Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
ज्योतिनगर ३ (ख), कपन, काठमाडौं 

वक्तव्य
यही कार्तिक २९ गते बागलुङ जिल्ला निर्वाचन क्ष्ँेत्र नम्बर २ को हुग्दीशिरमा एमाओवादीद्वारा निवर्तमान सभासद एवं राष्ट्रिय जनमोर्चाकी संविधधान सभाकी सभानुपातिक उम्मेदवार क. मीना पुन समेतमाथि गरिएको वर्वर आक्रमणको तीव्र शब्दमा भत्र्सना गर्दै दोषीहरूमाथि तुरुन्त कारवाही गर्नका लागि हाम्रो पार्टीले माग गर्दछ
हिजो कार्तिक २९ गते हुग्दीशिरमा क. मीना पुनको नेतृत्वमा हाम्रा कार्यकर्ताहरूले चुनाव प्रचारका लागि घरदैलो कार्यक्रम गरिरहेका बेलामा एमाओवादीका कार्यकर्ताहरूले ढुङ्गा बर्साउने काम गरे । त्यसका साथै उनीहरूले लाठी, खुकुरी समेत ल्याएर हाम्रा कार्यकर्ताहरूमाथि आक्रमण गर्ने काम गरे । त्यो हिंसात्मक आक्रमणबाट क. मीना पुनको टाउकोमा चोट लागी बेहोस हुनु भयो भने क. रेमबहादुर थापा र मिनबहादुर पुनको खुकुरी प्रहारले हात चुडिने अवस्थामा पुगेको छ । त्यो वाहेक लिलबहादुर थापा, इन्द्र पुन, मोहन पुन, खडकबहादुर वस्यालहरू पनि गम्भीर रूपले घाइते हुनु भएको छ ।
    उक्त घटना त्यही गाउँमा घर भएका बागलुङ, निर्वाचन क्ष्ँेत्र नम्बर २ का एमाओवादी उम्मेदवार लीलाबहादुर थापाको निर्देशनमा र उनका छोरा प्रदिप थापाको नेतृत्वमा भएको थियो । उक्त घटनापछि हामीले सरकारका उच्च स्तरीय निकायसित सम्पर्क गरेर विरामीहरूलाई तुरुन्तै हेलिकोप्टरद्वारा काठमाडौँ लगी उपचार गर्नका लागि माग गरेका थियौँ । तर आज बिहान १५ घण्टापछि मात्र घाइतेहरूलाई हेलिकोप्टरद्वारा पोखरा ल्याइयो । हामीले कैयौँ आग्रह गर्दा पनि उनीहरूलाई हेलिकोप्टरद्वारा काठमाडौँ ल्याउने व्यवस्था गरिएन । त्यो स्थितिमा हामीले आफ्नै खर्च जुटाई उहाँहरूलाई हवाइजहाजद्वारा काठमाडौँ ल्याउने व्यवस्था गर्नु परेको छ ।
घाइतेहरूलाई हेलिकोप्टरद्वारा काठमाडौँसम्म ल्याउनका लागि सरकारले उपेक्षा गरेकोमा हामीले गम्भीर चिन्ता र क्ष्ँोभ प्रकट गर्दछौँ । उनीहरूको समुचित उपचारको व्यवस्था गर्ने जिम्मेवारी पनि सरकारको नै हुन्छ । तर त्यसबारे पनि सरकारले हामीलाई कुनै आश्वासन दिएको वा व्यवस्था गरेको छैन । उनीहरूले घाइतेहरूलाई हेलिकोप्टरद्वारा काठमाडौँ ल्याउनसम्म व्यवस्था नगरेको कुराबाट घाइतेहरूको उपचारबारे पनि उनीहरूले पूरै ध्यान दिनेछन् भन्ने कुरामा विश्वास गर्न मुश्किल पर्दछ । त्यो अवस्थामा हामीले बागलुङको घटनामा घाइते भएका राजमोका कार्यकर्ताहरूको उपचारमा पूरा ध्यान दिनका लागि सरकारसित माग गर्दछौँ । त्यसका साथै उक्त घटनामा जिम्मेवार व्यक्तिहरूलाई पनि तुरुन्त गिरफ्तार गरी आवश्यक छानविन र कारवाही गर्नका लागि माग गर्दछौँ ।
बागलुङ जिल्लामा एमाओवादीका तर्फबाट व्यापक रूपमा आचार संहिताको उल्लङ्घन, पैसा र अन्य भौतिक सामाग्रीहरूको वितरणका कार्यहरू भैरहेका छन् । तर जिल्ला प्रशासन वा जिल्ला निर्वाचन आयोगले त्यसप्रति ध्यान दिएको पाइँदैन । हिजोको हुग्दीशिरको घटनाको विषयमा पनि प्रशासन वा प्रहरीले अहिलेसम्म कुनै कारवाही गरेको छैन । त्यसबाट जिल्ला प्रशासन वा प्रहरी पूरै एमाओवादीसित मिलेको र उनीहरूको आडमा नै एमाओवादीले जिल्लाव्यापी रूपमा आचार संहिताको उल्लङ्घन गरिरहेको कुरामा कुनै शङ्का रहन्न । त्यस प्रकारको पृष्ठभूमिमा नै हुग्दीशिरको हिजोको घटना पनि भएको छ ।
हाम्रो पार्टीले हिजोको एमाओवादीद्वारा हुग्दीशिरमा भएको घटनाका सम्बन्धमा घाइतेहरूको पूरा उपचार र दोषीहरूलाई सजाय दिनका लागि तुरुन्त कदम उठाउन जोडदार माग गर्नुका साथै एमाओवादीद्वारा जिल्लाव्यापी रूपमा आचार संहिताको उल्लङ्घन र हिंसात्मक कारवाहीहरूबारे छानबिन र आवश्यक कारवाही गर्नका लागि पनि केन्द्रीय निर्वाचन आयोग र सरकारसित समेत माग गर्दछ ।
अहिलेसम्म सरकारले घाइतेहरूको उपचारका लागि कुनै वास्ता नगरेकाले उहाँहरूको औषधि उपचारका लागि जन स्तरमा अपिल गर्नु वाहेक हामीसित अन्य कुनै विकल्प बाँकी रहेको छैन । त्यसका लागि बढीभन्दा बढी सहयोग गर्नका लागि हामीले जनतासित अपिल गर्दछौँ ।

मिति ः २०७० मंसिर १

चित्रबहादुर के.सी.
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
श्रद्धाञ्जली सभा सम्पन्नमिति ः २०२६, पौष १७, विहीवार राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति ः २०२६, पौष १७, विहीवार सम्मेलनका निर्णयहरु सार्वजनिकमिति ः २०२६, पौष १७, विहीवार राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.मिति ः २०२६, पौष १७, विहीवार नेकपा (मसाल) को शुभकामनामिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal