rajamo
। । । । । । । । ताजा सामाचार
समाचार
राजमोको “राष्ट्रिय जनअभियान” शुरु
काठमाडौं। राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा “राष्ट्रिय जनअभियान” शुरु गरेको छ। शान्ति, राष्ट्रियता र गणतन्त्रको प73ँमा तथा संघीयताका विरुद्धमा राजमोले सो अभियान शुरु गरेको हो। पौष १० गते देशका विभिन्न ४ स्थानहरुबाट एकै साथ सो अभियानको उद्घाटन गरिएको छ।
बाँकी

२०६७ पौष १० गते देखि एक महिनासम्म देशव्यापी रूपमा सञ्चालन हुने राष्ट्रिय जनअभियान सफल पारौं ! अपील
“गणतन्त्र, राष्ट्रियता, शान्तिको पक्षमा तथा संघीयताका विरूद्ध राष्ट्रिय जनअभियान” भन्ने मूल नाराका साथ हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा ०६७ पौष १० गतेदेखि एक महिनासम्म देशव्यापी राष्ट्रिय जनअभियान सञ्चालन गर्न गइरहेको छ। यो अभियानलाई चारवटा टोली बनाएर सम्पन्न गरिने छ।
बाँकी

मुलुक फिजीकरणतिर उन्मुख : के.सी.
काठमाडौं। “निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश गर्न नागरिकता प्रमाणपत्र आवश्यक नपर्ने निर्णय गरेर मुलुकलाई फिजीकरणको दिशामा उन्मुख बनाएको छ। नागरिकता ऐनमा संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र विभाजन, जातीय, क्षेत्रीय संघीयता अनि आत्मनिर्णयको अधिकार जस्ता राष्ट्रघाती प्रावधानहरुसंग जोडिएर आएको निर्वाचन आयोगको निर्णयले देश फिजीकरण हुँदै सिक्किमीकरणतिर जाँदै छ।”
बाँकी

राष्ट्रघाती कदमको राष्ट्रिय जनमोर्चाद्वारा व्यापक विरोध
निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम अन्तरगत ४३ जिल्लाका ५८ नगरपालिकाहरुमा मिति २०६७/५/३० देखि मतदाताको विवरण दर्ता गदर्ैै आएकोमा विवरण संकलनको लागि नागरिकता प्रमाणपत्र मात्र आधार लिएको भनी तराइका केही नगरपालिकाहरुमा मधेसवादी दलहरुले विवरण संकलन कार्यमा अवरोध ल्याए। उनीहरुको मागअनुसार निर्वाचन आयोगले जग्गाधनी प्रमाण पूर्जा वा सरकारी कार्यालय, स्थानीय निकाय, सरकारी स्वामित्व भएको संस्था वा शिक्षण संस्थाद्वारा जारीगरिएको कुनै पनि परिचयपत्र पेश गरेमा या माथिको विवरण पनि पेश गर्न नसकेमा सम्बन्धित गाविस वा नगरपालिकाको सम्बन्धित वडाले सिफारिस गरेमा त्यस्तो व्यक्तिको विवरण संकलन गरी फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गर्ने भनी २०६७ कार्तिक १७ गते बुधबार विज्ञप्ति जारी गर्‍यो।
बाँकी

अर्घामा राजमोको विशाल सभा
जातीय राज्य भयो भने यो देश रहने छैन :  के. सी.
अर्घाखाँचीको अर्घा रानीगैरामा दशैं पूर्णिमाको दिन राष्ट्रिय जनमोर्चाले  विशाल सभा सम्पन्न गरेको छ। सो सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद् चित्रबहादुर के.सी.ले नेपालमा जातीय राज्य भयो भने यो देश नरहने दावी गर्नुभयो।
बाँकी

तीज गीति कार्यक्रम सम्पन्न
अर्घाखाँची-काठमाडौं सम्र्पक समितिद्वारा आयोजित
काठमाडौं । राष्ट्रिय जनमोर्चा अर्घाखाँची-काठमाडौं सम्पर्क समितिको आयोजनामा कृष्ण जन्माष्टमीको अवसरमा पाटनको कृष्ण मन्दिर परिसरमा यही भाद्र १६ गते भव्य तीज गीति कार्यक्रम सम्पन्न भएको छ ।
बाँकी

दादागिरीकाविरुद्ध एक मत
काठमाडौं। भारतीय दुतावासको नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप र दादागिरीको पछिल्लो नमूना केही दिन अगाडि एकीकृत माओवादीका सभासद् रामकुमार शर्मा माथि धम्कीको रूपमा प्रकट भएको छ।  
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal