rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

राजमोको नगर भेला सम्पन्न

सुर्खेत । राष्ट्रिय जनमोर्चा गङ्गामाला नगरको भेला २०७२ पुष १२ गते सम्पन्न भएको छ । खडक विकको अध्यक्षता र टेक बहादुर घर्तीको सञ्चालन अघि बढेको नगर भेलामा जित बहादुर घर्तीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्न विक्रम राना प्यासीले प्रमुख अतिथिको आसनबाट भेला सफलताको शुभकामना दिनुभएको थियो ।

बाँकी


राजमो समैजी गाउँ भेला

डडेल्धुरा । राष्ट्रिय जनमोर्चा समैजी गाउँ समितिको भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लाल बहादुर जाग्रीको प्रमुख आतिथ्यतामा २०७३ पुस ४ गते सो भेला सम्पन्न भएको हो ।भेलाले महेश भण्डारीलाई राजमो गाउँ समितिको अध्यक्ष चयन गरेको छ । समितिको उपाध्यक्ष सचिव र कोषाध्यक्षमा शेरसिंह भण्डारीवीरेन्द्र भण्डारी र लीला थलाल चयन हुनुभएको छ भने 

बाँकी


शतवार्षिकी कार्यक्रम अन्तर्गतका विभिन्न कार्यक्रमहरु 

अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय जनमोर्चा बाँकेको आयोजनामा २०७३ पौष १५ गते अक्टोबर क्रान्तिको शतवार्षिक कार्यक्रम सफल पारौँनयाँ पिँढीका हजारौँ क्रान्तिकारीलाई पार्टीमा भर्ना गरौँ’ भन्ने नाराका साथ अक्टोबर क्रान्तिको महत्व र राष्ट्रियताको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव जनक राज शर्माले अहिलेको युग साम्राज्यवादी युग भएकोले त्यसलाई परास्त गरेर समाजवादी व्यवस्था स्थापना गर्न अक्टोबर क्रान्तिको विषेश महत्व रहेको औल्याउनु भयो । 

बाँकी


 कैलालीमा वडा समिति गठन
कैलाली । राष्ट्रिय जनमोर्चाटीकापुर नगरपालिका वडा नम्बर ६ मुक्त कमैया शिविरमा वडा समिति गठन भएको छ । २०७३ पुष ९ गते सम्पन्न भेलाद्वारा सो समिति गठन भएको हो । गोविन्द चौधरीको अध्यक्षतामा सम्पन्न भेलाले गठन गरेको समितिको उपाध्यक्षमा राज कुमार चौधरीसचिव प्रसन्न चौधरीसहसचिव जनक चौधरी र कोषाध्यक्ष विदेशनी चौधरी चयन हुनु भएको छ । 
बाँकी


 रिमगाउँ कमिटिको अध्यक्षमा जोशी

बैतडी । राष्ट्रिय जनमोर्चा रिमगाउँ समितिको अध्यक्षमा कुलमणि जोशी चयन हुनुभएको छ । ढिलोगरि प्राप्त समाचार अनुसार २०७३ मङ्सिर १८ गते अक्टोबर क्रान्ति शतवार्षिकी कार्यक्रम बैतडी संयोजक वीरेन्द्र भण्डारीको विशेष उपस्थितिमा सम्पन्न भएको भेलाले राजमोको रीम गाउँ समिति चयन गरेको हो ।

बाँकी


शतवार्षिकी कार्यक्रम अन्तर्गतका विभिन्न कार्यक्रमहरु 

 शतवार्षिकी प्रशिक्षण भेला सम्पन्न 

प्युठान । राष्ट्रिय जनमोर्चाजिल्ला समिति प्युठानको २०७३ पुष १ र २ गते प्रशिक्षण भेला सम्पन्न भएको छ । चुजा एरियामा भएको प्रशिक्षण भेलामा ५८ जनाको सहभागिता रहेको थियो । राष्ट्रिय जनमोर्चा राप्तीलुम्बिनी क्षेत्रका अध्यक्ष विदुर मल्लले दिनु भएको जानकारी अनुसार प्रशिक्षण भेलापछि उक्त एरियाभित्र पर्ने सम्पूर्ण गाविसहरूमा गाउँ स्तरीय कार्यक्रम तय गरिएको छ ।  
बाँकी


मधेशी फोरम र क्रान्तिकारीमाओवादीबाट राजमोमा प्रवेश

डडेल्धुरा । राष्ट्रिय जनमोर्चाले अपनाएको नीति तथा कार्यक्रमबाट प्रभावित भएर डडेल्धुरा जिल्लाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू राजमोमा प्रवेश गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीमाओवादीका डडेल्धुरा जिल्ला सचिवालय सदस्य चन्द्र बहादुर बोहरा तथा उपेन्द्र यादव नेतृत्वको मधेशी जन अधिकार फोरम नेपाल पार्टीका जिल्ला अध्यक्ष लक्ष्मण कोली लगायतका जिल्ला नेताहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको छ । 

बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal