rajamo
। । । । । । । । ताजा सामाचार
समाचार
राजमोको राष्ट्रिय प्रचारात्मक अभियान सुरु
बुटवल । “गणतन्त्रलाई संस्थागत गरौं, राष्ट्रियताको रक्षा गरौं, संघीयताको विरोध गरौं” भन्ने मूल नाराका साथ संविधानसभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले राष्ट्रिय प्रचारात्मक अभियान शुरू गरेको छ । २०७० भाद्र १० गते बुटवलको मिडियाचोकमा एक समारोहका बीच राजमो अध्यक्ष चित्रबहादुर के.सी.ले अभियानको उद्घाटन गरेपश्चात् यति बेला राजमोका ५ वटा अभियान देशव्यापी कार्यक्रममा खटिएका छन् । पूर्वाञ्चल (मेची–कोशी) क्षेत्रमा रामबहादुर बुढा प्रमुख र राजेश वि.क. सहायक रहेको टोलीले, मध्यमाञ्चल –नारायणी–बागमती, गन्डकी) क्षेत्रमा रश्मिराज नेपाली प्रमुख र चन्द्रबहादुर के.सी सहायक रहेको टोलीले, राप्ती लुम्बिनी–धौलागिरी क्षेत्रमा दुर्गा पौडेल प्रमुख र के.वि. थापा सहायक रहेको टोलीले र सुदुरपश्चिम तथा मध्यमाञ्चल क्षेत्रमा जनकराज शर्मा प्रमुृख, राजाराम चौधरी सहायक रहनुभएको टोलीले, र कर्णाली अञ्चलमा अनिलकिशोर घिमिरे प्रमुख र गौरीलाल कार्की सहायक रहेको टोलीले अभियानको कार्यक्रम अघि बढाइरहेको छ । उक्त टोलीहरूमध्ये रश्मिराज नेपालीको टोलीमा दुर्गा शर्मा र दुर्गा पौडेल नेतृत्वको टोलीमा मित्रलाल शर्मा पनि सहयोगीको रुपमा रहनुभएको छ । रक्तिमका ३ केन्द्रीय टोलीहरू पनि राजमोको यो अभियानका दोस्रो, तेस्रो र चौथो टोलीहरू सँगै अघि बढिरहेका छन् । त्यसका साथै उक्त विभिन्न टोलीहरूमा युवक र विद्यार्थी संगठनका तर्फबाट पनि प्रतिनिधि वा स्वयंसेवकहरू सहभागी भएका छन् ।
उद्घाटन मन्तव्य व्यक्त गर्दै अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रघाती चरित्र बोकेका मान्छेहरूको सदनमा बहुमत, सरकारमा बहुमत भएकाले देश दुर्घटनाको संघारमा उभिएको बताउनुभयो । “संघीयता जस्तो राष्ट्रघाती व्यवस्थालाई संविधानमै व्यवस्था गरेर मुलुकलाई टुक्रा टुक्रा पार्ने योजनामा राष्ट्रघातीहरू लागिपरेका छन् । ४ वर्षसम्म संविधान नबन्नुका पछाडि संघीयता नै मुख्य कारण हो । संघीयता नेपाली जनताले आन्दोलन गरेर ल्याएका होइनन् ।” केसीले भन्नुभयो “आगामी संविधानसभाको चुनावमा संघीयतावादी र राष्ट्रघातीहरूलाई हराउनैपर्छ । नेपाली जनताले अब राष्ट्रिय जनमोर्चाको राजनीतिलाई अंगाल्नुपर्ने बेला आएको छ ।”
“राजतन्त्रवादीहरूले नेपाललाई हिन्दू राज्य बनाउने र राजा फर्काउने भनेर हिंडिरहेका छन् । त्यसो गर्नु प्रतिगमनतिर फर्कनु हो” केसीले भन्नुभयो “राजनीतिक दलसित उठेको रिसले राजतन्त्र फर्काउनुपर्छ भन्नु देशलाई मुठभेडतर्फ लैजाने कसरत हो ।” राजा फर्केर यो देश बचाउन र जनताका समस्या समाधान गर्न सक्दैनन् भन्दै केसीले मुलुक धेरै अगाडि बढिसकेकाले राजतन्त्रवादीहरूलाई राजा फर्काउने सपना नदेख्न चेतावनी पनि दिनुभयो । गत जनआन्दोलनको उपलब्धि गणतन्त्रलाई संस्थागत गर्नको लागि पनि संविधानसभाको चुनाव हुनुपर्नेमा केसीले जोड दिनुभयो । नेकपा माओवादीले चुनाव विथोल्ने बताएर प्रतिगमनलाई फाइदा पु¥याइरहेको बताउँदै अध्यक्ष के.सी.ले जातीय राजनीतिलाई छोडेर आउनको लागि दुवै माओवादीहरूलाई आह्वान गर्नुभयो ।
राष्ट्रियता अत्यन्तै संकटमा पर्दै गएको बताउँदै केसीले विदेशीले नागरिकता लिंदा नेपालीहरू नै अल्पमतमा पर्दै गएको उल्लेख गर्नुभयो । विदेशीहरूलाई लगातार नागरिकता दिनको लागि राष्ट्रघातीहरूले पटक पटक नियमहरू फेरिरहेको बताउँदै उहाँले सर्वाेच्च अदालतले पनि विदेशीहरूलाई मतदाता नामावलीमा नाम लेख्न खुला गरिदिएर राष्ट्रघाती चरित्र प्रदर्शन गरेको खुलासा गर्नुभयो । “यो देश सिक्किम वा फिजी हुने खतरा छ” उहाँले अगाडि भन्नुभयो, “देशका नदीनालाहरू, उद्योगधन्दा, कलकारखानाहरू सबै विदेशीले कब्जा गरेका छन् । देशको राष्ट्रियता र अखन्डतालाई सौदाबाजी गरेर सत्तामा जाने र सत्ता टिकाउनका लागि विदेशीहरूसँग हारगुहार गर्ने नेताहरूको राष्ट्रघाती चरित्र देशको लागि घातक बनेको छ ।”
नेपाली जनता र राष्ट्रको चिन्ता ठूला राजनीतिक दलहरूमा नभएको भन्दै केसीले जनताको चिन्ता हुन्थ्यो भने दैनिक २ हजार युवाहरू विदेश जाँदा नेताहरू कसरी समस्या समाधान गर्ने भनेर चिन्तित देखिन्थे भन्नुभयो । संघीयताको विरूद्धमा भएको जनमतलाई आगामी संविधानसभाको चुनावमा आफ्नो पक्षमा ल्याउनको लागि उहाँले आम पार्टीपंक्तिलाई सक्रिय रहन आह्वान गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका वरिष्ठ उपाध्यक्ष रश्मीराज नेपालीको अध्यक्षता र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष मित्रलाल शर्माको सञ्चालनमा अघि बढेको उक्त अभियान उद्घाटन समारोहमा राजमोका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा, राजमोकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, रक्तिमका अध्यक्ष जीवन शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा, राजमोका केन्द्रीय सचिवालय सदस्य तथा तराई मधेश जनवादी मोर्चाका अध्यक्ष्ँ बद्रे आलम, राजमोका केन्द्रीय सदस्य चन्द्रबहादुर के.सी., बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेल, जातीय समता समाजका अध्यक्ष्ँ राजेश वि.क. र अन्टुकका अध्यक्ष नारायण सापकोटाको पनि आतिथ्यता रहेको थियो । त्यस्तै समारोहमा आतिथ्यता ग्रहण गर्नेहरूमा अनेकिसंघका केन्द्रीय कोषाध्यक्ष गणेश गौतम, केन्द्रीय सदस्यहरू दुर्गा शर्मा र भानु के.सी., अखिल (छैठौं)का केन्द्रीय उपाध्यक्ष विमल पोखरेल, अनेमसंघकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने, अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रीय सदस्य पदम श्रेष्ठ र अखिल नेपाल युवक संघका केन्द्रीय सचिव बाबुराम आचार्य रहनुभएको थियो ।
उद्घाटन समारोहमा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जीवन शर्मा नेतृत्वको टोलीले निकै आकर्षक जनवादी गीत तथा नृत्यहरू प्रस्तुत गरेको थियो ।  
उद्घाटन कार्यक्रम समापनपछि राप्ती, लुम्बिनी, धौलागिरी क्षेत्रको टोलीले रूपन्देहीको हरैयामा भाद्र १० गते नै विशाल जनसभा सम्पन्न गरेको छ । उक्त सभालाई पार्टी अध्यक्ष चित्रबहादुर केसीले नै प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुभएको थियो । त्यस्तै सभालाई टोलीका सहायक प्रमुख के.वि. थापाले पनि सम्बोधन गर्नु भएको थियो । रूद्रपुर गाउँ समिति अध्यक्ष दीपक पौडेलको अध्यक्षतार कपिल पौडेलको संचालनमा भएको कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रीय कोषाध्यक्ष गणेश गौतम, नेकपा (मसाल) रूपन्देहीका प्रवक्ता लेखनाथ शर्मा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका  अध्यक्ष मित्रलाल शर्मा र रूद्रपुर गाविसका पूर्व अध्यक्ष लक्ष्मीकान्त शर्मालगायतको आतिथ्यता रहेको थियो ।  यस्तै यही टोलीले भाद्र ११ मा रूपन्देहीको मुर्गिया र भैरहवामा कार्यक्रम सम्पन्न गरेको छ । मुर्गियाको कार्यक्रमलाई ने.क.पा.(मसाल) रूपन्देहीका प्रवक्ता लेखनाथ शर्मा र राजमो रूपन्देहीका उपाध्यक्ष कृष्णवम मल्लले सम्बोधन गर्नुभएको थियो । भैरहवाको सभा विशाल थियो । त्यहाँ प्रमुख अतिथिको रूपमा राजमोका केन्द्रीय सचिवालय सदस्य बद्रे आलमले, र अतिथिको रूपमा टोली नेता, राजमोकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष मित्रलाल शर्मालगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता इन्दल केवटले र संचालन कपिल पौडेलले गर्नुभएको थियो ।
यस्तै अभियानको दोस्रो टोलीले भाद्र ११ मा नवलपरासीको सुनवलमा कार्यक्रम सम्पन्न गरेको छ । त्यहाँ सम्पन्न सभालाई प्रमुख अतिथिको रूपमा टोली नेता राजमोका वरिष्ठ उपाध्यक्ष रश्मिराज नेपालीले र अतिथिको रूपमा अनेकिसंघका केन्द्रीय सदस्य दुर्गा शर्मा र नेकपा(मसाल) नवलपरासीका प्रवक्ता भागिरथ भट्टराईले सम्बोधन गर्नु भएको थियो । सभामा महासचिव रेम रानाको नेतृत्वमा रहेको रक्तिमको टोलीले सांस्कृतिक प्रस्तुतिहरू दिएको थियो ।

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal