rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु
मिति २०७२ चैत्र २
२०७२ चैत्र २ गतेको कान्तिपुरमा प्रकाशित जनमोर्चा उपाध्यक्ष एमाओवादीमा शीर्षकको समाचारप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर रुपमा ध्यान आकर्षित भएको छ । उक्त समाचारमा आएका भ्रामक टिप्पणीहरुलाई स्पष्ट पार्नका निम्ति यो विज्ञप्ति जारी गरिएको छ ।  बाँकी



राष्ट्रिय जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन पश्चात बसेको दोस्रो पूर्ण बैठक कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा २०७२ फागुन १० गते बुटवलमा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ । 
१. बैठकले तेस्रो राष्ट्रिय सम्मेलनबाट गठित राष्ट्रिय परिषद् सदस्यहरुको नामावली सार्वजनिक गर्ने निर्णय गरेको छ । जसमा :राधा ढकाल खतिवडा मोरङ, अमृत पाण्डे सुनसरी, कोपिला शंकर धनकुटा, लिलकुमार राई उदयपुर, तिलकमान विक उदयपुर, श्रवणकुमार लोप्चन सर्लाही, मानबहादुर लो सिन्धुली, लक्ष्मणराम रौतहट,  शेरबहादुर कार्की बारा, दिपक चौधरी बारा, निरबहादुर स्यान्तान मकवानपुर, मोहनमणी ढकाल चितवन, सावित्रा रेग्मी चितवन, घनश्याम खनाल काठमाडौं, गोविन्दसिंह थापा काठमाडौ दीपाराम महर्जन ललितपुर, शिवहरी खनाल भक्तपुर, मंगलसिंन तामाङ सिन्धुपाल्चोक, 
बाँकी

२०७२ फागुन १८ गते
२०७२ साल फागुन ३ गते रुपन्देहीको मुर्गीयामा मोटर साइकल दुर्घटनामा परी घाइते भएर त्यही कारणबाट नेपाल कम्युनिस्ट पार्टी (मसाल) का पी.वी.एम., मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष का. मित्रलाल भूसालको यही १३ गते काठमाडौं स्थित गंगालाल हृदयरोग केन्द्रमा उपचारको क्रममा भएको असामयिक निधनप्रति राष्ट्रिय जनमोर्चा गम्भीर दुःख प्रकट गर्दछ ।
बाँकी


२०७० मंसिर २१
राष्ट्रिय जनमोर्चाको आज २०७० मंसिर २१ गते बसेको केन्द्रीय समितिको बैठकले यही २०७० सालमा भएको संविधानसभाका लागि समानुपातिक तर्फ राजमोका अध्यक्ष का. चित्रबहादुर के.सी., उपाध्यक्ष. का. दुर्गा पौडेल तथा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष का. मीना पुनलाई सर्वसम्मतिले मनोनित गर्ने निर्णय गरेकोले त्यो कुराको जानकारी दिनका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।  बाँकी


२०७० मंसिर २ गते काठमाडौँमा राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष का. रश्मिराज नेपालीद्वारा प्रस्तुत वक्तव्य
आदरणीय पत्रकार वन्धु र सहभागी मित्रहरू
सर्वप्रथम हामीले यो पत्रकार सम्मेलनमा उपस्थित पत्रकार र अन्य सहभागी मित्रहरूलाई राष्ट्रिय जनमोर्चाको तर्फबाट अभिवादन गर्न चाहान्छौँ ।
बाँकी


२०७० मंसिर १
यही कार्तिक २९ गते बागलुङ जिल्ला निर्वाचन क्ष्ँेत्र नम्बर २ को हुग्दीशिरमा एमाओवादीद्वारा निवर्तमान सभासद एवं राष्ट्रिय जनमोर्चाकी संविधधान सभाकी सभानुपातिक उम्मेदवार क. मीना पुन समेतमाथि गरिएको वर्वर आक्रमणको तीव्र शब्दमा भत्र्सना गर्दै दोषीहरूमाथि तुरुन्त कारवाही गर्नका लागि हाम्रो पार्टीले माग गर्दछ ।
बाँकी


२०७० कार्तिक २९
आज बागलुङको हुग्दीशिरमा राष्ट्रिय जनमोर्चाको चुनाव प्रचारको सिलसिलामा पूर्व सभासद, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष तथा समानुपातिक उम्मेदवार का. मीना पुनको नेतृत्वमा भैरहेको घरदैलो कार्यक्रममा एनेकपा (माओवादी) द्वारा ढुङ्गामुढा तथा लाठी, खुकुरी सहित आएका २०–२५ जना हुलको आक्रमणबाट राजमोका कैयौँ कार्यकर्ताहरू गम्भीर रूपमा घाइते भएका छन् ।
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
मिति २०७४, ज्येष्ड १२, शुक्रवार मिति २०७४, ज्येष्ड १२, शुक्रवार मिति २०७४, ज्येष्ड १२, शुक्रवार मिति २०७४, ज्येष्ड १२, शुक्रवार मिति २०७४, ज्येष्ड १, सोमवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal