rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

राजमोको जिल्ला भेला सम्पन्न
जुम्ला । राष्ट्रिय जनमोर्चाको जुम्ला जिल्ला भेला सम्पन्न भएको छ । राजमोका केन्द्रीय सदस्य रत्न विक्रम प्यासीको प्रमुख आतिथ्यता र राजमो भेरी कर्णाली क्षेत्र समन्वय समितिका सदस्य कमल विक्रम शाहीको विशेष उपस्थितिमा जुुम्ला सिंजाको कनकासुन्दरी गाउँपालिका अन्तर्गतको गोठीजिउला लुड्गुमा २०७४ वैशाख २ गते सो भेला सम्पन्न भएको हो ।
बाँकी


राष्ट्रिय जनमोर्चा प्रचारात्मक अभियानमा 
लुम्बिनी–राप्ती
लुम्बिनी–राप्ती क्षेत्रमा राजमोको केन्द्रीय टोलीले जुलुश प्रदर्शन सहितका विशाल सभाहरू सम्पन्न गर्दै राष्ट्रिय प्रचारात्मक अभियानका कार्यक्रमहरू अगाडि बढाई रहेको छ । रूपन्देहीको बुटवलमा पत्रकार सम्मेलन गर्दै २०७३ चैत्र २० गतेदेखि अभियान सुरुवात गरेको यो टोली नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, रोल्पा हुँदै प्युठान जिल्लामा प्रवेश गरेको छ । अभियान टोलीसँगै रहनु भएका अखिल (छैठौँ) का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले टोलीका प्रत्येक दिनका कार्यक्रमहरूका समाचार सम्प्रेषित गरी रहनु भएको छ ।
बाँकी


शतवार्षिकी कार्यक्रम/भेला, समिति गठन  

 प्युठानमा वडा भेला सम्पन्न

प्युठान । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत राष्ट्रिय जनमोर्चा प्युठान वडा स्तरीय वडा भेलाहरू सम्पन्न भएको छ । २०७३ चैत्र ५ गते प्युठान नगरपालिका वडा नं. ९ मरन्ठानामा कोपिल शर्माको संयोजकत्वमा २१ सदस्यीय समिति गठन भएको छजसको सदस्यहरूमा कमला केसीसीताराम घर्ती मगरजीत बहादुर विकलोक बहादुर घर्ती मगरकिसन बुढाथोकीभक्त बहादुर विष्ट,

बाँकी


राजमोको प्रचारात्मक अभियान सुरु

स्थानीय निकायको निर्वाचनको मिति नजिकिंदै गर्दा राजनैतिक पार्टीहरू आफ्नो चुनावी अभियानमा जुट्न थालेका छन् । देशको राजनीतिमा आफ्नो अलग पहिचान स्थापित गर्न सफल जनताको आशाको केन्द्र बन्दै गई रहेको राष्ट्रिय जनमोर्चाले २०७३ चैत्र २० गतेदेखि स्थानीय निर्वाचनको प्रचारात्मक अभियान सुरु गरेको छ । “प्रजातान्त्रिक विकेन्द्रीयता, संविधानको कार्यान्वयन र स्थानीय विकासका लागि राष्ट्रिय जनमोर्चालाई मतदान” भन्ने मूल नाराका साथ राजमोका छ वटा टोलीहरूले देशका विभिन्न भागबाट प्रचारात्मक अभियान सुरु गरेका छन् ।
बाँकी


राजमोको जिल्ला भेला सम्पन्न
काठमाडौँ । नजिकिदै गरेको स्थानीय निर्वाचनको तयारीका लागि राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्लाले चैत्र १९ गते प्रशिक्षणमूलक भेला सम्पन्न गरेको छ । राजमो जिल्ला उपाध्यक्ष घनश्याम खनालको अध्यक्षता, समिर सिंहको सञ्चालन र अमर बहादुर पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले समसामयिक विषयमा प्रशिक्षण दिनु भएको थियो । 
बाँकी


शतवार्षिकी कार्यक्रम अन्तर्गतका विभिन्न कार्यक्रमहरु

अर्घाखाँचीमा शतवार्षिकी अभियान तीव्र

सन्धिखर्क । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा जिल्लाव्यापी रूपमा सञ्चालित भई रहेको अक्टोबर क्रान्ति अन्तर्गतको कार्यक्रम २०७३ फागुन २१ गते बाँगीमा सम्पन्न भएको छ । राजमो पूर्व केन्द्रीय सदस्य तथा टोली नं. २ का संयोजक सागर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अखिल नेपाल किसान सङ्घका महासचिव कृष्ण केसीजिल्ला सदस्य भिमलाल आचार्य,

बाँकी


शतवार्षिकी कार्यक्रम अन्तर्गतका विभिन्न कार्यक्रमहरु

रोल्पामा गाउँ भेलाहरू सम्पन्न 

लिवाङ । राजमो रोल्पाले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत विभिन्न गाविसहरूमा गाउँ भेला सम्पन्न गरी राजमोका गाउँ समितिहरू गठन गरेको छ । राजमो रोल्पाले २०७३ फागुन १० गतेका दिन राङसी गाविसमा भेला सम्पन्न गरेको थियो । राजमो रोल्पाका सल्लाहकार हस्तमणि पुन र सदस्य केबी थापाको विशेष उपस्थिति तथा ओम बहादुर घर्तीको पहलकदमीमा सो भेला सम्पन्न भएको थियो । भेलाले बल बहादुर केसीको अध्यक्षतामा राजमो राङसीको १५ सदस्यीय गाउँ समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा चन्द्र बहादुर खत्रीसचिवमा शेर बहादुर केसीसहसचिवमा प्रभा केसी र कोषाध्यक्षमा कृष्ण बहादुर केसी रहनु भएको छ । समितिका सदस्यहरूमा बैकली केसीनरमला केसीहर्क बहादुर केसीदिल बहादुर केसीलङ्ग केसीकरण मालीमानसिंह केसीमन कुमारी केसीनन्द बहादुर केसी र विष्णु केसी रहनु भएको छ । 

बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal