rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

तनहुँ राजमोको जिल्ला भेला सम्पन्न
राष्ट्रिय जनमोर्चा तनहुँको भेला सम्पन्न भएको छ । २०७३ पौष १६ गते भएको भेला राजमो तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन जिल्ला सचिव श्री कुमार श्रेष्ठले गर्नु भएको थियो । राजमो गण्डकी–धौलागिरीका संयोजक शङ्कर बराल तथा अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर केसी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो उक्त भेलाले आगामी पौष २३ गतेदेखि फागुन ७ गतेसम्म विभिन्न स्थानमा  
बाँकी


राजमोको सिद्दिचरन नगर भेला सम्पन्न

ओखलढुङ्गा । राजमो ओखलढुङ्गा अन्तर्गत सिद्धिचरन नगर भेलाले धनराम श्रेष्ठको अध्यक्षताम ११ सदस्यीय नगर समन्वय समिति गठन गरेको छ । समितिको उपाध्यक्षसचिवकोषाघ्यक्ष र सदस्यमा पूर्वराज राईराम कुमारी राईध्वासे दर्जीशेर बहादुर खत्रीसन्जमाया राईयुवराज खत्री,शिव बहादुर खड्काकुमारी खड्का र टीकामाया गिरी रहनु भएको छ ।

बाँकी


धरानमा नगर भेला सम्पन्न

सुनसरी । राष्ट्रिय जनमोर्चाको धरान नगर भेला सम्पन्न भएको छ । २०७३ पुस २४ गते राजमो नेता हरिकान्त शर्माको विशेष उपस्थितिमा सम्पन्न सो भेला सम्पन्न भएको हो । भेलाले सात सदस्यीय नगर समिति चयन गरेको छ । समितिको अध्यक्षमा बिष्णु खवाउपाध्यक्षमा गीता राईसचिवमा विनोद तामाङसहसचिवमा रूपा आचार्य र कोषाध्यक्षमा किशोर राई रहनु भएको छ । 

बाँकी


मध्यविन्दुमा नपा प्रशिक्षण भेला सम्पन्न

नवलपरासी । मध्यविन्दु नगरपालिका सेतापानीमा राजमो ३ नं. एरियाको प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा राजमो नेता गङ्गा पौडेल र नेकपा (मसाल) का जिल्ला प्रवक्ता चन्द्र सापकोटाले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम तथा समसामयिक राजनीतिबारे सहभागीहरूलाई प्रशिक्षण दिनु भएको थियो ।

बाँकी


शतवार्षिकी कार्यक्रम अन्तर्गतका विभिन्न कार्यक्रमहरु 

जनवर्गीय सङ्गठनहरूको संयुक्त भेला सम्पन्न
अक्टोबर क्रान्तिको शतवार्षिकीको अवसरमा राष्ट्रिय जनमोर्चा, अर्घाखाँचीको आयोजनामा २०७३ कार्तिक २२ गते भेला सन्धिखर्कमा सम्पन्न भएको छ । भेलाले अक्टोबर क्रान्तिको शतवार्षिकी अभियानमा अर्घाखाँचीबाट दश हजार नयाँ कार्यकर्तालाई पार्टीकरण गर्ने निर्णय गरेको थाहा लागेको छ । भेलालाई सम्बोधन गर्दे राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले यो महान् कार्यमा सक्रियतापूर्वक लाग्न सबै नेता तथा कार्यकर्ताहरूलाई निर्देशन 
बाँकी


विरोधसभाका वक्ता तय
राष्ट्रिय जनमोर्चाले संविधान संशोधन प्रस्तावका विरुद्धमा सामान्यतया देशव्यापी रूपमा र विशेषतः ५ नम्बर प्रदेशमा सञ्चालित संयुक्त आन्दोलनका कार्यक्रम अन्तर्गत २०७३ पौष २७ गते देशका विभिन्न भागहरूमा हुन गैरहेका विरोधसभाहरूका लागि वक्ताहरू तय गरेको छ । राजमो, नेकपा (एमाले) नेमकिपा र नेकपा (माले) लगायतका विपक्षी नौ राजनैतिक दलहरूले २०७३ पौष १० गते पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । 
बाँकी


ओखलढुङ्गा जिल्ला भेला सम्पन्न
राष्ट्रिय जनमोर्चा ओखलढुङ्गाको प्रथम जिल्ला भेला २०७३ पौष २३ गते सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रतिनिधि तथा अखिल नेपाल टेड युनियन महासङ्घ (अन्टुक) का महासचिव चिन्तामणि शर्माको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको थियो । भेलाले शेरबहादुर खत्रीको अध्यक्षतामा १३ सदस्यीय राजमो ओलख ढुङ्गा जिल्ला सङ्गठन समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्ष धनराम श्रेष्ठ, सचिव नानु खत्री, सहसचिव पूर्वराम राई र कोषाध्यक्ष सन्जामाया राइ रहनुभएको छ । 
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal