rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

२०६८ चैत्र २७ गते
तोकिएको समयमा संविधानको निर्माण, संघीयताको खारेजी र स्थानीय निकायको शीघ्र निर्वाचनकालागि हाम्रो पार्टीले आह्वान गरेको बाग्मती क्षेत्र आमहडताल (बन्द) को कार्यक्रम प्रहरीको व्यापक धरपकड र गिरफ्तारीका बाबजुद सफल भएको छ । यसका साथै पार्टीले आह्वान गरेको चरणवद्ध क्षेत्रीय आमहडतालका कार्यक्रमहरु समापन भएको जानकारी गराउँदछौं ।
बाँकी


२०६८ चैत्र २६ गते
२०६८ चैत्र २७ गतेको बागमती क्षेत्रको क्षेत्रीय आमहड्ताल (बन्द) लाई सफल पार्ने उद्देश्यले आज बेलुका ६ः०० बजे राष्ट्रिय जनमोर्चा बागमती क्षेत्रीय समितिले रत्नपार्क शान्तिवाटिकामा निकालेको मसाल जुलुसलाई सरकारले बल प्रयोग गरी असफल पार्ने प्रयास गरेता पनि मसाल जुलुस भव्यताका साथ सम्पन्न तथा सफल भएको छ । त्यस क्रममा प्रहरीद्वारा लाठिचार्ज गर्दा पार्टीका कैयौं नेता तथा कार्यकर्ता घाइते हुनुभएको छ । शान्तिपूर्ण राजनीतिक कार्यक्रमलाई सरकारले बल प्रयोग गरी बिथोल्ने चेष्टा गरेको घटना प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
बाँकी


२०६८ चैत्र २६ गते
राष्ट्रिय जनमोर्चा बाग्मती क्ष्ँेत्रीय समितिको आयोजनामा चैत्र २७ गते हुन लागेको क्ष्ँेत्रीय बन्दको सिलसिलामा आज २०६८ चैत्र २६ गते बिहान बन्दको प्रचार–प्रसार गर्ने क्रममा प्रहरीले प्रचार–प्रसारको गाडि, माइकसेट लगायतका प्रचार सामाग्रीहरु सहित हाम्रो पार्टीका ५ जना कार्यकर्ताहरु–अर्जुन भुसाल, गणेश पोख्रेल, शुभाष अधिकारी, विष्णु पुन, भिष्म जोशी तथा चालक मुनि बस्नेतलाई नियन्त्रणमा लिइ महाराजगंज प्रहरी चौकीमा थुनेको छ ।
बाँकी


२०६८ चैत्र २४ गते
चैत्र २४ गतेलाई जनआन्दोलन दिवसको रुपमा मनाउने पार्टीको निर्णय अनुसार राष्ट्रिय जनमोर्चा बागमती क्षेत्रीय समितिको आयोजनामा आज ०६८ चैत्र २४ गते बिहान मोटरसाइकल ¥याली गर्ने कार्यक्रम रहेको थियो । माओवादीको नेतृत्वको सरकारले मोटरसाइकल ¥यालीमा पु¥याएको अवरोध साथै सहभागीहरुमाथि गरिएको प्रहरी ज्यादति प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । जनआन्दोलन दिवस कार्यक्रममाथि प्रहरीले गरेको दमनको घोर विरोध तथा भत्र्सना गर्दछु ।
बाँकी


२०६८ चैत्र २४ गते
चैत्र २४ गतेलाई जनआन्दोलन दिवसको रुपमा मनाउने पार्टीको निर्णय अनुसार राष्ट्रिय जनमोर्चा बागमती क्षेत्रीय समितिको आयोजनामा आज ०६८ चैत्र २४ गते बिहान मोटरसाइकल ¥याली गर्ने कार्यक्रम रहेको थियो । माओवादीको नेतृत्वको सरकारले मोटरसाइकल ¥यालीमा पु¥याएको अवरोध साथै सहभागीहरुमाथि गरिएको प्रहरी ज्यादति प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । जनआन्दोलन दिवस कार्यक्रममाथि प्रहरीले गरेको दमनको घोर विरोध तथा भत्र्सना गर्दछु ।
बाँकी


२०६८ चैत्र २० गते
राष्ट्रिय जनमोर्चाले तोकिएको समयमा संविधानको निर्माण, संघीयताको खारेजी तथा स्थानीय निकायको शीघ्र निर्वाचन लगायत देशमा बढ्दो दण्डहीनता, अशान्ति, असुरक्षा, महंगी पेट्रोलियम पदार्थको कृत्रिम अभावका विरुद्ध ०६८ पौष १५ देखि चैत्र २७ गतेसम्म चरणबद्ध रुपमा संघर्षका विविध कार्यक्रमहरु सार्वजनिक गरेको तथ्य सबैलाई अवगत नै छ । फागुन १६ गतेदेखि देशका विभिन्न क्षेत्रहरुमा फरक फरक मितिमा क्षेत्रीय आमहड्तालहरुको आयोजना गरिएको छ । त्यही सिलसिलामा आज ०६८ चैत्र २० गते भेरी–कर्णाली, नारायणी र जनकपुर–सगरमाथा सहित तीन वटा क्षेत्रको क्षेत्रीय बन्दको आव्हान गरिएको थियो । बन्दको पूर्वसन्ध्यामा हिजो ती क्षेत्रहरुमा आव्हान गरिएको मसाल जुलुस तथा आजको बन्द भव्यताका साथ सफल भएको छ ।
बाँकी


२०६८ फागुन २८ गते
तपाईहरुलाई यो बताउ“दा हामीलाई खुसी लागिरहेको छ कि क्रान्तिकारी र संगठनहरुको अन्तर्राष्ट्रिय कोअर्डिनेशन (क्ष्ऋइच्) र जनताको संघर्षको अन्तर्राष्ट्रिय लीग (क्ष्ीएक्) ले आज विश्व फुकुशिमा दिवसको अवसरमा आणविक शक्तिको विश्वव्यापी खतराका विरुद्ध तथा विश्व पर्यावरणको रक्षाका लागि हस्ताक्षर अभियान प्रारम्भ गरेको छ । यो अभियान अगस्तको हिरोशिमा दिवससम्म (२०६९ श्रावण २१ गते सम्म) चल्ने छ । त्यसरी विश्व भरमा संकलन गरिएका हस्ताक्षरहरुलाई संयुक्त राष्ट्रसंघ समक्ष प्रस्तुत गरिने छ ।
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
मिति २०७४, कार्त्तिक १७, शुक्रवार मिति २०७४, कार्त्तिक १७, शुक्रवार मिति २०७४, भाद्र १५, विहीवार मिति २०७४, श्रावण ३२, बुधवार मिति २०७४, आषाढ ४, आइतवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal