Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
वक्तब्यहरु

यही ०६९ श्रावण ७ गते बुटवलबाट अर्घाखाँची सन्धिखर्क जाँदै गरेको फोर्स गाडि नरपानीको दहखोलामा दुर्घटना भई १५ जनाको मृत्यु भएको र ५ जना घाइते भएको तथा झापामा मलामी चढेका बस पल्टिदा ४ जनाको मृत्यु भएको र कैयौं घाइते भएको खबरले हामीलाई स्तब्ध र मर्माहत तुल्याएको छ । केही दिन अगाडि त्रिवेणी र कृष्णेभिरमा भएको दुर्घटनाको घाउ सेलाउन नपाउँदै अर्घाखाँची र झापामा भएको यी दुर्घटनाहरुले झनै दुःखित, मर्माहत र चिन्तित बनाएको छ ।

बाँकी


२०६९ आषाढ २१ गते
राजधानीस्थित अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिन अगाडी बढाएको प्रक्रिया, धार्मिक गतिविधिको आडमा राजाको बढ्दो सक्रियता तथा देशमा मल खादको अभावका सम्बन्धमा पार्टीको दृष्टिकोण सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरेका छौं ।

बाँकी


०६९ जेष्ठ ३० गते काठमाडौंमा सम्पन्न पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर के.सी.द्वारा प्रस्तुत
वक्तव्य

आदरणीय पत्रकार बन्धु र सहभागी मित्रहरु,
सर्वप्रथम राष्ट्रिय जनमोर्चाका तर्फबाट हामीले यहा उपस्थित सबै पत्रकार र सहभागी मित्रहरुलाई अभिनन्दन गर्न चाहन्छौं ।
१. हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको बैठक यही जेष्ठ २७ र २८ गते भक्तपुर, सानो ठिमीको केन्द्रीय प्रशिक्षण केन्द्रको कार्यालयमा सम्पन्न भएको थियो । त्यो बैठकले मुख्य गरेर संविधानसभाको विघटनपछि देशमा उत्पन्न राजनीतिक स्थितिको मूल्यांकन गरेर आगामी नीति तथा कार्यक्रमहरु बारे निर्णयहरु गरेको छ ।
बाँकी


२०६९ जेठ १०
०६९ साल जेष्ठ ९ गते सरकारले संविधानसभाको म्याद तीन महिना थप्न गरेको निर्णय तथा सरकार र जनजाति संगठनहरुका बीच भएको सहमतिप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएकोले यो प्रेस विज्ञप्ति जारी गरेका छौं ।
१. संविधानसभाको म्याद तीन महिना थप गर्ने सरकारको निर्णय र त्यसका लागि सरकारले अगाडि बढाएको प्रक्रियाको हाम्रो पार्टीले घोर विरोध तथा भत्र्सना गर्दछ । तोकिएको समयमा संविधान निर्माण हुन नसक्नुमा प्रमुख ठूला राजनीतिक दलहरुको गलत नीति र गैरजिम्मेवार भूमिकाले काम गरेको छ ।
बाँकी


२०६९ जेठ १०
०६९ साल जेष्ठ ९ गते सरकारले संविधानसभाको म्याद तीन महिना थप्न गरेको निर्णय तथा सरकार र जनजाति संगठनहरुका बीच भएको सहमतिप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएकोले यो प्रेस विज्ञप्ति जारी गरेका छौं ।
१. संविधानसभाको म्याद तीन महिना थप गर्ने सरकारको निर्णय र त्यसका लागि सरकारले अगाडि बढाएको प्रक्रियाको हाम्रो पार्टीले घोर विरोध तथा भत्र्सना गर्दछ । तोकिएको समयमा संविधान निर्माण हुन नसक्नुमा प्रमुख ठूला राजनीतिक दलहरुको गलत नीति र गैरजिम्मेवार भूमिकाले काम गरेको छ ।
बाँकी


२०६९ जेष्ठ ८ गते
थरुहट संयुक्त संघर्ष समितिको आवरणमा माओवादीहरुले २०६९ जेष्ठ ७ गते राष्ट्रिय जनमोर्चा बर्दियाद्वारा आयोजित सभालाई विथोल्नुका साथै वक्ताहरुमाथि गरिएको कुटपिटको घटनाप्रति हाम्रो गम्भीर ध्यान आकर्षित भएकाले यो प्रेस विज्ञप्ति जारी गरेका छौं ।
हाम्रो पार्टीले तोकिएको समयमा संविधानको निर्माण, संघीयताको खारेजी र जातीय आधारमा राज्यको निर्माणको विरोध गर्दै लामो समयदेखि संघर्ष गर्दै आएको छ । हामीले सञ्चालन गरेको आन्दोलनले दिनप्रतिदिन प्राप्त व्यापक जनसमर्थनले राष्ट्रिय स्वरुप ग्रहण गर्दै गएको छ । त्यसबाट अत्तालिएर संघीयताका पक्षधर, जातिवादी र प्रतिगामी शक्तिहरुबाट हाम्रो पार्टीमाथि श्रृंखलावद्धरुपमा आक्रमणहरु भइरहेका छन् । तोकिएको समयमा संविधानको निर्माण, संघीयताको खारेजी र जातीय आधारमा प्रदेशको निर्माणका विरुद्ध वर्दियाका बासगढिमा हाम्रो पार्टीको वर्दिया जिल्ला समितिद्वारा आयोजित सभालाई थरुहट संयुक्त संघर्ष समितिको आवरणमा माओवादीले विथोल्नुका साथै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तुल्सी सापकोटा र भेरीकर्णाली क्षेत्रका संयोजक वासु पोख्रेललाई कुटपिट गर्नु हामी माथिको आक्रमणको पछिल्लो कडि हो ।
बाँकी


२०६९ जेष्ठ ७ गते
आदिवासी जनजाति सङ्गठनहरूले आदिवासी जनजाति सङ्गठनहरूको नामबाट संयुक्तरूपमा गरेको नेपालबन्दमा बन्दकर्ताहरूले पत्रकारहरूमाथि गरेको आक्रमण, कुटपिट र दुव्र्यवहारको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको हुनाले यो प्रेस विज्ञप्ति जारी गरेका छौ ।

बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
श्रद्धाञ्जली सभा सम्पन्नमिति २०७२, चैत्र ७, आइतवार राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति २०७२, चैत्र ७, आइतवार सम्मेलनका निर्णयहरु सार्वजनिकमिति २०७२, फाल्गुन १८, मंगलवार राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.मिति २०७२, फाल्गुन १८, मंगलवार नेकपा (मसाल) को शुभकामनामिति २०७२, फाल्गुन १९, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal