन गर्ने घोषणा गरिएको छ । गत १० वर्षका बीचमा कैयौं परिवर्तनहरु भएका छन् ।
बाँकी


२०६८ जेठ ११ गते
२०६८ जेष्ठ ११ गते बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले देशको तात्कालिक राजनीतिक परिस्थिति बारे आफ्नो स्थिति स्पष्ट गर्नका लागि निम्नलिखित वक्तव्य जारी गर्ने निर्णय गरेको छ ।
अहिले संविधानसभाको म्याद सकिन तीनदिन मात्र बाँकी रहेको, त्यो म्याद एक वर्ष बढाउनका लागि सरकारले संसदको सचिवालयमा प्रस्ताव दर्ता गरेको तथा प्रमुख विपक्षी दल सहितका कतिपय राजनीतिक संगठनहरु समेतका तर्फबाट पैदा भएको अवरोधका कारणले सदनमा त्यो प्रस्ताव प्रस्तुत हुन नसकेका समेत कारणहरुले देशमा गम्भीर प्रकारको राजनीतिक परिस्थिति उत्पन्न भएको छ । यो परिस्थितिमा तीनदिनभित्र नै सही निकास निस्कन नसकेमा त्यसका कैयौं दुरगामी दुष्परिणामहरु हुन सक्दछन् ।
बाँकी


२०६८ जेष्ठ ९ गते
यही जेष्ठ १० गतेको नेपालबन्दलाई लिएर सर्वसाधारण व्यक्ति तथा कतिपय संचार माध्यमले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चासित जोडेर भ्रमात्मक प्रचार गरिरहेको विषयप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । राष्ट्रिय जनमोर्चाले तत्काल कुनै पनि प्रकारको बन्द, हडताल वा आन्दोलनको घोषणा नगरेको कुरा स्पष्ट गर्न चाहन्छौं । हाम्रो पार्टीको तर्फबाट कुनै पनि आधिकारिक वक्तव्य वा प्रचार सामाग्री सार्वजनिक नहुँदा नहुँदै पनि किन यसप्रकारको प्रचारबाजी गरिएको छ भन्ने कुराप्रति हामी आश्चर्य चकित भएका छौं । यस प्रकारको असत्य तथा काल्पनिक प्रचारवाजीको भ्रममा नपर्न हामी आम जनतालाई अनुरोध गर्दछौं ।
बाँकी


२०६८ बैशाख २२ गते
०६८ बैशाख २१ गते डोटी जिल्लाको काँडामाण्डौ गाविस २ स्थित चौखुट्टे बजार नजिक भएको बस दुर्घटनामा परी २० जनाको मृत्यु भएको र झण्डै दुई दर्जन भन्दा बढी यात्रु घाइते भएका तथा बैशाख २० गते सिन्धुलीबाट काभ्रे जादै गरेको यात्रु बाहक बस पुरानो झाँगाझोलीमा दुर्घटना भएर १२ जनाको मृत्युभएको समाचारले हाम्रो पार्टीलाई दुःखी एवं मर्माहत तुल्याएको छ ।
बाँकी


२०६८ बैशाख १८ गते
राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिद्वारा २०६८ बैशाख १८ गते काठमाडौंको रिपोटस्र क्लवमा आयोजितपत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष क। चित्रबहादुर के।सी।द्वारा प्रस्तुत प्रेस वक्तव्य
पत्रकार मित्रहरु
सर्वप्रथम म राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको तर्फबाट यहाँहरु सबैलाई हार्दिक अभिवादन गर्न चाहन्छु । हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको दोस्रो राष्ट्रिय सम्मेलन यही ०६८ बैशाख १३ देखि १५ सम्म पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । सम्मेलनका कार्यक्रमहरु सम्मेलनले तय गरेको नीति तथा नयाँ नेतृत्व आदि बारे जानकारी गराउने उद्देश्यले यो पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
१। बैशाख १३ गतेको उद्घाटन कार्यक्रममा देशका विभिन्न भागहरुबाट आएका प्रतिनिधि पर्यवेक्षक दर्शक तथा हजारौंको संख्यामा रहेका सहभागीहरुको विशाल जुलुशले पोखरा सभागृहबाट "संघीयता चािहंदैन देश टुक्राउन पाईदैन , दोस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल पारौं " जस्ता नाराहरुका साथ नगर परिक्रमा गर् यो । जुलुस पोखरा सभागृहको प्राङ्गणमा आइ सभामा परिणत भए पछि उद्घाटन कार्यक्रम शुरु भयो ।
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
श्रद्धाञ्जली सभा सम्पन्नमिति २०७२, चैत्र ७, आइतवार राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति २०७२, चैत्र ७, आइतवार सम्मेलनका निर्णयहरु सार्वजनिकमिति २०७२, फाल्गुन १८, मंगलवार राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.मिति २०७२, फाल्गुन १८, मंगलवार नेकपा (मसाल) को शुभकामनामिति २०७२, फाल्गुन १९, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal