rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

राष्ट्रिय जनमोर्चाद्वारा राहत वितरण

गत चैत्र १७ गते बारा र पर्सा जिल्लामा ‘टोर्नाडो’ नामक हावा हुरीले धेरै जनधनको नोक्सान भएको छ । ३५ जनाको मृत्यु भएको छ भने १००० जना घाइते भएका छन् । घाइते मध्ये कैयनको अवस्था चिन्ताजनक छ । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीको नेतृत्वको टोलीले नेशलन मेडिकल कलेज (अस्पताल), नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज हेल्थ केयर सेन्टर, जिल्ला अस्पताल कलैयामा समेत उपचाररत घाइतेहरुलाई 
बाँकी


बाढी पहिरोबाट मृत्य भएकाहरूको परिवारलाई राजमोको राहत

बागलुङ । बागलुङ जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई राष्ट्रिय जनमोर्चाले राहत वितरण गरेको छ । अघिल्लो महिना विभिन्न ठाउँमा झरेको पहिरो र बाढीका कारण बागलुङको निसिखोला गाउँपालिका वडा नं. १ र २ ढोरपाटन नगरपालिका वडा नं. ५ र गलकोट नगरपालिका वडा नं. ९ मा गरी ८ जनाको मृत्यु भएको थियो ।

बाँकी


संगठनात्मक समाचार
बागलुङ नपाको भेला सम्पन्न
बागलुङ बजार । राष्ट्र्यि जनमोर्चा बागलुङ जिल्ला समिति अन्तर्गत बागलुङ नगरपालिकाको भेला २०७४ साउन २८ गते सम्पन्न भएको छ । राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको हो । भेलाले थानेश्वर सुवेदीको अध्यक्षतामा नगर समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा घनश्याम विकसचिवमा योगेन्द्र शर्मासहसचिवमा
बाँकी


संगठनात्मक समाचार
राष्ट्रिय जनमोर्चाको चुनावी कार्यक्रम सम्पन्न
सन्धिखर्क । राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिकाले तय गरेको निर्वाचन बिशेष कार्यक्रम अन्तर्गत २०७४ जेठ २४ गते वडा नम्बर ९ ढिकुराको गैरागोठ, माइकाथान, रातापहरा र सैनडाँडामा घरदैलो तथा जन भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई राजमो लुम्बिनी–राप्ती क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बिसी र भूमिकास्थान नगरपालिकाकामा राजमोका मेयर पदका उम्मेद्धार कविराम खनालले 
बाँकी


संगठनात्मक समाचार
 उम्मेदवारहरूको घोषणा

भालुवाङ । राष्ट्रिय जनमोर्चा देउखुरीदाङले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरू घोषणा गर्ने कार्य तीव्र रूपले अगाडि बढाएको छ । २०७४ जेष्ठ १५ गते गरिएको घोषणा अनुसार राप्ती गाउँपालिका वडा नं. १ को अध्यक्ष ठाकुर प्रसाद आचार्य र महिला सदस्यमा हुमी कुमारी मास्के रानालाई उम्मेदवार घोषणा गरिएको छ भने वडा नं. २ को अध्यक्षमा रमेशमान गुरुङमहिला सदस्य सीता आचार्यदलित महिला सदस्य सङ्गीता नेपाली,सदस्य विश्वराज आचार्य र सदस्य मन बहादुर पुन हुनु हुन्छ ।

बाँकी


संगठनात्मक समाचार 
गुल्मीमा चुनावी कार्यक्रम जारी
तमघास । राष्ट्रिय जनमोर्चा क्षेत्रकोट गाउँपालिकाको आयोजनामा २०७४ जेठ २ गते हर्दिनेटामा चुनावी सभा सम्पन्न भएको छ । राजमो हर्दिनेटा गाउँसमितिका सचिव दधिराम कँडेलको अध्यक्षता तथा गाउँ समिति संयोजक गुमान पुनको सञ्चालनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढा रहनु भएको थियो ।
कार्यक्रममा राजमो गुल्मी जिल्ला अध्यक्ष जीवन राना, 
बाँकी


दाङमा निर्वाचन लक्षित अभियान सञ्चालन
तुलसीपुर । दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सशक्त चुनावी अभियानमा लागेको राष्ट्रिय जनमोर्चा दाङले २०७४ जेठ ५ गते तुलसीपुरमा प्रशिक्षण सम्पन्न गरेको छ । उपमनपा समन्वय समितिका संयोजक द्रोण घर्तीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा निर्वाचनसँग सम्बन्धित सैद्धान्तिक, प्राविधिक र व्यावहारिक विषयमा प्रशिक्षण दिइएको जिल्ला सचिव गणेश आचार्यले जानकारी दिनु भयो ।
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal