rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

राजमोको चुनावी सभा सम्पन्न

प्युठान । मल्लरानी गाउँपालिका वडा नं. १ अर्माङमा राजमोको चुनावी सभा सम्पन्न भएको छ । राजमो चुँजा गाउँ समितिका सदस्य गिरबहादुर घर्तीको अध्यक्षतासचिव लेखबहादुर थापाको सञ्चालनमा सम्पन्न सभामा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट राजमो केन्द्रीय सल्लाहकार बोमबहादुर खत्रीले सम्बोधन गर्नुभएको थियो 

बाँकी


नागार्जुनमा राजमोको कार्यालय उद्घाटन

काठमाडौँ । राष्ट्रिय जनमोर्चा नागार्जुन नगरपालिकाको हसनटारमा नगर कार्यालय उद्घाटन गरिएको छ । २०७४ वैशाख ४ गते राजमोका नेता आनन्द शर्माको विशेष उपस्थितिमा सो कार्यक्रमको उद्घाटन कार्यक्रम गरिएको थियो । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य तथा बागमती क्षेत्रीय अध्यक्ष लाल बहादुर थापा र अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढाको पनि उपस्थिति रहेको थियो ।

बाँकी


गैडाकोट  नगर भेला सम्पन्न

नवलपरासी । राष्ट्रिय जनमोर्चा गैडाकोट नगर समितिको भेला सम्पन्न भएको छ । २०७३ चैत्र २७ गते सम्पन्न भेलाले गैडाकोट नगरपालिकाका १८ वटै वडाहरूबाट उमेद्धार उठाउने निर्णय गरेको छ । प्रत्यक वडाहरूमा वडा अध्यक्ष र सदस्यहरूको नाम समेत ठेगान गरिसकेको रा.ज.मो. पूर्व जिल्ला सचिव दिपक पाण्डेले जानकारी दिनु भएको छ । सो भेलाले विभिन्न खालको समिति बनाएर सयोजकहरू समेत तय गरेको छ । 

बाँकी


बर्दघाट नगरपालिकाको नगर भेला सम्पन्न

राष्ट्रिय जनमोर्चाको बर्दघाट नगरपालिका स्तरीय भेला २०७४ वैशाख ५ गते बर्दघाट बजारमा सम्पन्न भएको छ । बामनेता गङ्गा पौडेलको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको हो । भेलाले राजमोको बर्दघाट नगर समन्वय समितिस्थानीय निर्वाचनका लागि प्रचारप्रसार समिति गठन गर्नुका साथै वडा अध्यक्ष र सदस्य पदका लागि उम्मेदवारहरूको नामावली तय गरी अनुमोदनका लागि जिल्ला समितिमा पठाउने निर्णय गरेको छ ।

बाँकी


हेटौँडा उपमहानगरपालिकाको  भेला सम्पन्न
हेटौँडा । राष्ट्रिय जनमोर्चा हेटौँडा उपमहानगरपालिका समितिको भेला सम्पन्न भएको छ । भेलाले अध्यक्षमा पुण्य प्रसाद तिमिल्सिना, उपाध्यक्षमा ओविन्द्र लुइटेल, सचिव अर्जुन न्यौपाने, सहसचिवमा कल्पना बिडारी र कोषाध्यक्षमा नवराज खरेल रहनु भएको छ । त्यस्तै, सदस्यमा पुष्पलाल काफ्ले, कल्पना बस्नेत लगायत रहनु भएको छ ।
बाँकी


राजमो बाग्लुङ–पोखरा निर्वाचन सहयोग समितिमा गौतम 
पोखरा । राष्ट्रिय जनमोर्चा बाग्लुङ पोखरा सम्पर्क समितिको आयोजनामा २०७३ चैत्र २५ गते भेला सम्पन्न भएको छ । भेलाले आकाश गौतम संयोजक रहनुभएको ३३ सदस्यीय राष्ट्रिय जनमोर्चा बाग्लुङ पोखरा निर्वाचन सहयोग समिति गठन गरेको छ । समितिका सदस्यहरूमा सन्तोष पौडेल, बिक्रम थापा, हिरालाल श्रीस, गोबिन्द पौडेल, दिलिप रेग्मी, दिपक गुरुङ, दानु सारु, देबिलाल कंडेल, भागीरथ शर्मा, जयाराम आचाय, टेक बहादुर थापा,
बाँकी


राजमो प्यूठान–काठमाडौँ सम्पर्क समितिको प्रशिक्षणात्मक भेला सम्पन्न
काठमाडौँ । स्थानीय निकायको चुनावमाथि केन्द्रीय हुँदै राष्ट्रिय जनमोर्चा प्यूठान–काठमाडौँ सम्पर्क समितिको प्रशिक्षणात्मक भेला २०७३ चैत्र २६ गतेका दिन काठमाडौँमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव मोहनविक्रम सिंहको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको थियो । भरत भण्डारीको सञ्चालन तथा समिर सिंहको अध्यक्षताका साथ अगाडि बढेको सो भेलालाई कानुन व्यवसायी पदम रोका,
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal