rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

राजमोको वडा भेला सम्पन्न
नेपालगञ्ज । २०७४ वैशाख २५ गते राष्ट्रिय जनमोर्चा कोहलपुर नगरपालिका वार्ड नं १२ को भेलाले राम बहादुर क्षेत्रीको अध्यक्ष्यतामा नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा राधादेवी गिरी, सचिवमा काली बहादुर डाँगी, कोषाध्यक्षमा कमला पौडेल र सहसचिवमा तिलक सुवेदी रहेका छन् । त्यस्तै, सदस्यमा कुलराम थारू, माधव अधिकारी, बालकृष्ण सापकोटा, चन्द्रा क्षेत्री, बालकृष्ण लम्साल र पदम बहादुर शाही रहेका छन् ।
बाँकी


भैरहवामा  चुनावी कार्यालयको उद्घाटन

भैरहवा । स्थानीय तहको दोस्रो चरणको मिति नजिकिदै गर्दा राजमो रूपन्देहीले प्रचार प्रसारको कार्यलाई व्यवस्थित रूपमा सशक्त बनाउँदै लगिरहेको छ । चुनाव प्रचार प्रसारको कार्यलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न राजमो सिद्धार्थनगर नगर समितिले भैरहवामा चुनाव प्रचार प्रसार कार्यालय खोलेको छ । राजमोका केन्द्रीय उपाध्यक्ष तथा रूपन्देही जिल्ला अध्यक्ष बद्रे आलमले २०७४ जेठ ६ गतेका दिन एक समारोहका बीच सो कार्यालयको उद्घाटन गर्नु भएको थियो ।
बाँकी


वडा समिति गठन 
गुल्मी । राष्ट्रिय जनमोर्चा गुल्मी अन्तर्गत कालीगण्डकी गाउँपालिका–५ को फोक्सिङमा वडा समिति गठन भएको छ । २०७४ वैशाख १५ गते सम्पन्न भेलाले दुर्गा श्रीसको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो । गठित समितिको उपाध्यक्षमा चक्र बहादुर विक, सचिवमा गोपाल सापकोटा, सहसचिवमा दिपा सापकोटा र कोषाध्यक्षमा घनश्याम काउचा चयन हुनु भएको छ । त्यसै गरी सदस्यहरूमा लक्ष्मी पुलामी, युवराज सापकोटा,
बाँकी


चुनाबी भेला सम्पन्न 
बुटवल । राष्ट्रिय जनमोर्चा बुटवल ११ नम्बर वार्ड समितिको भेला प्रगतिनगरको सामुदायिक भवनमा सम्पन्न भएको छ । अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य दुर्गानाथ खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा बुटवल नगरका मेयरका उम्मेदवार ढुण्डीराज शर्मा, राजमो बुटवल नगरका अध्यक्ष पदम श्रेष्ठ, उद्योग व्यापार सङ्घका जिल्ला उपाध्यक्ष मुक्ति सापकोटा, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सचिव
बाँकी


राष्ट्रिय जनमोर्चाको पक्षमा उर्लदो जनलहर
काठमाडौँ । देश यति बेला निर्वाचनमय भएको छ । राजनैतिक दलहरू आ–आफ्ना पार्टीका झण्डा, ब्यानर र घोषणा पत्रहरू लिएर जनताका घरदैलोमा चुनाव प्रचारमा व्यस्त छन् । झण्डै दुई दशकपछि देशमा हुन गई रहेको स्थानीय निर्वाचन मार्फत् जनताले स्थानीय तहमा जन प्रतिनिधिहरू चुन्दैछन् । पहिलो चरणको निर्वाचनको मिति ३१ वैशाख नजिकिंदै गर्दा राजनैतिक दलहरूले पनि आफ्नो चुनावी अभियानलाई तीव्रता दिई रहेका छन् ।
बाँकी


राष्ट्रिय प्रचारात्मक अभियान र गतिविधिहरू २०७४
लुम्बिनी–राप्ती
लुम्बिनी–राप्ती क्षेत्रमा राष्ट्रिय प्रचारात्मक अभियान अगाडि बढाई रहेको राजमोको केन्द्रीय प्रचारात्मक टोली १७ वैशाखमा पाल्पा जिल्ला प्रवेश गरेको थियो । २०७३ चैत्र २० गते रूपन्देहीको बुटवलमा पत्रकार सम्मेलन गर्दै अभियानको सुरुवात गरेको यस टोलीले नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, रोल्पा, प्युठान, अर्घाखाँची र गुल्मीका दर्जनौँ स्थानहरूमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।
बाँकी


नयाँ नेपाल राष्ट्रिय पार्टी  राजमोमा एकताबद्ध
काठमाडौँ । देशको राष्ट्रियता दिन प्रतिदिन सङ्कटमा पर्दै जान थालेपछि, राष्ट्रिय जनमोर्चा नै राष्ट्रियताको सच्चा पहरेदार भएको ठहर गर्दै नयाँ नेपाल राष्ट्रिय पार्टी राजमोसँग एकताबद्ध भएर अगाडि बढ्ने भएको छ । २०७४ वैशाख १८ गते १२८ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौँको भृकुटीमण्डपस्थित रिपोटर्स क्लवको सभा हलमा संयुक्त पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनमोर्चा र नयाँ नेपाल राष्ट्रिय पार्टीले देशको राष्ट्रियताको रक्षा गर्नका निम्ति एकताबद्ध भएर अघि  बढ्ने उद्घोष गरेका छन् ।
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal