rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

२०६८ मंसिर १३ गते
०६८ मंसिर १३ गते राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठक अध्यक्ष का. चित्रबहादुर के.सी.को अध्यक्षतामा बस्यो । बैठकले गरेका महत्वपूर्ण राजनीतिक तथा सांगठनिक निर्णयहरु सार्वजनिक गर्ने उद्देश्यले यो वक्तव्य जारी गरिएको छ ।
    १. यही ०६८ मंसिर ७ गते सर्वोच्च अदालतले संविधानसभाको म्यादबारे गरेको फैसलालाई राजनीतिक दृष्टिले त्यो सकारात्मक ठहर गर्दै बैठकले स्वागत गरेको छ । संविधान निर्माण नगरिकन संविधानसभाको विघटन ठूलो राजनीतिक क्षति हुनेछ भन्ने हाम्रो पार्टीको शुरु देखि नै मत रहँदै आएको छ । तर संविधानसभाको म्याद थप्दै जाने तर संविधान बनाउनमा केन्द्रित नहुने जसको परिणाम संविधान नबन्ने, त्यस्तो अवस्था अनिश्चित समयसम्म कायम रहेमा त्यसका कैयौं घातक र दुरगामी परिणामहरु पैदा हुन्छन् । त्यो अवस्थामा सर्वोच्चको फैसलाले संविधानको म्याद थप्दै जाने र संविधान निर्माण नगर्ने अवस्थामा केही नियन्त्रण र तोकिएको अवधिमा संविधान निर्माणमा सकारात्मक योगदान पुग्नेछ भन्ने आशा गर्न सकिन्छ ।
बाँकी


 २०६८ मंसीर ११
सिन्धुपाल्चोक जिल्लाका हाम्रो पार्टीका अध्यक्ष क. कृष्ण सुवेदी माथि २०६८÷८÷१० गते आफूलाई माओवादी बताउने समूहबाट भएको आक्रमणप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकृष्ट भएको हुनाले यो वक्तव्य जारी गरिएको छ ।
१. २०६८÷८÷१० गते राष्ट्रिय जनमोर्चा सिन्धुपाल्चोकका अध्यक्ष क. कृष्ण सुवेदी आफ्ना छोरी र छोरीज्वाईंसँग घरायसी कामले फुल्पिङडाँडाको विञ्ज्याल स्थित स्थानीय वनमा गएका बेला आफूलाई माओवादी बताउने राजेन्द्र तामाङ सहितको ७ जनाको समूहले क. सुवेदीलाई कुटपीट एवं आतंकित पार्ने उद्देश्यले बा.२ ख ६९४७ नं. को बस रिजर्भ गरी क. सुवेदीलाई बाटोमै नियन्त्रणमा लिइ मरणासन्न हुने गरी गम्भीर कुटपीट गरी फरार भएका छन् ।
बाँकी


२०६८ मंसीर ६
०६८ मंसिर २ गते संसदको बैठकमा एनेकपा (माओवादी)को एउटा पक्ष र जनजाति सभासद्हरुको समूह (ककस)को विरोधका कारण राज्य पुनर्संरचना आयोगको सट्टा विज्ञहरुको समिति बनाउने गरी सरकारद्वारा प्रस्तुत अन्तरिम संविधान ११ औं संशोधन विधेयक पारित हुन नसक्ने भएपछि सरकारले संशोधन विधेयक फिर्ता लिंदै पुनः संविधानको धारा १३८ अनुसारको राज्य पुनर्संरचना आयोग २ दिनभित्रमा गठन गर्ने निर्णय गरेअनुसार आयोग गठन गरेको छ । त्यसरी गठन गरेको आयोगको कार्यादेश सरकारले तोक्ने भने पनि त्यो तीन दल र मधेशी मोर्चाबीचको दुई बुंदे सहमति अनुरुप हुने कुरा बाहिर आएको छ ।
बाँकी


२०६८ कार्तिक २४
ओखलढुंगा जिल्ला पोकलीका स्थानीय उज्जनकुमार श्रेष्ठलाई माओवादीका सभासद् बालकृष्ण ढुंगेलले २०५५ असार १० गते गोली हानी हत्या गरेको अभियोगमा सर्वोच्च अदालतले निज ढुंगेलका विरुद्ध सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो । ०६८ कार्तिक २२ गते बसेको मन्त्रीपरिषद्को बैठकले सभासद् ढुंगेललाई उक्त सजायबाट आममाफी दिने निर्णय गरेको छ । उक्त निर्णयप्रति हाम्रो गम्भीर ध्यानआकृष्ट भएको हुनाले यो विज्ञप्ति जारी गरिएको छ ।
बाँकी


२०६८ कार्तिक १६
०६८ साल कार्तिक १५ गते माओवादी कांग्रेस एमाले र मधेशी मोर्चाका बीचमा शान्ति प्रकि्रया र संविधान निर्माण सम्पन्न गर्न भएको सात बुँदे सहमतिलाई हाम्रो पार्टीले आलोचनात्मक समर्थन गर्दछ ।
माओवादीका लडाकूहरुलाई नेपाली सेनामा सामेल गर्ने कुराको हाम्रो पार्टीले शुरुदेखि नै विरोध गर्दै आएको छ । माओवादीका लडाकूहरुलाई सेनामा सामेल गर्ने सहमतिले सेनाको संख्या अनावश्यक रुपमा वृद्धि हुनुका साथै त्यसको व्यवसायिक चरित्रमा असर पर्नुका साथै विभिन्न सशस्त्र समूहका लागि पनि सेनामा प्रवेश गर्ने बाटो खुला हुनेछ । जसले देशको राष्ट्रियतामा आँच पुग्ने छ ।
बाँकी


२०६८ असोज १ गते
सर्वप्रथम यो पत्रकार सम्मेलनमा उपस्थित सम्पूर्ण पत्रकार मित्रहरुलाई राष्ट्रिय जनमोर्चाको तर्फबाट हार्दिक स्वागत गर्दछु । राष्ट्रिय जनमोर्चा राष्ट्रिय परिषद्को प्रथम बैठक ०६८ भाद्र ३० र ३१ गते बुटवलमा सम्पन्न भएको छ । प्रथम बैठकको अध्यक्षताका लागि का. चित्रबहादुर के.सी., का. लाल बहादुर जाग्री, का. दीपक चौधरी, का. सकुन्तला राना र का. बालकृष्ण सुनार रहेको ५ सदस्यीय अध्यक्ष मन्डल चयन गरियो । बैठकको सञ्चालन का. सुरेन्द्र भन्डारीले गर्नुभयो ।
बाँकी


वर्तमान राजनीतिक परिस्थितिबारे हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको धारणा स्पष्ट गर्न आवश्यक भएकाले यो वक्तव्य जारी गरिएको छ ।
सर्वप्रथम त सरकारले २०६८ भाद्र २३ गते घोषणा गरेको “तत्काल राहत कार्यक्रम–२०६८”लाई हाम्रो पार्टीले मुलतः स्वागत गर्दछ । तर उक्त राहत कार्यक्रम सही भएपनि व्यवहारमा गतकालमा कैयौं कार्यक्रमहरु कागजी मात्र रहने गरेको पृष्ठभूमिमा अहिलेको राहत कार्यक्रमको पनि त्यही प्रकारको अवस्था नहोस् भन्ने कुरातर्फ हामीले सरकारको ध्यान आकर्षित गर्न चाहन्छौं । त्यसैले अहिले गरिएको घोषणाअनुसार तत्काल राहत कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी जनतालाई सस्तो र सुलभ दरमा आवश्यक दैनिक उपभोग्य वस्तुहरु तथा अन्य सुविधाहरु उपलब्ध गराउने कुरामा समेत हाम्रो पार्टीले जोड दिन चाहन्छ ।
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
मिति २०७५, चैत्र २९, शुक्रवार मिति २०७४, भाद्र १५, विहीवार मिति २०७४, श्रावण ३२, बुधवार मिति २०७४, आषाढ ४, आइतवार मिति २०७४, ज्येष्ड २५, विहीवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal