rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

२०६९ पौष २५
दैलेखका पत्रकार डेकेन्द्र थापालाई सशस्त्र द्वन्द्वको क्रममा माओवादीहरुले नियन्त्रणमा लिएर दुई दिनसम्म चर्को यातना दिई ज्यू“दै गाडेर विभत्स प्रकारले हत्या गरेका थिए । हत्याका विरुद्धमा विगतदेखि नै व्यापक आवाज उठिरहेको थियो । डेकेन्द्र थापाको परिवारजन र कतिपय संघ संस्थाहरुको दवावका कारण र पुनरावेदन अदालतको निर्देशनका आधारमा स्थानीय प्रहरी प्रशासनले हत्यामा संलग्न माओवादीका कार्यकर्ताहरुलाई गिरफ्तार गरेर मुद्दा चलाउने प्रक्रिया अगाडि बढाएको थियो । अपराधमा संलग्न व्यक्तिहरुले प्रहरी समक्ष डेकेन्द्र थापालाई नियन्त्रणमा लिई हत्या गरेको स्वीकारोक्ति समेत गरिसकेका छन् ।
बाँकी


२०६९ पौष २४
संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन अन्तर्गत दक्षिण सुडानमा खटिएका नेपाली सेनाका महासेनानी (कर्णेल) कुमार लामालाई बेलायत भ्रमणमा रहेका बेला बेलायतको प्रहरीले नेपालको सशस्त्र द्वन्द्वका क्रममा निजले एक जना सर्वसाधारणलाई सैनिक हिरासतभित्र चरम यातना दिई मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको हुनाले गिरफ्तार गरी न्यायिक हिरासतमा पठाएको घटनाप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।
बाँकी


२०६९ मंसीर १०
राष्ट्रपति डा. रामवरण यादवले औपचारिक रुपमा राजनीतिक सहमतिका आधारमा सरकार गठन गर्नका लागि राजनीतिक दलहरुलाई गर्नुभएको आव्हानलाई हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले सकारात्मक रुपमा लिन्छ । राष्ट्रिय सहमति निर्माणका लागि राष्ट्रपतिले शुरुदेखि नै प्रयत्न गर्दै आइरहनुभएको तथ्य सर्वविदितै छ ।
बाँकी


मिति २०६९ मंसीर ५
आज बसेको मन्त्री परिषद्को बैठकले बजेट र निर्वाचनका सम्बन्धमा गरेको निर्णयप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।
बाँकी


२०६९ कार्तिक २६
    १.    वर्तमान सरकारको विस्थापन, राष्ट्रिय सहमतिको सरकारको निर्माण र राष्ट्रिय सहमतिको सरकारको नेतृत्वमा संविधानसभाको निर्वाचनका लागि ने.का. र एमाले लगायतका विपक्षीहरुले संघर्षमा जाने जुन निर्णय गरेका छन् त्यसलाई हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले स्वागत गर्दछ । संघर्षका घोषित कार्यक्रमहरुप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।

बाँकी


मिति २०६९ असोज २१ गते राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको छैठौं बैठक समितिका अध्यक्ष क. चित्रबहादुर के.सी.को अध्यक्षतामा बुटवलमा सम्पन्न भयो । बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
बाँकी


यही ०६९ श्रावण ७ गते बुटवलबाट अर्घाखाँची सन्धिखर्क जाँदै गरेको फोर्स गाडि नरपानीको दहखोलामा दुर्घटना भई १५ जनाको मृत्यु भएको र ५ जना घाइते भएको तथा झापामा मलामी चढेका बस पल्टिदा ४ जनाको मृत्यु भएको र कैयौं घाइते भएको खबरले हामीलाई स्तब्ध र मर्माहत तुल्याएको छ । केही दिन अगाडि त्रिवेणी र कृष्णेभिरमा भएको दुर्घटनाको घाउ सेलाउन नपाउँदै अर्घाखाँची र झापामा भएको यी दुर्घटनाहरुले झनै दुःखित, मर्माहत र चिन्तित बनाएको छ ।

बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
मिति २०७३, चैत्र ९, बुधवार मिति २०७३, फाल्गुन २६, विहीवार मिति २०७३, फाल्गुन १८, बुधवार मिति २०७३, फाल्गुन १५, आइतवार मिति २०७३, फाल्गुन १५, आइतवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal