rajamo
। । । । । । । । ताजा सामाचार
समाचार
आठौं दिनमा पनि अभियान जारी
काठमाडौं, पौष १७ । राष्ट्रिय जनअभियानको आज आठौं दिनमा पनि अभियानका चारवटै टोलीहरुका विभिन्न स्थानहरुमा कार्यक्रमहरु सम्पन्न गरेका छन् । अभियान अन्तर्गत शनिवार पनि टोलीहरुले जनसभा कोणसभा अन्तरकि्रया पर्चा वितरण र जनभेटघाट जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिएका छन् । सबै स्थानमा कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएको अभियानमा सहभागिहरुले बताएका छन् ।
बाँकी

सफलतापूर्वक अगाडि बढ्दै "राष्ट्रिय जनअभियान"
राष्ट्रिय जनमोर्चाद्वारा संचालित ँराष्ट्रिय जनअभियान’ सफलतापूर्वक अगाडि बढिरहेको छ । बिहीबार अभियान शुरु भएको छैठौं दिनमा पनि अभियान टोलीहरुले देशका विभिन्न स्थानहरुमा विशाल सभा तथा सांस्कृतिक कार्यक्रमहरु सम्पन्न गरेका छन् ।
बाँकी

“राष्ट्रिय जनअभियान” जारी, झापामा टोलीमाथि आक्रमण
काठमाडौं। गणतन्त्र, शान्ति र राष्ट्रियताको पक्षमा तथा संघीयताका विरुद्ध राष्ट्रिय जनअभियान संचालन गरिरहेको राजमोको टोलीमाथि बुधबार संघीय लिम्बुवान राज्य परिषद् (सन्जुहाङ समूह) का कार्यकर्ताहरुले आक्रमण गरेका छन्। अभियानकोे पाँचौं दिन बुधबार झापाको बिर्तामोडमा सभा गरिरहेको अवस्थामा राजमोको टोलीमाथि सो समूहले आक्रमण गरेको थियो। परिषद्का कार्यकर्ताहरुले अभियानको नेतृत्व गरिरहनु भएका राजमोका केन्द्रीय उपाध्यक्ष वीरबहादुर गोलेलाई अपहरण गरी आफ्नो कार्यालयमा लगेर कुटपिट गर्नुका साथै टोलीसँग रहेका झन्डा, व्यानर, माइक र पोष्टरहरु समेत लुटेका छन्। साम्प्रदायिक सोंचबाट ग्रसित सो समूहले आक्रमण गरे पछि केही घ48टा कार्यक्रम अवरुद्ध भएको थियो। तर पछि राजमोको टोलीले सोही ठाउँमा सभा सम्पन्न गरेको थियो।
बाँकी

उद्घाटन पछिका “राष्ट्रिय जनअभियान” कार्यक्रमहरू
देशका विभिन्न चार स्थानहरूमा एकैसाथ पौष १० गते उद्घाटन गरी राजमोका केन्द्रीयस्तरका चार टोलीहरूले यतिखेर देशव्यापी रूपमा “राष्ट्रिय जनअभियान” संचालन गरिरहेका छन्। टोलीहरूले अभियानको क्रममा कतै विशाल सभा सम्पन्न गरेका छन् त कतै कोणसभा, पर्चा वितरण, पोष्टरिङ र जनभेटघाट जस्ता कार्यक्रमहरू अगाडि बढाइरहेका छन्।
बाँकी

राजमो बाँकेको प्रेस वक्तव्य
२०६७ पौष १० गते रेडियो बागेश्वरी एफ.एम.मा कार्यरत पत्रकार अर्जुन वलीमाथि राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले दुर्व्यवहार र कुटपिटको प्रयास गरेको भन्ने तथा त्यस सम्बन्धमा नेपाल पत्रकार महासंघ लगायत बाँकेका विभिन्न संचार संस्थाहरूले घटनाको भर्त्सना गरेको भन्ने खबर विभिन्न संचारमाध्यमहरूमा आएकोमा राष्ट्रिय जनमोर्चा बाँकेको गम्भीर रूपले ध्यान आकृष्ट भएको छ।
बाँकी

राजमोको “राष्ट्रिय जनअभियान” शुरु
काठमाडौं। राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा “राष्ट्रिय जनअभियान” शुरु गरेको छ। शान्ति, राष्ट्रियता र गणतन्त्रको प73ँमा तथा संघीयताका विरुद्धमा राजमोले सो अभियान शुरु गरेको हो। पौष १० गते देशका विभिन्न ४ स्थानहरुबाट एकै साथ सो अभियानको उद्घाटन गरिएको छ।
बाँकी

२०६७ पौष १० गते देखि एक महिनासम्म देशव्यापी रूपमा सञ्चालन हुने राष्ट्रिय जनअभियान सफल पारौं ! अपील
“गणतन्त्र, राष्ट्रियता, शान्तिको पक्षमा तथा संघीयताका विरूद्ध राष्ट्रिय जनअभियान” भन्ने मूल नाराका साथ हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा ०६७ पौष १० गतेदेखि एक महिनासम्म देशव्यापी राष्ट्रिय जनअभियान सञ्चालन गर्न गइरहेको छ। यो अभियानलाई चारवटा टोली बनाएर सम्पन्न गरिने छ।
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal