rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

२०६८ श्रावण १० गते
नेपाल सरकारको स्थानीय विकास मन्त्रालयले थप ४१ नगरपालिकाहरुको गठन गर्न गरेको घोषणालाई हाम्रो पार्टी, राष्ट्रिय जनमोर्चाले मूलरुपमा स्वागत गर्दछ । त्यसका साथै हामीले उक्त घोषणामा भएका केही कमजोरीहरुको आलोचना गर्नुका साथै केही सुझावहरु पनि दिन चाहन्छौं ।
स्थानीय विकास मन्त्रालयले त्यस सिलसिलामा जिल्लाहरुमा पठाइएको पत्रमा उल्लेख गरिए अनुसार करिब १० वर्ष पहिले तयार पारिएको योजना वा सुझाव अनुसार नै उक्त नगरपालिकाहरु गठन गर्ने घोषणा गरिएको छ । गत १० वर्षका बीचमा कैयौं परिवर्तनहरु भएका छन् ।
बाँकी


२०६८ जेठ ११ गते
२०६८ जेष्ठ ११ गते बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले देशको तात्कालिक राजनीतिक परिस्थिति बारे आफ्नो स्थिति स्पष्ट गर्नका लागि निम्नलिखित वक्तव्य जारी गर्ने निर्णय गरेको छ ।
अहिले संविधानसभाको म्याद सकिन तीनदिन मात्र बाँकी रहेको, त्यो म्याद एक वर्ष बढाउनका लागि सरकारले संसदको सचिवालयमा प्रस्ताव दर्ता गरेको तथा प्रमुख विपक्षी दल सहितका कतिपय राजनीतिक संगठनहरु समेतका तर्फबाट पैदा भएको अवरोधका कारणले सदनमा त्यो प्रस्ताव प्रस्तुत हुन नसकेका समेत कारणहरुले देशमा गम्भीर प्रकारको राजनीतिक परिस्थिति उत्पन्न भएको छ । यो परिस्थितिमा तीनदिनभित्र नै सही निकास निस्कन नसकेमा त्यसका कैयौं दुरगामी दुष्परिणामहरु हुन सक्दछन् ।
बाँकी


२०६८ जेष्ठ ९ गते
यही जेष्ठ १० गतेको नेपालबन्दलाई लिएर सर्वसाधारण व्यक्ति तथा कतिपय संचार माध्यमले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चासित जोडेर भ्रमात्मक प्रचार गरिरहेको विषयप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । राष्ट्रिय जनमोर्चाले तत्काल कुनै पनि प्रकारको बन्द, हडताल वा आन्दोलनको घोषणा नगरेको कुरा स्पष्ट गर्न चाहन्छौं । हाम्रो पार्टीको तर्फबाट कुनै पनि आधिकारिक वक्तव्य वा प्रचार सामाग्री सार्वजनिक नहुँदा नहुँदै पनि किन यसप्रकारको प्रचारबाजी गरिएको छ भन्ने कुराप्रति हामी आश्चर्य चकित भएका छौं । यस प्रकारको असत्य तथा काल्पनिक प्रचारवाजीको भ्रममा नपर्न हामी आम जनतालाई अनुरोध गर्दछौं ।
बाँकी


२०६८ बैशाख २२ गते
०६८ बैशाख २१ गते डोटी जिल्लाको काँडामाण्डौ गाविस २ स्थित चौखुट्टे बजार नजिक भएको बस दुर्घटनामा परी २० जनाको मृत्यु भएको र झण्डै दुई दर्जन भन्दा बढी यात्रु घाइते भएका तथा बैशाख २० गते सिन्धुलीबाट काभ्रे जादै गरेको यात्रु बाहक बस पुरानो झाँगाझोलीमा दुर्घटना भएर १२ जनाको मृत्युभएको समाचारले हाम्रो पार्टीलाई दुःखी एवं मर्माहत तुल्याएको छ ।
बाँकी


२०६८ बैशाख १८ गते
राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिद्वारा २०६८ बैशाख १८ गते काठमाडौंको रिपोटस्र क्लवमा आयोजितपत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष क। चित्रबहादुर के।सी।द्वारा प्रस्तुत प्रेस वक्तव्य
पत्रकार मित्रहरु
सर्वप्रथम म राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको तर्फबाट यहाँहरु सबैलाई हार्दिक अभिवादन गर्न चाहन्छु । हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको दोस्रो राष्ट्रिय सम्मेलन यही ०६८ बैशाख १३ देखि १५ सम्म पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । सम्मेलनका कार्यक्रमहरु सम्मेलनले तय गरेको नीति तथा नयाँ नेतृत्व आदि बारे जानकारी गराउने उद्देश्यले यो पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
१। बैशाख १३ गतेको उद्घाटन कार्यक्रममा देशका विभिन्न भागहरुबाट आएका प्रतिनिधि पर्यवेक्षक दर्शक तथा हजारौंको संख्यामा रहेका सहभागीहरुको विशाल जुलुशले पोखरा सभागृहबाट "संघीयता चािहंदैन देश टुक्राउन पाईदैन , दोस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल पारौं " जस्ता नाराहरुका साथ नगर परिक्रमा गर् यो । जुलुस पोखरा सभागृहको प्राङ्गणमा आइ सभामा परिणत भए पछि उद्घाटन कार्यक्रम शुरु भयो ।
बाँकी


२०६७ चैत्र ७
लिबियामा हालै फ्रान्स, ब्रिटेन र अमेरिकाले सैनिक हस्तक्षेप गरेका छन् । त्यस सिलसिलामा उनीहरुले यही मार्च २० देखि घोषित रुपले नै राजधानी त्रिपोली र मिस्राटा शहरमा लडाकु बमवर्षक विमानद्वारा एक सय दश जति क्षेप्यास्त्र प्रहार गरी थुप्रै भौतिक संरचनाहरु ध्वस्त पार्नुको साथै धनजनको क्षती पु¥याएका छन् । यसभन्दा पहिले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियालाई विमान निषेधित क्षेत्र घोषित गरी कर्नेल गद्दाफी सरकारलाई विद्रोहीमाथि हवाई हमला गर्नबाट रोक लगाएको थियो । अहिले एकै चोटी तीन वटा देशहरुले संयुक्त रुपमा हमला शुरु गरेका छन् ।
बाँकी


२०६७ फागुन २२ गते
नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको यही २०६७ फागुन २० गते राती ११ः२६ बजे निधन भएको छ । उहाँको निधनले सबै लोकतन्त्र प्रेमीहरुलाई दुःखी तुल्याएको छ । कृष्णप्रसाद भट्टराइको नेपालको पुँजीवादी लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको छ । उहाँ सरल, निस्वार्थी तथा बेदाग जीवन बिताउने नेताहरु मध्ये एउटा नेता हो । राणाकालिन तथा पंचायतकालिन निरंकुश शासनका विरुद्ध अनवरत संघर्ष उहाँको जीवनको महत्वपूर्ण पक्ष हो । पछिल्लो दिनहरुमा उहाँका विचारहरु समयको परिवर्तनसँगै अगाडि बढ्न सकेन र विश्राम जीवन बिताउन थाल्नु भयो । उहाँको समग्र जीवन प्रजातान्त्रिक आन्दोलनमा बित्यो । जेल जीवनका कठिन घडीहरुमा पनि निरंकुश शासकहरु समक्ष आत्मसमर्पण नगरी प्रजातन्त्रका लागि दृढतापूर्वक संघर्ष गर्नु भयो र मनोबललाई कमजोर गराउनु भएन । उहाँको निधनले राष्ट्रले एउटा प्रजातान्त्रिक नेता गुमाएको छ ।
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
मिति २०७४, कार्त्तिक १७, शुक्रवार मिति २०७४, कार्त्तिक १७, शुक्रवार मिति २०७४, भाद्र १५, विहीवार मिति २०७४, श्रावण ३२, बुधवार मिति २०७४, आषाढ ४, आइतवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal