समाचार
|
तीन लाख मतदातालाई भेट्दै सकियो उपत्यकाकेन्द्रित प्रचारात्मक अभियान
काठमाडौँ, कार्तिक २९ । संविधान सभाको दोस्रो निर्वाचनलाई केन्द्रित गरेर राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको काठमाडौँ उपत्यकाकेन्द्रित प्रचारात्मक अभियान आजबाट समापन भएको छ । काठमाडौँ उपत्यकाको वाक्लो जनघनत्वलाई मध्यनजर गर्दै राजमोले केन्द्रीय स्तरबाट नै दुई टोली निर्माण गरी कार्तिक २२ गतेदेखि यो अभियान सञ्चालन गरेको थियो । राजमोले सञ्चालन गरेको यो अभियान पूर्ण रूपमा सफल भएको टोली नेताहरूले बताउनु भएको छ । उहाँहरूका अनुसार ८ दिनको यो अभियान अवधिमा टोलीले काठमाडौँ उपत्यकामा झण्डै तीन लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरेको छ । टोलीलाई उपत्यकावासीहरूले हार्दिकतापूर्वक स्वागत गरेको र देश विखण्डन हुनबाट जोगाउन आफूहरूले भोट राजमोलाई दिने वचन दिएको पनि टोली नेताहरूले बताउनु भयो । अभियान सकेर टोलीका सदस्यहरू आज साँझ नै आ–आफ्नो जिल्लातर्फ लागेका छन् । बाँकी
राष्ट्रिय जनमोर्चाको चुनावी घोषणा पत्र २०७०
राष्ट्रिय जनमोर्चाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई जिताउन अपिल
राष्ट्रिय जनमोर्चाले गणतन्त्रलाई संस्थागत गरौ“, राष्ट्रियताको रक्षा
गरौ“, सङ्घीयताको विरोध गरौ“ नाराहरूका साथ संविधान सभाको चुनावमा भाग
लि“दैछ । पूरा घोषणपत्र PDF (पीडीएफ) मा
बाँकी
राजमोको प्रचारात्मक अभियान समापन
५४ जिल्लाहरूमा कुल १४५ कार्यक्रम
काठमाडौ“,
आश्विन ५ । राष्ट्रिय जनमोर्चाद्वारा सञ्चालित राष्ट्रिय प्रचारात्मक
अभियान आजबाट समापन भएको छ । राजमोले “गणतन्त्रलाई संस्थागत गरौ“,
राष्ट्रियताको रक्षा गरौ“, सङ्घीयताको विरोध गरौ“” भन्ने मूल नाराका साथ
पा“च टोलीहरू बनाई भाद्र १० बाट यो अभियान सुरु गरेको थियो । २६ दिनको यो
अभियानमा राजमोका अभियान टोलीहरूले देशका ५४ जिल्लाहरूमा पुगी कुल १४५ वटा
कार्यक्रम गरेका छन् । बाँकी
देश बचाउने एउटै पार्टी राजमो हो ः के.सी.
काठमाडौ“, आश्विन ४ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. ले यो देश बचाउनका लागि राजमोको हात बलियो बनाउनुको जनतास“ग अर्को विकल्प नरहेको बताउनु भएको छ । “आज मेचीदेखि महाकालीसम्मका देशभक्त जनताले देश बचाउने एउटै मात्र पार्टी राष्ट्रिय जनमोर्चा हो भनिरहेका छन् । यो देश बचाउने हो भने तपाईहरूले राष्ट्रिय जनमोर्चालाई भोट दिनुको विकल्प छैन ।” अध्यक्ष के.सी. ले भन्नु भएको छ– “राजमोको हात बलियो बनाउनु होस् । संविधान सभामा राजमोको हात वलियो भयो भने राजमोले सङ्घीयता जरैदेखि खारेज गरेर देखाइदिनेछ ।” बाँकी
भारतीय हस्तक्षेपको विरोध गर्दै सभाहरू
काठमाडौ“, आश्विन ३ । नेपाली भूमिमा प्रवेश गरी भारतीय सुरक्षा फौजले हिजो बर्दियाको गुलरियामा नेपाली सार्वभौमिकतामाथि गरेको हस्तक्षेपको विरोध गर्दै राजमोका राष्ट्रिय प्रचारात्मक अभियानका टोलीहरूले आज देशका विभिन्न भागहरूमा सभाहरू सम्पन्न गरेका छन् । अभियान अन्तर्गतका पूर्व निर्धारित कार्यक्रम भए पनि आजका सभाहरूलाई अभियान टोलीहरूले ‘विस्तारवादी हस्तक्षेपविरुद्धको सभा’ को रूप दिएका थिए । अभियानको ३ नम्बर टोलीले आज पर्वतको फलेवासमा गरेको सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राजमो अध्यक्ष चित्रबहादुर के.सी. ले भारतीय प्रहरीले नेपाली भूमिमा प्रवेश गरी बर्दियामा खानतलासी गरेकोमा कडा आपत्ति जनाउ“दै त्यस घटनालाई ‘विस्तारवादी शासकहरूको नेपालमाथिको नाङ्गो हस्तक्षेप’ को संज्ञा दिनु भयो ।
बाँकी
बेनी, वालिङ, गाईघाट र दैलेखमा सभा
काठमाडौ“, आश्विन २ । राष्ट्रिय जनमोर्चाद्वारा सञ्चालित राष्ट्रिय प्रचारात्मक अभियानको कार्यक्रम अन्तर्गत आज म्याग्दीको बेनी, स्याङजाको वालिङ बजार, कास्कीको हेम्जा, उदयपुरको गाईघाट र दैलेखको दैलेख बजारमा सभाहरू सम्पन्न भएका छन् । बेनीको सभालाई राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर के.सी. ले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको छ । यस्तै, राजमोका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रश्मिराज नेपालीले वालिङ बजार र हेम्जाको सभालाई, जातीय समता समाजका केन्द्रीय अध्यक्ष राजेश वि.क. ले गाईघाटको सभालाई र राजमोका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले दैलेख बजारको सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको छ ।
बाँकी
चुनाव मंसिरमै गरौ“ ः अध्यक्ष के.सी.
काठमाडौ“, आश्विन १ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. ले संविधान सभाको निर्वाचन सबै पार्टीहरू मिली मंसिरमै गर्नु पर्ने बताउनु भएको छ । “संविधान सभाको निर्वाचन मंसिरमै गरौ“ ।” अध्यक्ष के.सी. ले भन्नु भएको छ– “सबै पार्टीलाई म आह्वान गर्छु, हाम्रा बीचमा कैयौं सैद्धान्तिक विमतिहरू भए पनि गणतन्त्रलाई संस्थागत गर्नका लागि आगामी मंसिरमै संविधान सभाको निर्वाचन गरौ“ र जनताको फैसलालाई हामी सबैले स्वीकार गरौ“ ।” बाँकी
|
|
|
|
अल्बुम |
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार
राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार
विरोध सभामिति ः २०६९, मसिर २६, मंगलवार
फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ५, शुक्रवार
दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
|
|
|
अडियो / भिडीयो |
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
|
|
|
|