rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

तात्कालिक राजनीतिक प्रस्ताव
(०६९ जेठ २७ र २८ मा बसेको राजमो केन्द्रीय समितिको बैठकद्वारा पारित)
१. संविधानसभाको विघटन भएपछि देशमा अन्यौलता उत्पन्न भएको छ । आगामी मंसिर ७ गते सरकारले संविधानसभाको निर्वाचन घोषणा गरेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टाराइले संविधानसभा वा व्यवस्थापिका संसदको बैठक बसालेर छलफल नगरिकन नै स्वेच्छाचारी प्रकारले संविधानसभाको विघटन गरी मंसिर ७ गते संविधानसभाको निर्वाचन घोषणा गरेर एउटा अलोकतान्त्रिक कदम चालेका छन् । संविधानसभाको विघटनपछि काम चलाउ सरकारमा परिणत भइसके पनि कार्यकारी अधिकार मन्त्रीपरिषदमा नै रहेको घोषणा समेत गरेका छन् । प्रधानमन्त्रीको जेष्ठ १४ गतेको संविधानसभाको विघटन तथा नयाँ निर्वाचनको घोषणालाई हाम्रो पार्टीले तत्काल नै असंवैधानिक बताएर आफ्नो नीति स्पष्ट गरिसकेको छ । असंवैधानिक सरकारले आफूलाई संवैधानिक र कार्यकारी अधिकार सम्पन्न बताए पनि त्यो काम चलाउ सरकारमा परिणत भएको हुनाले यो सरकारलाई आगामी संविधानसभाको निर्वाचन सम्पन्न गर्ने अधिकार छैन ।
बाँकी

राष्ट्रिय जनमोर्चाको अपील
राष्ट्रिय जनमोर्चाको अपील
तोकिएको समयमा संविधानको निर्माण गरौं ¤ संघीयतालाई खारेज गरौं !!
जातीय आधारमा प्रदेशहरूको निर्माणको विरोध गरौं !!!
०६९ जेठ ४ र १० गतेका जिल्लास्तरका विरोध सभाहरू सफल पारौं !
अहिले देशमा गम्भीर प्रकारको राजनीतिक स्थितिको सिर्जना भएको छ । जेष्ठ १४ गते नजिक आउँदै छ । तर त्यो अवधिभित्र संविधानको निर्माणको कार्य अनिश्चित बन्दै गएको छ । प्रमुख राजनीतिक शक्तिहरूका गैरजिम्मेवारपूर्ण भूमिकाका कारणले त्यस प्रकारको स्थिति तयार भएको छ । तोकिएको समयमा संविधान बनाउनुको सट्टा संविधानसभाको म्याद थप्ने कुरा पनि उठ्न थालेको छ ।
बाँकी

पौष १५ देखि चैत्र २७ गतेसम्मका संघर्षका कार्यक्रमहरुलाई सफल पारौं !
तोकिएको समयमा संविधानको निर्माण, संघीयताको खारेजी तथा स्थानीय निकायको निर्वाचनका लागि संघर्ष गरौं !
पौष १५ देखि चैत्र २७ गतेसम्मका संघर्षका कार्यक्रमहरुलाई सफल पारौं !
अपील
आदरणीय न्यायप्रेमी जनसमुदायहरू,
राष्ट्रिय जनमोर्चाले थपिएको ६ महिनाको अवधिभित्र संविधानको निर्माण, संघीयताको खारेजी र स्थानीय निकायको चुनावका लागि जोड दिंदै देशव्यापी आन्दोलन संचालन गर्ने निर्णय गरेको छ ।
बाँकी

राष्ट्रिय जनमोर्चाको तात्कालिन राजनैतिक प्रस्ताव
(२०६८ भाद्र ३० र ३१ गते बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद्को प्रथम बैठकमा अध्यक्ष का. चित्रबहादुर के.सी.द्वारा प्रस्तुत तथा पारित तात्कालिक राजनीतिक प्रस्ताव)
तात्कालिक राजनीतिक परिस्थिति ः
१. नेपालीजनताले राजतन्त्रको अन्त गरी लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको पाँच वर्ष बितेको छ । यो पाँच वर्षको अवधिसम्म पनि देशले नयाँ संविधान पाउन सकेको छैन । शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउनु, नयाँ संविधान निर्माण गर्नु, गणतन्त्रलाई संस्थागत गर्नु, समाजको आर्थिक–सामाजिक रूपान्तरण गर्नु आदि जनआन्दोलनका लक्ष्यहरू थिए ।
बाँकी

स्थानीय निकायको निर्वाचनको माग गर्दै राजमोका सभाहरु
देशका स्थानीय निकायहरु यतिखेर सर्वदलीय संयन्त्रको भरमा संचालन भैरहेका छन् । स्थानीय निकायहरुको म्याद सकिएका ९ वर्ष नाघिसकेको छ तर पनि अझै स्थानीय निकायको निर्वाचन हुन सकेको छैन । जनस्तरमा काम गर्ने निर्वाचित निकाय नहुँदा जनताका विकास निर्माणका कामहरु पछाडि परिरहेका छन्, केन्द्रबाट गएका रकमहरु पनि दुरुपयोग भैरहेको छ, स्थानीय निकायहरु भ्रष्टाचारको अखडामा परिणत हुँदै गैरहेका छन् । तर प्रमुख राजनैतिक दलहरु भने स्थानीय निकायको निर्वाचन गराउनुको सट्टा त्यसलाई लामो समयसम्म जनप्रतिनिधिविहीन बनाउने ध्याउन्नमा लागेपछि तत्काल स्थानीय निकायको निर्वाचन हुनुपर्ने माग राख्दै राष्ट्रिय जनमोर्चा संघर्षको मैदानमा उत्रिएको छ ।
बाँकी

राजमोको विशाल जनसभा
अर्घाखाँची । दशै पूर्णिमाको अवसरमा राष्ट्रिय जनमोर्चाले अर्घारानीगैरामा विशाल जनसभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । दशौंहजार जनसमूहको उपस्थिति रहेको सो विशाल जनसभालाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद् चित्रबहादुर के.सी.ले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।
बाँकी

बेनी, सिन्धुली र ठिमीमा सभा सम्पन्न
काठमाडौं, माघ ९। “राष्टिय जनअभियान”को ३० औं दिन आज म्याग्दीको बेनी, सिन्धुलीको सिन्धुलीमाडी र भक्तपुरको ठिमीमा सभाहरु सम्पन्न भएका छन्। जनअभियान संचालन गरिरहेका राजमोका केन्द्रीय टोलीहरुले ती स्थानहरुमा सभाहरु सम्पन्न गरेका हुन्।
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal