Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
समाचार
मच्छीमा विशाल सभा सम्पन्न
काठमाडौ, भाद्र २४ । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको राष्ट्रिय प्रचारात्मक अभियानको कार्यक्रम अन्तरगत आज प्यूठानको मच्छीमा विशाल सभा सम्पन्न भएको छ । टोली नम्बर ३ को कार्यक्रम अन्तरगत भएको सो विशाल सभालाई राजमो अध्यक्ष चित्रबहादुर के.सी. ले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको छ । अध्यक्ष जीवन शर्मा सहितको रक्तिमको केन्द्रीय टोलीले त्यहा सांस्कृतिक प्रस्तुति पनि दिएको छ ।
बाँकी

तीजि कार्यक्रममा अभियान टोली
काठमाडौ, भाद्र २३ । आज हरितालिका तिजको दिन राष्ट्रिय जनमोर्चाका प्रचारात्मक अभियानका टोलीहरूमध्ये कोही देशका विभिन्न स्थानहरूमा आयोजित प्रगतिशील तीजि कार्यक्रमहरूमा सहभागी बने भने केहीले सभाका कार्यक्रमहरू सम्पन्न गरेका छन् । अध्यक्ष जीवन शर्मा सहितको रक्तिमको केन्द्रीय टोली प्यूठानको ओखरकोटमा आयोजित तीजि कार्यक्रममा सहभागी भएको छ भने महासचिव रेम रानाको नेतृत्वमा रहेको रक्तिमको अर्को केन्द्रीय टोलीका साथमा अभियानको २ नम्बर टोली काठमाडौको वसन्तपुर डबलीमा आयोजित प्रगतिशील तीजि कार्यक्रममा सहभागी रह्यो ।
बाँकी

राष्ट्रिय प्रचारात्मक अभियानमाथि पूर्वमा फेरि आक्रमण
आक्रमणको सामना गर्दै सभा सम्पन्न
काठमाडौ, भाद्र २२ । राष्ट्रिय जनमोर्चाको राष्ट्रिय प्रचारात्मक अभियानको १ नम्बर टोलीमाथि आज झापाको बिर्तामोडमा जातिवादीहरूले फेरि आक्रमण गरेका छन् । तर उक्त आक्रमणको सशक्त प्रतिरोध गर्दै टोलीले त्यहा सभा सम्पन्न गरेको छ । अभियान अन्तरगत टोली नम्बर २ ले आज काठमाडौको रामकोटमा सभा सम्पन्न गरेको छ । राजमो अध्यक्ष चित्रबहादुर के.सी. ले उक्त सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको छ । 
बाँकी

राजमो नै जनताको विश्वासिलो शक्ति हो ः पौडेल
काठमाडौ, भाद्र २१ । राष्ट्रिय प्रचारात्मक अभियानको बाहौ दिन आज अभियान टोलीहरूले देशका विभिन्न भागहरूमा सभाहरू सम्पन्न गरेका छन् । प्यूठानमा ३ नम्बर अभियान टोलीले आज जिल्लाका २ स्थानमा सभा गरेको छ, जहा अध्यक्ष जीवन शर्मा सहितको रक्तिमको केन्द्रीय टोलीले सांस्कृतिक प्रस्तुतिहरू दिएको छ । पूर्वी नेपालमा अभियान चलाइरहेको १ नम्बर टोलीले झापाको चन्द्रगढीमा सभा सम्पन्न गरेको छ । टोली नम्बर २ र ४ भोलि हुने आआफ्नो क्ष्ँेत्रको कार्यक्रमको तयारीमा जुटेका छन् भने विकट क बाँकी

प्रचारात्मक अभियानको एघारौ दिन
तीन सभा र चार कोण सभाहरू सम्पन्न
काठमाडौ, भाद्र २० । राष्ट्रिय प्रचारात्मक अभियानको ११ औ दिन आज अभियान टोलीहरूले देशका विभिन्न स्थानहरूमा तीन विशाल सभा तथा चार कोणहरू सभा सम्पन्न गरेका छन् । विकट कर्णाली क्ष्ँेत्रमा अभियान सञ्चालन गरिरहेको ५ नम्बर टोलीले आज पहिलो पटक मुगु सदरमुकाम गमगडीमा बृहत् सभा सम्पन्न गरेको छ । ३ नम्बर टोलीले प्यूठानको चुजामा विशाल सभा सम्पन्न गरेको छ, जहा अध्यक्ष जीवन शर्मा सहितको रक्तिमको केन्द्रीय टोलीले सांस्कृतिक प्रस्तुति पनि दिएको छ । ४ नम्बर टोलीले डोटीको बुडर बजारमा सभा सम्पन्न गरेको छ ।
बाँकी

हमलाबाट राजमो हडबडाएको छैन ः के.सी.
काठमाडौ, भाद्र १९ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर के.सी. ले जातिवादीहरूको हमलाबाट राजमो रत्तिभर पनि नहडबडाएको बताउनु भएको छ । राष्ट्र बचाउने राजमोको अभियान यस्ता आक्रमणबाट रोकिने छैन । जातिवादीहरूको आक्रमणबाट राष्ट्रिय जनमोर्चा रत्तिभर पनि हडबडाएको छैन । पूर्वी नेपालमा राजमोको अभियान टोलीमाथि जातिवादीहरूद्वारा भैरहेको आक्रमणप्रति लक्षित गर्दै अध्यक्ष के.सी. ले भन्नु भएको छ त्यो आक्रमण केन्द्रको निर्देशनमा भएको हामीले बुझेका छौ ।
बाँकी

आक्रमणको प्रतिकार गर्दै अभियान जारी
काठमाडौ, भाद्र १६ । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको राष्ट्रिय प्रचारात्मक अभियान सफलतापूर्वक अगाडि बढिरहेको छ । अभियानको सातौ दिन आज पनि पूर्वी नेपालमा जातिवादी समूहले अभियान टोलीमाथि आक्रमण गरेको छ, तर सो आक्रमणको सामना गर्दै पाचथरको यासोकमा टोलीले सभा सम्पन्न गरेको छ ।
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal