Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
ज्योतिनगर ३ (ख), कपन, काठमाडौं 

वक्तव्य
आज बागलुङको हुग्दीशिरमा राष्ट्रिय जनमोर्चाको चुनाव प्रचारको सिलसिलामा पूर्व सभासद, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष तथा समानुपातिक उम्मेदवार का. मीना पुनको नेतृत्वमा भैरहेको घरदैलो कार्यक्रममा एनेकपा (माओवादी) द्वारा ढुङ्गामुढा तथा लाठी, खुकुरी सहित आएका २०२५ जना हुलको आक्रमणबाट राजमोका कैयौँ कार्यकर्ताहरू गम्भीर रूपमा घाइते भएका छन् । उनीहरूमध्ये मीना पुनको शिरमा गम्भीर चोट लागेको छ । रेमबहादुरको हातमा खुकुरीबाट गम्भीर चोट लागेको छ र त्यो झुण्डिएको छ । उहाँहरू वाहेक अन्य साथीहरू लीलबहादुर थापा, मिनबहादुर पुन, इन्द्र पुन, मोहन पुन, खडकबहादुर वस्याल समेत घाइते हुनु हुन्छ । त्यो कार्यक्रम बागलुङ २ का एमाओवादी उम्मेदवार लीला थापाको निर्देशनमा उनका छोरा प्रदिप थापा, मदन पुन, फटिक पुन लगायतका अन्य गुण्डाहरूको सहभागितामा गरिएको थियो ।
    एमाओवादीद्वारा गरिएको त्यस प्रकारको आक्रमणको राष्ट्रिय जनमोर्चाले तीव्र शब्दमा भत्र्सना गर्दछ । उनीहरूको त्यो कारवाही संविधान सभाको चुनावको आचार संहिताको गम्भीर उल्लङ्घन हो । त्यसका साथै त्यस प्रकारको व्यवहारले उनीहरूको सामाजिक फासिवादी प्रकारको प्रवृतिलाई पनि बताउँछ । उनीहरूको त्यस प्रकारको कार्यप्रणालीबाट बागलुङमा संविधान सभाको चुनाव शान्तिपूर्ण तरिकाले सम्पन्न हुने कुरामा आशङ्का उत्पन्न भएको छ । एमाओवादीद्वारा गरिएको त्यस प्रकारको हिंसात्मक कारवाही र आचार संहिताको उल्लङ्घनप्रति जिल्ला प्रशासन र प्रहरीले आवश्यक कारवाही गर्नुको सट्टा एमाओवादीको नै पक्ष लिएको देखिन्छ । वास्तवमा जिल्ला प्रशासन र प्रहरीको वलमा नै एमाओवादीहरूलाई त्यस प्रकारका कारवाहीहरूका लागि वल पुगिरहेको छ ।
    यहाँ उल्लेखनीय छ कि बागलुङ, क्षेत्र नम्बर २ का उम्मेदवार लीला थापाले जिल्लाव्यापी रूपमा पैसा र विभिन्न प्रकारका सामान वितरण गर्ने काम गरिरहेका छन् । त्यही सिलसिलामा हिजो उनले पैयुँथन्थाप १ स्थित सिद्ध प्रा.वि. मा कम्प्युटरहरू वितरण गर्न खोज्दा स्थानीय जनताले त्यो कार्य आचार संहिताको विरुद्ध भएकाले त्यो कार्यको विरोध गर्दै ती कम्प्युटरहरू स्थानीय प्रशासनमा बुझाइदिएका थिए । त्यो समाचारलाई गलत प्रकारले प्रस्तुत गर्दै राजमोका कार्यकर्ताहरूले उनीहरूका कार्यकर्ताहरूको अपहरण गरेको समाचार प्रचारित गरेका थिए र कतिपय समाचार माध्यमहरूले पनि त्यस प्रकारको निराधार समाचार प्रसारित गरेका थिए । उनीहरूको आचार संहिताको उल्लङ्घनको कारवाही आज हुग्दीशिरमा राजमोका कार्यकर्ताहरूमाथि खुला आक्रमणका रूपमा देखापयो । उनीहरूले आचार संहिताको शृङ्खलावद्ध प्रकारले नै उल्लङ्घन गरिरहेका कारवाहीहरूप्रति जिल्ला निर्वाचन आयोगले आवश्यक कारवाही गर्न नसकेको र तिनीहरूलाई नियन्त्रण समेत गर्न नसकेकोमा हाम्रो पार्टीले गम्भीर दुःख प्रकट गर्दछ ।
    हामीले जिल्ला प्रशासनसित घाइतेहरूलाई तुरुन्त काठमाडौँ ल्याएर आवश्यक उपचारको व्यवस्था गर्न माग गरिरहेका छौँ । तर त्यो कार्य अहिलेसम्म हुन सकेको छैन । त्यसकारण घाइतेहरूलाई शीघ्र हेलिकोप्टरद्वारा काठमाडौँ ल्याएर उपचारको व्यवस्था गर्न हामीले स्थानीय प्रशासन र केन्द्र सरकार समेतसित माग गर्दछौँ । त्यसका साथै हाम्रो पार्टीले घटनाको तत्काल छानबिन गरी दोषीहरूलाई अपराध अनुसार सजाय गर्नका लागि पनि केन्द्रीय निर्वाचन आयोग र सरकारसित समेत माग गर्दछ ।

मिति ः २०७० कार्तिक २९
            
रश्मिराज नेपाली
वरिष्ठ उपाध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
श्रद्धाञ्जली सभा सम्पन्नमिति ः २०२६, पौष १७, विहीवार राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति ः २०२६, पौष १७, विहीवार सम्मेलनका निर्णयहरु सार्वजनिकमिति ः २०२६, पौष १७, विहीवार राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.मिति ः २०२६, पौष १७, विहीवार नेकपा (मसाल) को शुभकामनामिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal