काठमाडौ“, भाद्र १६ । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको राष्ट्रिय प्रचारात्मक अभियान सफलतापूर्वक अगाडि बढिरहेको छ । अभियानको सातौ“ दिन आज पनि पूर्वी नेपालमा जातिवादी समूहले अभियान टोलीमाथि आक्रमण गरेको छ, तर सो आक्रमणको सामना गर्दै पा“चथरको यासोकमा टोलीले सभा सम्पन्न गरेको छ । पूर्वी क्षेत्रको अभियानमा लगातार रूपमा भैरहेको आक्रमणको घोर विरोध र भत्र्सना गर्दै आज नेकपा (मसाल) एक विज्ञप्ती जारी गरेको छ ।दाङ जिल्लाको लमही, मकवानपुरको हेटौ“डा र डडेलधुराको जोगमुढामा अभियान टोलीले भव्य सभा सम्पन्न गरेको छ ।
अभियानको ३ नम्बर टोलीले आज दाङको लमही बजारमा विशाल सभा सम्पन्न गरेको छ । राजमोकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सो सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भयो । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष मित्रलाल शर्मा र अखिल नेपाल जनजाति सम्मेलनका उपाध्यक्ष उपाध्यक्ष हनुमान चौधरीले पनि सो सभालाई सम्बोधन गर्नु भयो । सभामा अखिल नेपाल बुद्धिजीवी सङ्घका महासचिव शशिधर भण्डारी, रक्तिम सांस्कृतिक अभियानका उपाध्यक्ष दलबहादुर वि.क., केन्द्रीय सदस्य नारायण योगी, राजमोका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापा, राजमो दाङका अध्यक्ष ओमबहादुर के.सी.,  टोलीका सहायक प्रमुख मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका निवर्तमान महासचिव के.बी. थापा, अनेमसङ्घकी केन्द्रीय सदस्य पूर्णिमा आचार्य र अनेकिसङ्घका केन्द्रीय सदस्य प्रेमनारायण आचार्यको पनि आतिथ्यता रहेको थियो । सभाको बीचबीचमा उपाध्यक्ष दलबहादुर वि.क. को नेतृत्वमा रहेको रक्तिमको केन्द्रीय सांस्कृतिक टोलीले निकै आकर्षक सांस्कृतिक प्रस्तुतिहरू दिएको थियो । सभाको अध्यक्षता महेश  िरिजाल र सञ्चालन रेशम वी.सी. ले गर्नु भएको थियो भने स्वागत मन्तव्य पदमप्रसाद गोराथोकीले राख्नु भएको थियो ।
अभियानको ४ नम्बर टोलीले आज डडेलधुराको जोगमुढामा भव्य सभा सम्पन्न गरेको छ । टोली प्रमुख राजमोका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले सो सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो । सभालाई राजमोका केन्द्रीय कोषाध्यक्ष मनोज भट्ट, राजमोका केन्द्रीय सदस्य तथा टोलीका सहायक प्रमुख राजाराम चौधरी र राजमोकै केन्द्रीय सदस्य लालबहादुर जाग्रीले पनि सम्बोधन गर्नु भएको थियो । केन्द्रीय कोषाध्यक्ष मानबहादुर भण्डारीको नेतृत्वमा रहेको रक्तिमको केन्द्रीय सांस्कृतिक टोलीले रोचक सांस्कृतिक प्रस्तुतिहरू समेत दिएको सो सभामा अनेशिसङ्घका केन्द्रीय सदस्य धनबहादुर बोहरा, सिद्धनाथ उमाविका प्राचार्य जयराज पन्त, रक्तिमका केन्द्रीय कोषाध्यक्ष मानबहादुर भण्डारी र जोगमुढा श्रोत केन्द्रका देवभक्त जोशीको पनि आतिथ्यता रहेको थियो । सभाको अध्यक्षता चन्द्रदेव वि.क. ले र सञ्चालन अखिल (छैठौं) का केन्द्रीय सचिव गणेश आचार्यले गर्नु भएको थियो । सभामा स्वागत मन्तव्य जयबहादुर धामीले राख्नु भएको थियो ।
यस्तै अभियानको २ नम्बर टोलीले मकवानपुरको हेटौ“डामा सभा सम्पन्न गरेको छ । राजमोका वरिष्ठ उपाध्यक्ष तथा टोली नेता रश्मिराज नेपालीले सो सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो । अनेकिसङ्घका केन्द्रीय सदस्य दुर्गा शर्मा, रक्तिमका महासचिव रेम राना र राजमो मकवानपुरका अध्यक्ष लक्ष्मण विष्टले पनि सभालाई सम्बोधन गर्नु भएको थियो । सभामा राजमोका केन्द्रीय सदस्य डम्मर पुरी र अखिल (छैठौं) का केन्द्रीय सदस्य लोकेन्द्र जोशीको पनि आतिथ्यता रहेको थियो । सभामा रक्तिमको केन्द्रीय सांस्कृतिक टोलीले आकर्षक सांस्कृतिक कोशेलीहरू प्रस्तुत गरेको थियो । सभाको अध्यक्षता राजमो मकवानपुरका सल्लाहकार प्रकाशचन्द्र अर्याल र सञ्चालन अखिल (छैठौं) का केन्द्रीय सदस्य निरबहादुर सिन्ताङले गर्नु भएको थियो । स्वागत मन्तव्य अखिल (छैठौं) का अरुण थिङले राख्नु भएको थियो ।

आक्रमणको सामना गर्दै सभा
नेपालको पूर्वी क्षेत्रमा कार्यक्रम गरिरहेको अभियानको १ नम्बर टोलीले आज जातिवादीहरूको आक्रमणको सामना गर्दै पा“चथरको यासोकमा सभा सम्पन्न गरेको छ । सभाको प्रचार गर्दै माइकिङ र पर्चा वितरण गरिरहेको राजमोको सो टोलीमाथि जातीय उन्माद बोकेका नेकपा–माओवादी, सङ्घीय लिम्बुवान राज्य परिषद (लिङ्देल समूह) र सङ्घीय समाजवादी पार्टीका अराजक कार्यकर्ताहरूले एक्कासी आक्रमण गरेका थिए । तर राजमो कार्यकर्ताहरूले सशक्त प्रतिकार गरेपछि उनीहरू पछि हट्न बाध्य भएका थिए । जातिवादी उन्माद बोकेको सो जत्थास“ग भिड्दै सोही स्थानमा टोलीले शानदार रूपमा सभा सम्पन्न गरेको थियो । अखिल (छैठौं) का केन्द्रीय सदस्य भीष्मा जोशीको सञ्चालनमा अघि बढेको सो सभालाई टोली प्रमुख अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सुरेन्द्र भण्डारीले सम्बोधन गर्नु भएको थियो । सभा सम्पन्न गरेर टोली आज नै तेह«थुमको म्याङलुङतर्फ अगाडि बढेको छ । टोलीले भोलि म्याङलुङमा सभा गर्ने कार्यक्रम छ ।
आक्रमणको मसालद्वारा विरोध
पूर्वी नेपालमा राष्ट्रिय प्रचारात्मक अभियानमा खटिएको राजमोको अभियान टोलीमाथि जातिवादीहरूले निरन्तर रूपमा गरिरहेको आक्रमणको नेकपा (मसाल) ले कडा शब्दमा विरोध गरेको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले भाद्र १६ मा एक विज्ञप्ती जारी गर्दै जातिवादीहरूको आक्रमणको सामना गर्दै अभियान टोलीले देखाएको सक्रियता र दृढताका लागि टोलीका सदस्यहरूप्रति अभिनन्दन पनि व्यक्त गर्नु भएको छ । महामन्त्री सिंहद्वारा जारी उक्त वक्ताव्यमा अगाडि भनिएको छ ः
“राष्ट्रिय जनमोर्चाद्वारा देशका १४ वटै अञ्चलहरूमा एकैसाथ आयोजित राष्ट्रिय प्रचारात्मक कार्यक्रमका सिलसिलामा सुदूर पूर्व गएको टोलीका विभिन्न जिल्लाहरूका कार्यक्रमहरूमा जातिवादी सङ्गठनहरूले लगातार आक्रमण गरिरहेका छन् । उनीहरूले मुख्य रूपमा हामीले सङ्घीयताको विरोध गरेकाले नै त्यस प्रकारको आक्रमण गरेको बताएका छन्। त्यस प्रकारका कारवाहीहरूमा स्थानीय जातिवादी सङ्गठनहरूका साथै कतिपय स्थानहरूमा माओवादीहरूका दुवै पक्षहरूका स्थानीय कार्यकर्ताहरू पनि भएको बताइएको छ । शान्तिपूर्ण कार्यक्रममाथि भैरहेको त्यस प्रकारको कारवाहीहरूको हाम्रो पार्टीले कडा शब्दमा विरोध र भत्र्सना गर्दछ ।
हाम्रो पार्टीले यो दृढता व्यक्त गर्दछ कि त्यस प्रकारका आक्रमणका बावजुद हाम्रो आन्दोलन लगातार अगाडि बढिरहनेछ । गत कालमा विभिन्न जातिवादी तत्व र माओवादीहरू समेतद्वारा हाम्रा कार्यक्रमहरूमा बारम्बार आक्रमण हुने गरेका छन् । त्यसले उनीहरूको फासिवादी प्रकारको प्रवृतिलाई नै बताउ“छ । त्यस प्रकारका सङ्घीयतावादी वा जातिवादी प्रवृत्तिबाट गणतन्त्र, राष्ट्रियता तथा जातीय र क्षेत्रीय एकता वा सद्भाव समेत गम्भीर रूपले खलबलिने, देशमा चरम प्रकारको जातीय र क्ष्ँेत्रीय विग्रह वा राष्ट्रिय विखण्डनको स्थिति पैदा हुने खतरा छ । त्यसैले हाम्रो पार्टीले गणतन्त्रलाई संस्थागत गर्ने, राष्ट्रियताको रक्षा गर्ने कार्यहरूका साथै सङ्घीयताको विरोधमा पनि जोड दिएको छ । सङ्घीयता अझै संस्थागत भैसकेको छैन । तैपनि त्यस प्रकारको जातीय र क्षेत्रीय विग्रह, राष्ट्रिय विग्रहका प्रवृत्तिहरू देखा पर्न थालेका छन् । सा“च्चै नै त्यसले संस्थागत रूप लियो भने त्यसको असर कति गम्भीर र नकारात्मक हुनेछ ? स्पष्ट छ । 
हाम्रो पार्टीले जातीय वा क्ष्ँेत्रीय आधारमा भैरहेको शोषण, उत्पीडन वा भेदभावहरूको अन्त गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । तर सङ्घीयताबाट जातीय आधारमा भैरहेको शोषण, उत्पीडन वा भेदभावको अन्त हु“दैन, तबसम्म ती झन् बढेर जान्छन् वा स्थायी हुन्छन् त्यसैले हाम्रो पार्टीले सङ्घीयताको विरोधलाई पनि उच्च प्राथमिकता दिएको छ ।
यो कुरामा हामीले प्रसन्नता प्रकट गर्दछौ“ कि लगातारको आक्रमणका बावजुद पूर्वको प्रचारात्मक अभियान लगातार अगाडि बढिरहेको छ । त्यही प्रकारले देशका सबै अञ्चलहरूमा “गणतन्त्रलाई संस्थागत गरौ“, राष्ट्रियताको रक्षा गरौ“, सङ्घीयताको विरोध गरौ“” नाराका साथ हाम्रो राष्ट्रिय प्रचारात्मक अभियान लगातार अगाडि बढिरहेको छ । त्यो अभियानमा हाम्रा साथीहरूले देखाएको सक्रियता र दृढताका लागि उहा“हरूको अभिनन्दन गर्नुका साथै ती कार्यक्रममा जनताको व्यापक सहयोग र समर्थनका लागि सम्पूर्ण जनताप्रति आभार प्रकट गर्न चाहान्छौ“ ।”