rajamo
। । । । । । । । ताजा सामाचार
समाचार
राजमोको प्रचारात्मक अभियान समापन
५४ जिल्लाहरूमा कुल १४५ कार्यक्रम
काठमाडौ“, आश्विन ५ । राष्ट्रिय जनमोर्चाद्वारा सञ्चालित राष्ट्रिय प्रचारात्मक अभियान आजबाट समापन भएको छ । राजमोले “गणतन्त्रलाई संस्थागत गरौ“, राष्ट्रियताको रक्षा गरौ“, सङ्घीयताको विरोध गरौ“” भन्ने मूल नाराका साथ पा“च टोलीहरू बनाई भाद्र १० बाट यो अभियान सुरु गरेको थियो । २६ दिनको यो अभियानमा राजमोका अभियान टोलीहरूले देशका ५४ जिल्लाहरूमा पुगी कुल १४५ वटा कार्यक्रम गरेका छन् ।
बाँकी

देश बचाउने एउटै पार्टी राजमो हो ः के.सी.
काठमाडौ“, आश्विन ४ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. ले यो देश बचाउनका लागि राजमोको हात बलियो बनाउनुको जनतास“ग अर्को विकल्प नरहेको बताउनु भएको छ । “आज मेचीदेखि महाकालीसम्मका देशभक्त जनताले देश बचाउने एउटै मात्र पार्टी राष्ट्रिय जनमोर्चा हो भनिरहेका छन् । यो देश बचाउने हो भने तपाईहरूले राष्ट्रिय जनमोर्चालाई भोट दिनुको विकल्प छैन ।” अध्यक्ष के.सी. ले भन्नु भएको छ– “राजमोको हात बलियो बनाउनु होस् । संविधान सभामा राजमोको हात वलियो भयो भने राजमोले सङ्घीयता जरैदेखि खारेज गरेर देखाइदिनेछ ।” बाँकी

भारतीय हस्तक्षेपको विरोध गर्दै सभाहरू
काठमाडौ“, आश्विन ३ । नेपाली भूमिमा प्रवेश गरी भारतीय सुरक्षा फौजले हिजो बर्दियाको गुलरियामा नेपाली सार्वभौमिकतामाथि गरेको हस्तक्षेपको विरोध गर्दै राजमोका राष्ट्रिय प्रचारात्मक अभियानका टोलीहरूले आज  देशका विभिन्न भागहरूमा सभाहरू सम्पन्न गरेका छन् । अभियान अन्तर्गतका पूर्व निर्धारित कार्यक्रम भए पनि आजका सभाहरूलाई अभियान टोलीहरूले ‘विस्तारवादी हस्तक्षेपविरुद्धको सभा’ को रूप दिएका थिए । अभियानको ३ नम्बर टोलीले आज पर्वतको फलेवासमा गरेको सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राजमो अध्यक्ष चित्रबहादुर के.सी. ले भारतीय प्रहरीले नेपाली भूमिमा प्रवेश गरी बर्दियामा खानतलासी गरेकोमा कडा आपत्ति जनाउ“दै त्यस घटनालाई ‘विस्तारवादी शासकहरूको नेपालमाथिको नाङ्गो हस्तक्षेप’ को संज्ञा दिनु भयो ।

बाँकी

बेनी, वालिङ, गाईघाट र दैलेखमा सभा
काठमाडौ“, आश्विन २ । राष्ट्रिय जनमोर्चाद्वारा सञ्चालित राष्ट्रिय प्रचारात्मक अभियानको कार्यक्रम अन्तर्गत आज म्याग्दीको बेनी, स्याङजाको वालिङ बजार, कास्कीको हेम्जा, उदयपुरको गाईघाट र दैलेखको दैलेख बजारमा सभाहरू सम्पन्न भएका छन् । बेनीको सभालाई राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर के.सी. ले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको छ । यस्तै, राजमोका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रश्मिराज नेपालीले वालिङ बजार र हेम्जाको सभालाई, जातीय समता समाजका केन्द्रीय अध्यक्ष राजेश वि.क. ले गाईघाटको सभालाई र राजमोका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले दैलेख बजारको सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको छ ।

बाँकी

चुनाव मंसिरमै गरौ“ ः अध्यक्ष के.सी.
काठमाडौ“, आश्विन १ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. ले संविधान सभाको निर्वाचन सबै पार्टीहरू मिली मंसिरमै गर्नु पर्ने बताउनु भएको छ । “संविधान सभाको निर्वाचन मंसिरमै गरौ“ ।” अध्यक्ष के.सी. ले भन्नु भएको छ– “सबै पार्टीलाई म आह्वान गर्छु, हाम्रा बीचमा कैयौं सैद्धान्तिक विमतिहरू भए पनि गणतन्त्रलाई संस्थागत गर्नका लागि आगामी मंसिरमै संविधान सभाको निर्वाचन गरौ“ र जनताको फैसलालाई हामी सबैले स्वीकार गरौ“ ।” बाँकी

जम्मुका“ध, लाहान, चिन्तुटार र नाग्मामा सभा
काठमाडौ“, भाद्र ३१ । राष्ट्रिय जनमोर्चाद्वारा सञ्चालित राष्ट्रिय प्रचारात्मक अभियानको २२ औ“ दिन आज देशका विभिन्न भागहरूमा सभाहरू सम्पन्न भएका छन् । अभियानको ४ नम्बर टोलीले दैलेखको जम्मुका“धमा, १ नम्बर टोलीले सिराहाको लाहानमा, २ नम्बर टोलीले तनहू“को चिन्तुटारमा र ५ नम्बर टोलीले जुम्लाको नाग्मामा सभा सम्पन्न गरेका छन् ।
बाँकी

इटहरी, रामपुर र गोर्खामा सभा
काठमाडौ“, भाद्र ३० । राजमोले सञ्चालन गरेको राष्ट्रिय प्रचारात्मक अभियान २०७० को कार्यक्रम अन्तर्गत आज देशका विभिन्न भागमा सभाहरू सम्पन्न भएका छन् । अन्धजातिवादीहरूको आक्रमणको सामना गर्दै आएको अभियानको एक नम्बर टोलीले आज सुनसरीको इटहरीमा जातिवादीहरूको आक्रमणको योजनालाई विफल पार्दै शानदार रूपमा जुलुश प्रदर्शन सहित सभा सम्पन्न गरेको छ । अभियानको ३ नम्बर टोलीले आज पाल्पाको रामपुरमा विशाल सभा सम्पन्न गरेको छ, जहा“ एमाले, काङ्ग्रेस र एमाओवादीका झण्डै तीन सय स्थानीय नेता÷कार्यकर्ता ती पार्टी परित्याग गरी राजमोमा प्रवेश गरेका छन् । टोली नम्बर २ ले आज गोर्खाको सदरमुकाम गोर्खा बजारमा सभा सम्पन्न गरेको छ ।

बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal