rajamo
। । । । । । । । ताजा सामाचार
अन्तर्वाता / लेख

अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौं 
नया पिढिका हजारौं क्रान्तिकारीहरुलाई पार्टीमा भर्ना गरौं 
यही सालको कार्तिक २२ गते अर्थात् तद्नुसार ७ नोभेम्वर २०१६ देखि अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रम शुरु हुन्छ र त्यो कार्यक्रम एक वर्षसम्म चल्नेछ ।
लेनिनको नेतृत्वमा भएको अक्टोवर क्रान्तिको मानव जातिको इतिहासमा नै ठूलो महत्व छ । त्यो क्रान्तिपछि नै विश्वको इतिहासमा प्रथमपटक स्टालिनको नेतृत्वमा रुसमा समाजवादी व्यवस्थाको निर्माण भएको थियो र पछि समाजवादी व्यवस्थाले विश्वव्यापी रुप लिएको थियो । 
बाँकी

राष्ट्रियताको पक्षमा ऐक्यबद्धता प्रमुख कुरा हो
राष्ट्रियताको पक्षमा ऐक्यबद्धता प्रमुख कुरा हो
अमर थापा, अध्यक्ष, राष्ट्रिय जनमोर्चा, बागलुङ बाँकी

नाकाबन्दी र राष्ट्रियताको अन्तरसम्बन्ध
– मोहनविक्रम सिंह
सञ्चार माध्यमहरूले समाचार दिइरहेका छन् ः ‘अघोषित रूपले लागेको नाकाबन्दी अघोषित रूपले नै खुल्यो ।’ पेट्रोल र ग्याँसको आपूर्ति पहिलेभन्दा धेरै नै सहजबन्दै गइरहेको छ । प्रधानमन्त्री ओलीले पहिलेदेखि भन्दै आइरहेका थिए ः ‘नाकाबन्दी नखुल्दासम्म उनले भारत भ्रमण गर्ने छैनन्, नाकाबन्दी सहज भएकाले उनको भारत यात्राका लागि बाटो खुलेको छ । र उनको यात्राको कार्यतालिका पनि निश्चित भएको छ । तर प्रकट रूपमा कुराहरू जति सहज देखिन्छन्, के वास्तवमा कुरा त्यति नै सहज छ ? प्रधानमन्त्रीले भारत भ्रमणको सन्दर्भमा बताएका छन् ः ‘उनले भारत भ्रमणको बेलामा नेपालको राष्ट्रियतामा आँच पुग्ने वा कुनै विवादास्पद सम्झौता गर्ने छैनन् ।’ भारत भ्रमणबारे विचार गर्न बोलाइएको बैठकमा पनि उनले त्यही कुरालाई दोहोर्‍याएका छन् । बाँकी


०७० साल जेठ ६ गते काठमाण्डौंमा राष्ट्रिय जनमोर्चा, केन्द्रीय कार्यालयद्वारा आयोजित “अपर कर्णाली विषयक अन्तरक्रिया”मा दलका तर्फबाट महासचिव सन्तबहादुर नेपालीद्वारा प्रस्तुत अवधारणा–पत्र

सर्वप्रथम, अन्तरक्रिया कार्यक्रममा उपस्थित अतिथिगण, पत्रकार मित्रहरु तथा सम्पूर्ण सहभागी महानुभावहरुलाई राष्ट्रिय जनमोर्चाको तर्फबाट हार्दिक अभिनन्दन तथा स्वागत गर्दछु ।
बाँकी


अवधारणा
आदरणीय अध्यक्ष, अतिथि, सहभागि साथी तथा पत्रकार मित्रहरु,
सर्वप्रथम राष्ट्रिय जनमोर्चाको बाग्मती क्षेत्रीय समितिका तर्फबाट विश्व फुकुशिमा दिवसको अवसरमा आयोजित “आणविक शक्तिको विश्वव्यापी खतराका विरुद्ध संघर्ष गरौं” विषयक यो अन्तरक्रियामा उपस्थित सबै अतिथि, सहभागि साथी र पत्रकार मित्रहरुलाई अभिवादन गर्न चाहन्छौं ।
आज देशका सबै राजनीतिक शक्तिहरु, बुद्धिजीवी, सञ्चार माध्यम र आम जनताको पनि ध्यान मुख्य रुपले देशको आन्तरिक राजनीति तर्फ नै गएको छ ।
बाँकी

राज्यको पुनर्संरचना ः आयोगको निरर्थक निर्णय
–सन्तबहादुर नेपाली
राज्य पुनर्संरचना आयोगले सरकार समक्ष माघ १७ गते तीनजना सदस्यको फरक मत सहित आफ्नो बहुमतको प्रतिवेदन बुझाएपछि आम नागरिकहरुमा बहसको थालनी भएको छ । राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समिति (यसपछि राज्य पुनर्संरचना समिति मात्र भनिने छ) को १० वटा जातीय राज्य सहितको १४ प्रदेशको खाका आए पनि त्यो झिनो बहुमतद्वारा पारित भएको कारणले गर्दा त्यो संविधानसभामा पारित हुनसक्ने र जातीय राज्य स्थापना हुने सम्भावना न्यून रहेको अवस्था देखिएको हुँदा त्यसले त्यति आतंकित पार्न सकेको थिएन ।
बाँकी

संविधान लेख्नुको विकल्प छैन
–चित्रबहादुर के.सी.
अहिले नेपालको मूल समस्या भनेको संविधान लेख्ने कुरा हो । शान्ति प्रक्रियालाई टुंगोमा लाउने कुरा हो । अहिले नेपाली जनताका यी दुई कुराहरू चार वर्षदेखि अल्झिरहेका छन् । शान्ति प्रक्रिया टुंगो लागेको छैन । संविधान लेख्ने काम पूरा भएको छैन । जबसम्म शान्ति प्रक्रिया टुंगो लाग्दैन, संविधनको मस्यौदा तयार हुन्न अर्थात् संविधान लेखिन्न तबसम्म जतिवटा नेताले हेलिकम्पटर घुमाए पनि यहाँ हुने वाला केही छैन ।
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
मिति २०७४, कार्त्तिक १७, शुक्रवार मिति २०७४, कार्त्तिक १७, शुक्रवार मिति २०७४, भाद्र १५, विहीवार मिति २०७४, श्रावण ३२, बुधवार मिति २०७४, आषाढ ४, आइतवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal