rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

२०६७ फागुन २२ गते
नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको यही २०६७ फागुन २० गते राती ११ः२६ बजे निधन भएको छ । उहाँको निधनले सबै लोकतन्त्र प्रेमीहरुलाई दुःखी तुल्याएको छ । कृष्णप्रसाद भट्टराइको नेपालको पुँजीवादी लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको छ । उहाँ सरल, निस्वार्थी तथा बेदाग जीवन बिताउने नेताहरु मध्ये एउटा नेता हो । राणाकालिन तथा पंचायतकालिन निरंकुश शासनका विरुद्ध अनवरत संघर्ष उहाँको जीवनको महत्वपूर्ण पक्ष हो । पछिल्लो दिनहरुमा उहाँका विचारहरु समयको परिवर्तनसँगै अगाडि बढ्न सकेन र विश्राम जीवन बिताउन थाल्नु भयो । उहाँको समग्र जीवन प्रजातान्त्रिक आन्दोलनमा बित्यो । जेल जीवनका कठिन घडीहरुमा पनि निरंकुश शासकहरु समक्ष आत्मसमर्पण नगरी प्रजातन्त्रका लागि दृढतापूर्वक संघर्ष गर्नु भयो र मनोबललाई कमजोर गराउनु भएन । उहाँको निधनले राष्ट्रले एउटा प्रजातान्त्रिक नेता गुमाएको छ ।
बाँकी


२०६७ माघ २ गते
आदरणीय पत्रकार मित्रहरु,
गत ०६७ पौष १० गते देखि माघ १० गतेसम्म “गणतन्त्र, राष्ट्रियता, शान्तिको पक्षमा तथा संघीयताका विरुद्ध राष्ट्रिय जनअभियान” भन्ने मूल नाराका साथ हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले देशव्यापीरुपमा राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरे अनुसार अहिले देशका विभिन्न भागहरुमा जनअभियानका कार्यक्रमहरु सञ्चालन भइरहेका छन्। 
बाँकी


मितिः-२०६७÷९÷२१ गते
राष्ट्रिय जनअभियानको १२ औं दिन आज पसा्रको विरगन्जमा कार्यक्रम गरिरहेको अवस्थामा हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष तथा सभासद् रश्मिराज नेपालीको नेतृत्वमा रहेको अभियान टोलीमाथि मधेशी जनअधिकार फोरम उपेन्द्र यादव सम्रहले आक्रमण गरेको छ । विरगाजको घण्टाघरमा भैरहेको सभालाई तराई मधेश जनवादी मोर्चाका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष बद्रे आलमले सम्बोधन गरिरहेको अवस्थामा फोरमका कार्यकर्ताहरु अराजक शैलीमा आएर राष्ट्रिय झण्डा व्यानर र राजमोको झण्डाहरु च्यात्दै माइक कुसर्ी र टेवुलहरु समेत तोडफोड गरेका छन् । उनीहरुको त्यसप्रकारको अराजक र अलोकतान्त्रिक कि्रयाकलापको राष्ट्रिय जनमोर्चाले घोर भत्स्रना गर्दछ ।
बाँकी


२०६७/०९/१५

हिजो २०६७ पौष १४ गते झापाको विर्तामोडमा राष्ट्रिय जनमोर्चाको राष्ट्रिय जनअभियानको कार्यक्रमका सिलसिलामा संघीय राज्य परिषद् साजुहाङ समूह का कार्यकर्ताहरुले आक्रमण गरेर रा।ज।मो।s केन्द्रिय उपाध्यक्ष का। वीरबहादुर गोलेलाई अपहरण गरी केही समयपछि कुटपिट गरी छाडिदिएका छन् उनीहरुको त्यस प्रकारको कारवाहीलाई हाम्रो पार्टीले तीब्र शब्दमा भत्स्रना गर्दछ

हाम्रो पार्टीले गणतन्त्र राष्ट्रियताको पक्षमा तथा संघीयताका विरुद्ध यही पुष १० गते देखि माघ १० गतेसम्म देशव्यापी रुपमा राष्ट्रिय जनअभियानको साचालन गरिरहेको लोकतन्त्र वा बहुदलीय व्यवस्था अन्तर्गत कुनै पनि राजनीतिक शक्ति संघ-संस्था वा जनतालाई आफ्ना आस्था वा नीति अनुसार शान्तिपूर्ण प्रकारले विभिन्न कार्यक्रम वा आन्दोलनहरु पनि साचालन गर्ने स्वतन्त्रता हुन्छ हाम्रो शान्तिपूर्ण कार्यक्रममा गरिएको त्यस प्रकारको िहंसात्मक जोरजर्वजस्तीपूर्ण हस्तक्षेप स्वयं अन्तरिम संविधानका पनि विरुद्ध त्यसले सम्बन्धित संगठनहरुको जातीय फासिवादी कार्यप्रणालीको पनि परिचय दिन्छ त्यस प्रकारको कारवाहीका विरुद्ध आवश्यक सुरक्षा दिन नसकेकोमा हामीले सरकार स्थानीय प्रशासनको पनि आलोचना गर्दछौं

बाँकी

२०६७ मंसिर २१ गते
२०६७ मंसिर २१ गते
नेपाल आयल निगमले सोमबारदेखि पेट्रोल, डिजेल, मट्टितेल तथा एल.पी. ग्याँसमा गरेको मूल्य बृद्धिप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ। पेट्रोलियम पदार्थमा आठ महिनाभित्र यसरी बृद्धि गरिएको यो तेस्रो पटक हो। अहिले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ र एल.पी. ग्याँसमा प्रतिसिलिन्डर ७५ रुपैयाँ बृद्धि भएको छ। निगमले अन्तर्राष्ट्रियस्तरमा ग्याँसको मूल्यमा बृद्धि भएको र सरकारले सडक मर्मत र स्तरोन्नतिका लागि निगमलाई रकम उपलब्ध गराउन दवाव दिएको जस्ता अत्यन्त हचुवा तर्कहरु अगाडि सारेकोे छ। संसारका सबै मुलुकहरुले जनताका अत्यावश्यक उपभोग्य वस्तुहरुको मूल्यमा कडाईपूर्वक नियन्त्रण र रेखदेख गर्दछन्। अति आवश्यक उपभोग्य वस्तुहरुमा अनुदान ९क्गदकष्मथ० दिएर भए पनि मूल्य नियन्त्रण गरेको पाइन्छ। तर हाम्रो देशमा सरकारले आठ महिनामा ३ पटक मूल्य बढाउनका लागि निगमलाई प्रेरित गर्दछ। 
बाँकी


२०६७ मंसिर १४ गते 
राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिको बैठक अध्यक्ष चित्रबहादुर के.सी.को अध्यक्षतामा यही २०६७ मंसिर १३ र १४ गते काठमाडौंमा बस्यो। बैठकले देशको तात्कालिक राजनीतिक परिस्थितिबारे छलफल गर्‍यो।
अहिले शान्ति स्थापना र संविधान निर्माण नै देशका प्रमुख समस्याहरु बनेका छन्। त्यसका लागि प्रमुख तीन दलहरु परिणाममुखी निष्कर्षमा पुग्न नसकेको, आ–आफ्नै अडानमा रहेर देशलाई गतिहीन अवस्थामा पुर्‍याएको स्पष्ट छ। बजेट प्रस्तुतको सन्दर्भमा भएको घटनाले त्यो कुरालाई झनै उजागर गरेको छ। अहिलेको सन्दर्भमा मुख्यतः एमालेको तटस्थ भूमिकाले गर्दा सरकार निर्माणमा बाधा उत्पन्न भएको छ। पाँच महिनादेखि देश सरकारविहीनताको अवस्थामा छ।
बाँकी

कार्तिक १८ गते
कार्तिक १८ गते
निर्वाचन आयोगले यही ०६७ कार्तिक १७ गते मतदाता परिचय पत्रबारे गरेको राष्ट्रघाती निर्णयप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ। निर्वाचन आयोगको नागरिकता प्रमाण पत्रका आधारमा मतदाता परिचय पत्र दिने पहिलेको निर्णय सही थियो। विभिन्न बैठकहरुमा हाम्रो पार्टीले त्यो निर्णयलाई सकारात्मक ठहर गरी समर्थन गर्दै आएको थियो। तर कतिपय मधेशवादी तथा जनजाति पार्टी तथा संगठनहरुले त्यो निर्णयलाई परिवर्तन गरी संविधान सभाको निर्वाचन मतदाता सूचीका आधारमा मतदाता परिचय पत्र दिनुपर्ने दवाव दिइरहेका थिए।
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
मिति २०७३, चैत्र ९, बुधवार मिति २०७३, फाल्गुन २६, विहीवार मिति २०७३, फाल्गुन १८, बुधवार मिति २०७३, फाल्गुन १५, आइतवार मिति २०७३, फाल्गुन १५, आइतवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal