rajamo
। । । । । । । । ताजा सामाचार
घोषणा पत्र / विधान

राष्ट्रिय जनमोर्चाको
चुनावी घोषणा पत्र २०७०

राष्ट्रिय जनमोर्चाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई जिताउन अपिल
    राष्ट्रिय जनमोर्चाले गणतन्त्रलाई संस्थागत गरौ“, राष्ट्रियताको रक्षा गरौ“, सङ्घीयताको विरोध गरौ“ नाराहरूका साथ संविधान सभाको चुनावमा भाग लि“दैछ ।
    देशमा गणतन्त्रको स्थापना भएको भए पनि त्यो समाप्त हुने गम्भीर खतरा छ । त्यसकारण गणतन्त्रलाई संस्थागत गर्नु ऐतिहासिक महत्वको कार्य बनेको छ । संविधान सभाद्वारा लोकतान्त्रिक संविधानको निर्माण गरेर नै त्यो कार्य पूरा हुन सक्नेछ । राष्ट्रियताका अगाडि पनि गम्भीर खतरा उत्पन्न भएको छ । ठूलो सङ्ख्यामा विदेशीहरू नेपालका नागरिक बनेर देशमा नेपालीहरूको भन्दा विदेशीहरूको वहुमत बन्ने र देश फिजी बन्ने खतरा बढ्दैछ । देश सिक्किम बन्ने खतरा पनि गम्भीर बनेको छ । त्यो अवस्थामा राष्ट्रियताको रक्षामा विशेष जोड दिनु राष्ट्रिय आवश्यकता भएको छ ।
    सङ्घीयताका कारणले देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थिति उत्पन्न हु“दैछ । सङ्घीयतासित जोडिएर आएका जातीय राज्य, आत्मनिर्णयको अधिकार, पृथक बन्ने अधिकार सहितको आत्मनिर्णयको अधिकार, वहुराष्ट्रवाद, जातीय अग्राधिकार समेतका कारणले स्थिति अरू गम्भीर बनेको छ । त्यस प्रकारको पृष्ठभूमिमा हाम्रो पार्टीले एकातिर, सामन्ती र केन्द्रीकृत एकात्मक प्रणाली र अर्कातिर, सङ्घीयताको विरोध गर्दै प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणालीको स्थापनामा जोड दिन्छ ।
    अर्थतन्त्रमा विदेशी शक्तिहरूको बढ्दो प्रभाव, उच्च राजनैतिक स्तरमा बढेको व्यापक भ्रष्टाचार, राष्ट्रिय सम्पत्तिको दलगत स्वार्थका लागि दुरुपयोग र प्रशासन यन्त्रको भ्रष्ट तथा नोकरशाही स्वरूप समेतका कारणले सम्पूर्ण राष्ट्रिय अर्थतन्त्र, कृषि, विकास कार्यहरू अवरुद्ध भएका छन् र त्यसले गर्दा जनताका सबै समुदायहरूको जीवन झन्पछि झन् कष्टप्रदः बन्दै गएको छ ।
    यो आम रूपमा थाहा भएको कुरा हो कि देशको सम्पूर्ण राजनीति र गत कालका विभिन्न संसदहरू र संविधान सभामा पनि राष्ट्रिय जनमोर्चा र त्यसका सांसद वा सभासदहरूले अत्यन्त इमान्दारिता र दृढतापूर्वक आफ्ना घोषित नीतिहरूका पक्षमा अडान लि“दै र सङ्घर्ष गर्दै आएका छन् । त्यस सिलसिलामा राष्ट्रिय जनमोर्चाका सांसदहरूको अत्यन्त उज्ज्वल भूमिका रहेको कुरा देशव्यापी रूपमा नै थाहा भएको कुरा हो ।
    राजमोको त्यस प्रकारको उज्ज्वल र गौरवपूर्ण इतिहासका कारणले त्यसका उम्मेदवारहरू ठूलो सङ्ख्यामा संविधान सभामा पुगेपछि नै उनीहरू सशक्त भूमिका खेल्न सक्ने कुरा प्रष्ट छ । त्यसैले लोकतान्त्रिक संविधानको निर्माण सुनिश्चित गर्न, गणतन्त्रलाई संस्थागत गर्न, राष्ट्रियताको रक्षा गर्न, जातीय र क्षेत्रीय विग्रह वा राष्ट्रिय विग्रहको स्थिति उत्पन्न हुने प्रकारको सङ्घीयतावादी, जातिवादी वा क्षेत्रीयतावादी संविधानको निर्माण हुन नदिन तथा जनताका प्रगतिशील र न्यायपूर्ण मागहरू पूरा गर्न समेत ठोस भूमिका खेल्न हामीले राष्ट्रिय जनमोर्चाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूलाई आफ्नो अमूल्य मत दिएर ठूलो सङ्ख्यामा जिताउन सम्पूर्ण जनतासित अपिल गर्दछौ“ ।

चित्रबहादुर के.सी.
अध्यक्ष, राष्ट्रिय जनमोर्चा

पूरा घोषणपत्र PDF (पीडीएफ) मा

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal