rajamo
। । । । । । । । ताजा सामाचार
समाचार
प्रचारात्मक अभियानको एघारौ“ दिन
तीन सभा र चार कोण सभाहरू सम्पन्न
काठमाडौ“, भाद्र २० । राष्ट्रिय प्रचारात्मक अभियानको ११ औ“ दिन आज अभियान टोलीहरूले देशका विभिन्न स्थानहरूमा तीन विशाल सभा तथा चार कोणहरू सभा सम्पन्न गरेका छन् । विकट कर्णाली क्ष्ँेत्रमा अभियान सञ्चालन गरिरहेको ५ नम्बर टोलीले आज पहिलो पटक मुगु सदरमुकाम गमगडीमा बृहत् सभा सम्पन्न गरेको छ । ३ नम्बर टोलीले प्यूठानको चु“जामा विशाल सभा सम्पन्न गरेको छ, जहा“ अध्यक्ष जीवन शर्मा सहितको रक्तिमको केन्द्रीय टोलीले सांस्कृतिक प्रस्तुति पनि दिएको छ । ४ नम्बर टोलीले डोटीको बुडर बजारमा सभा सम्पन्न गरेको छ । अभियानको २ नम्बर टोलीले आज काठमाडौ“का दुई स्थानहरूमा सांस्कृतिक प्रस्तुतिहरू सहितको कोण सभा सम्पन्न गरेको छ । पूर्वी नेपालमा खटिएको एक नम्बर टोलीले आज धनकुटा बजारमा दुई कोण सभाहरू सम्पन्न गरेको छ ।
प्यूठान चु“जामा सम्पन्न विशाल सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि टोली प्रमुख राजमोकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले हरेक खाले अन्याय र अत्याचारका विरुद्धमा गौरवपूर्ण लडाइ“ लड्दै आएका प्यूठानी जनतास“ग मुलुकलाई जबर्जस्ती सङ्घीयतामा लैजान खोज्ने शक्तिहरूलाई आगामी संविधान सभा निर्वाचनमा धुलो चटाइदिन आह्वान गर्नु भयो । “प्यूठानी जनताले नेपालका श्रमजीवी जनताको मुक्ति आन्दोलनमा महत्वपूर्ण योगदान दि“दै आएका छन्” नेतृ पौडेलले भन्नु भयो– “नेपाललाई जबर्जस्त रूपमा राष्ट्र विखण्डनकारी सङ्घीयतामा लैजान खोज्ने शक्तिहरूलाई प्यूठानी जनताले अब धुलो चटाउने बेला आएको छ । हामीलाई विश्वास छ, आगामी संविधान सभा निर्वाचनमा प्यूठानी जनताले आप्mनो त्यो जिम्मेवारी अवश्य पूरा गर्नेछन् ।” आगामी संविधान सभाको निर्वाचनमा फेरि पनि चार दलकै हात बलियो भएमा नेपाल राष्ट्र सग्लो रहन मुश्किल पर्ने भन्दै उहा“ले मुलुकलाई सङ्घीय प्रणालीमा जानबाट रोक्नका लागि राजमोको हात बलियो पार्न जनतास“ग अपिल पनि गर्नु भयो । सभालाई अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष मित्रलाल शर्मा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य वोमबहादुर खत्री, टोलीका सहायक प्रमुख मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका निवर्तमान महासचिव के.बी. थापा र रक्तिमका अध्यक्ष तथा जनगायक जीवन शर्माले पनि सम्बोधन गर्नु भएको थियो । अध्यक्ष शर्माले सम्बोधन सहित रक्तिमका चर्चित गीतहरू प्रस्तुत गर्दा जनमानस निकै उत्साहित भएको थियो । रक्तिमको केन्द्रीय टोलीले समेत विभिन्न सांस्कृतिक प्रस्तुतिहरू दिएको उक्त सभामा अखिल नेपाल युवक सङ्घ, प्यूठानका अध्यक्ष चन्द्रबहादुर राना, प्रगतिशील पत्रकार सङ्घ नेपाल, प्यूठानका सदस्य माधव खनाल, राजमो काठमाडौ“–प्यूठान सम्पर्क समितिका सदस्य लेखबहादुर थापा र जातीय समता समाज प्यूठानका सदस्य लालबहादुर वि.क. को पनि आतिथ्यता रहेको थियो । राजमो प्यूठानका सदस्य गोपालराज शर्माको स्वागत मन्तव्यबाट अघि बढेको सो विशाल सभाको अध्यक्षता, राजमो प्यूठानका अर्का सदस्य केशरबहादुर अधिकारीले गर्नु भएको थियो भने सञ्चालन अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य अमरध्वज रानाले गर्नु भएको थियो । 
अभियानको ४ नम्बर टोलीको आज डोटी जिल्लाको बुडरमा कोण सभा गर्ने पूर्व निर्धारित कार्यक्रम रहे पनि जनताको विशाल उपस्थिति रहेपछि त्यहा“ आमसभा सम्पन्न गरिएको अभियान टोलीका सदस्य गणेश आचार्यले बताउनु भयो । बुडरमा सम्पन्न सो आमसभालाई टोलीका प्रमुख राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नु भएको थियो । आफ्नो सम्बोधनमा उपाध्यक्ष शर्माले नेपाली जनता र राष्ट्रको पक्षमा स्पष्ट नीति र कार्यक्रम सहित निरन्तर सङ्घर्षरत रहेको एक मात्र सच्चा पार्टी राष्ट्रिय जनमोर्चा रहेको स्मरण गराउ“दै आगामी संविधान सभाको निर्वाचनमा यो तथ्यलाई नबिर्सन डोटेली जनतास“ग आग्रह गर्नु भयो । राजमोप्रतिको बढ्दो लोकप्रियताबाट अत्तालिएका जातिवादीहरूले पूर्वमा राजमोको अभियान टोलीमाथि गरेको आक्रमणलाई ‘कायरताको पराकाष्ठा’ को संज्ञा दि“दै उहा“ले त्यस्ता आक्रमणहरूबाट आफूहरू झनै इस्पातिलो बनेको बताउनु भयो । रक्तिमको केन्द्रीय टोलीको सांस्कृतिक प्रस्तुति समेत रहेको सो सभालाई राजमोका केन्द्रीय कोषाध्यक्ष मनोज भट्ट, अखिल (छैठौं) का केन्द्रीय सचिव गणेश आचार्य, रक्तिमका केन्द्रीय कोषाध्यक्ष मानबहादुर भण्डारी र राजमो डोटीका सचिव केशवनाथ योगीले पनि सम्बोधन गर्नु भएको थियो । राजमो डोटीका अध्यक्ष वेणीमाधव जोशीको स्वागत मन्तव्य, सदस्य नरेश आलेको अध्यक्षता र अखिल (छैठौं) का केन्द्रीय सदस्य डबल बोगटीको सञ्चालनमा अघि बढेको सो सभामा टोलीका सहायक प्रमुख राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजाराम चौधरी र अखिल (छैठौं) डोटीका अध्यक्ष डबल तिरुवाको पनि आतिथ्यता रहेको थियो ।
कर्णाली अञ्चलको विकट क्षेत्रमा खटिएको अभियानको ५ नम्बर टोलीले आज पहिलो पटक मुगु जिल्लाको सदरमुकाम गमगडीमा बृहत् प्रचारात्मक सभा सम्पन्न गरेको छ । उक्त सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै टोली प्रमुख अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरेले सरकारको सा“चो निर्दलीय व्यक्तिका हातमा सुम्पने चार दललाई जनतास“ग भोट माग्न आउने नैतिक अधिकार अब नरहेको बताउनु भयो । आगामी संविधान सभा निर्वाचनबाट फेरि पनि तिनै चार दल बलियो बनेमा देशमा महङ्गी, भ्रष्टाचार र दण्डहीनता अरू बढ्ने भन्दै उहा“ले त्यस्ता दलहरूस“ग सचेत रहन जनतालाई आह्वान गर्नु भयो । सभालाई टोलीका सहायक प्रमुख राजमोका केन्द्रीय सदस्य गौरीलाल कार्की र राजमो डोल्पाका अध्यक्ष हर्कबहादुर आर.सी. ले पनि सम्बोधन गर्नु भएको थियो । अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य अजय गिरी र अखिल (छैठौं) का राष्ट्रिय परिषद सदस्य राजबहादुर शाहीको समेत आतिथ्यता रहेको सो सभाको अध्यक्षता राजमो मुगुका अध्यक्ष राजबहादुर भाम र सञ्चालन राजमो कालीकोटका अध्यक्ष मिनबहादुर शाहीले गर्नु भएको थियो । मुगुको गमगडीमै कर्णाली अञ्चल स्तरीय अगुवा कार्यकर्ताहरूको प्रशिक्षणात्मक भेला सम्पन्न गरेको यो टोली भाद्र २१ बाट जुम्ला जिल्लातर्फ लाग्ने कार्यक्रम रहेको टोली नेता अनिलकिशोर घिमिरेले बताउनु भयो ।
भाद्र १९ मा काठमाडौ“को शान्ति वाटिकामा अध्यक्ष चित्रहादुर के.सी. को प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरेको अभियानको २ नम्बर टोलीले आज काठमाडौ“कै गोङ्गबु र बालाजु चोकमा सांस्कृतिक प्रस्तुतिहरू सहितको कोणसभा सम्पन्न गरेको छ । गोङ्गबु चोकमा भएको सभालाई अनेमसङ्घकी अध्यक्ष्ँ तथा राजमोकी पूर्व सभासद मीना पुन, राजमो बाग्मतीका सहइञ्चार्ज आनन्द शर्मा, टोलीका सहायक प्रमुख,  अनेकिसङ्घका केन्द्रीय सदस्य दुर्गा शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, रक्तिमका महासचिव रेम राना र राजमो काठमाडौ“का सचिव लक्ष्मणदेव पाण्डेले सम्बोधन गर्नु भएको थियो । कोण सभाको अध्यक्षता राजमो काठमाडौ“ ६ नम्बर एरियाका अध्यक्ष मुक्तबहादुर के.सी. र सञ्चालन राजमो काठमाडौ“का सदस्य गङ्गा सुवेदीले गर्नु भएको थियो । बालाजु चोकमा भएको कोणसभाको सञ्चालन राजमो बाग्मतीका सदस्य तथा काठमाडौ“का सल्लाहकार रामबाबु (आर.बी.) फुया“लले गर्नुु भएको थियो भने सम्बोधन राजमो काठमाडौ“का सचिव लक्ष्मणदेव पाण्डे र रक्तिमका महासचिव रेम  रानाले गर्नु भएको थियो । दुवै कोणसभाहरूमा रक्तिमको केन्द्रीय टोलीले आकर्षक सांस्कृतिक प्रस्तुतिहरू दिएको थियो ।
यसैबीच, राजमोले अभियानको २ नम्बर टोलीको सहायक प्रमुख अनेकिसङ्घका केन्द्रीय सदस्य दुर्गा शर्मा रहनु भएको बताएको छ । राजमो केन्द्रीय कार्यालयबाट प्राप्त जानकारी अनुसार राजमोका केन्द्रीय सदस्य चन्द्रबहादुर के.सी. पहिले यस टोलीको सहायक प्रमुख रहनु भएको थियो । तर विमारीका कारण उहा“ सहभागी हुन नसक्नु हुने भएपछि शर्मालाई २ नम्बर टोलीको सहायक प्रमुख बनाइएको हो । यस टोलीको प्रमुख राजमोका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रश्मिराज नेपाली रहनु भएको छ ।
जातिवादीहरूको विगविगी रहेको नेपालको पूर्वी क्षेत्रमा दृढतापूर्वक अभियान अगाडि बढाइरहेको अभियानको १ नम्बर टोलीले आज बिना अवरोध धनकुटा बजारका दुई स्थानहरूमा कोणसभाहरू सम्पन्न गरेको छ । टोलीले कोणसभा पूर्व धनकुटा बजारमा व्यापक रूपमा पर्चा वितरण, पोष्टरिङ र माइकिङ पनि गरेको थियो । अभियान टोलीका सदस्य तिलक गाहले दिनु भएको जानकारी अनुसार टोलीले बिहान धनकुटा बजारको बिहिवारे हाटबजारमा कोण सभा सम्पन्न गरेको थियो । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तुलमान राईको सञ्चालनमा अद्दि बढेको सो सभालाई जनजाति सम्मेलनकै अर्का केन्द्रीय सदस्य विष्ण थिङ र जातीय समता समाजका केन्द्रीय सल्लाहकार सन्तबहादुर वि.क. ले सम्बोधन गर्नु भएको थियो । त्यस्तै दिउस टोलीले धनकुटा बजारको मदन चोकमा कोणसभा सम्पन्न गरेको थियो । जनजाति सम्मेलनका केन्द्रीय सदस्य तुलमान राईकै सञ्चालनमा अघि बढेको सो सभालाई टोली प्रमुख अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा र सहायक प्रमुख जातीय समता समाजका केन्द्रीय अध्यक्ष राजेश वि.क. ले सम्बोधन गर्नु भएको थियो । राजमो धनकुटाका अध्यक्ष ऐराखमान लिम्बूले धन्यवाद मन्तव्य राख्नु भएको सो सभामा स्वागत मन्तव्य राजमो धनकुटाकी कोषाध्यक्ष कोपिला शङ्करले राख्नु भएको थियो । धनकुटाको कार्यक्रम सकेर टोली आज नै धरानतर्फ झरेको छ । टोलीले भोलि सुनसरीको पा“चकन्यामा कार्यक्रम गर्ने टोली नेता रामबहादुर बुढाले बताउनु भयो ।
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal