Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
वक्तब्यहरु

२०७० मंसिर २ गते काठमाडौँमा राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष का. रश्मिराज नेपालीद्वारा प्रस्तुत

वक्तव्य

आदरणीय पत्रकार वन्धु र सहभागी मित्रहरू
सर्वप्रथम हामीले यो पत्रकार सम्मेलनमा उपस्थित पत्रकार र अन्य सहभागी मित्रहरूलाई राष्ट्रिय जनमोर्चाको तर्फबाट अभिवादन गर्न चाहान्छौँ ।
आज, एकातिर, सम्पूर्ण देश चुनावको मुखमा उभिएको छ भने, अर्कातिर, चुनावलाई सफल पार्न सम्पूर्ण रूपले लागिरहेको हाम्रो पार्टीका कतिपय साथीहरू संविधान सभाको चुनावमा सहभागी रहेको एउटा प्रमुख सङ्गठन नेकपा (एमाओवादी) को साङ्घातिक हिंसात्मक आक्रमणको शिकार भएर काठमाडौँका विभिन्न अस्पतालहरूमा सिकिस्त अवस्थामा हुनु हुन्छ । त्यो गम्भीर प्रकारको पीडा र दुःखको अवस्थामा हामीले यो पत्रकार सम्मेलनको आयोजना गरिरहेका छौँ । त्यसका साथै हामीलाई त्यसका लागि पनि गम्भीर दुःख र क्षोभ छ कि हाम्रा त्यसरी गम्भीर घाइते भएका साथीहरूलाई बागलुङको घटना स्थलबाट पोखरासम्म ल्याउने व्यवस्था गरिए पनि उनीहरूलाई काठमाडौँमा ल्याउन हेलिकोप्टरको व्यवस्था गरिएन र अहिलेसम्म उनीहरूको उपचारका लागि सरकारले विरामीसित सम्पर्क समेत गरेको छैन ।
गत कार्तिक २९ गते बागलुङको निर्वाचन क्ष्ँेत्र नम्बर २ का हुग्दीशिरमा चुनाव प्रचारका लागि घरदैलोको कार्यक्रम गरिरहेका बेलामा एमाओवादीका कार्यकर्ताहरूले अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष, निवर्तमान सभासद र राजमोकी समानुपातिक उम्मेदवार का. मीना पुनलाई बागलुङको २ नम्बर क्ष्ँेत्रका उम्मेदवार लीलाबहादुर थापा मगरका छोरा प्रदिप थापा मगरको नेतृत्वमा लाठी र खुकुरी समेतलिएर आएको एउटा हुलले हिंसात्मक आक्रमण गरेको थियो । आक्रमणबाट का. मीना पुनको टाउकोमा चोट लागी बेहोश हुनु भएको थियो भने राजमोका स्थानीय कार्यकर्ता रेमबहादुर थापा गम्भीर घाइते हुनु भएको छ । खुकुरीको प्रहारबाट रेमबहादुर थापाको हात काटिएको छ । त्यो चोटबाट उहाँहरू जीवनभरका लागि अङ्गभङ्ग हुने अवस्था उत्पन्न भएको छ । त्यो कार्यक्रममा दर्शकका रूपमा उपस्थित हुग्दीशिर बरेङ स्वास्थ्य चौकीमा कार्यरत नेपाल सरकारका कर्मचारी मिनबहादुर पुनको पनि खुकुरीको प्रहारबाट हातमा गम्भीर चोट लागेको छ ।
त्यो घटना दिउसो ३ बजेतिर घटेको थियो । तैपनि प्रशासनले तुरुन्त घाइतेहरूलाई उद्धार गर्ने काम गरेन । राष्ट्रिय जनमोर्चाको केन्द्रबाट जिल्ला प्रशासन र केन्द्रमा समेत धेरै अनुरोध गरेपछि साँझ परेपछि मात्र त्यहाँ हेलिकोप्टर पठाइयो । तर अध्यारो भएको भनेर हेलिकोप्टर त्यसै फर्कियो । हिजो बिहान मात्र घाइतेहरूलाई पोखरा ल्याउने काम गरियो । तर हामीले धेरै जोड, अनुरोध गर्दा पनि उनीहरूलाई काठमाडौँ ल्याउन कुनै हेलिकोप्टरको व्यवस्था गरिएन । त्यसपछि हामीले आफै व्यवस्था गरेर घाइतेहरूलाई काठमाडौँ ल्याउने व्यवस्था गर्नु पयो । अहिले का. मीना पुनको काठमाडौँ बासवारीको न्यूरो अस्पतालमा तथा रेमबहादुर र मिनबहादुरको ललितपुरको बी एण्ड बी अस्पतालमा उपचार भैरहेको छ । यसका लागि हामीलाई गम्भीर दुःख र क्ष्ँोभ छ कि उहाँहरूको उपचारका लागि अहिलेसम्म सरकारले कुनै व्यवस्था गरेको छैन वा व्यवस्था गर्ने कुनै आश्वासन पनि दिएको छैन ।
अहिले निर्वाचन आयोगले निर्वाचनसित सम्बन्धित सबै प्रचार कार्य वा सभा, प्रदर्शनहरूमाथि रोक लगाएकाले त्यो घटनासित सम्बन्धित राजनैतिक पक्षको व्याख्या गर्नेतिर हामी लाग्दैनौँ । त्यसै गरेर तत्कालका लागि हामीले त्यो आक्रमणको कारवाहीका विरुद्ध कुनै विरोध कार्यक्रमहरूका आयोजना गर्ने पनि निर्णय गरेका छैनौँ । त्यस प्रकारका कार्यक्रमहरू आवश्यकता अनुसार चुनावपछि नै निश्चित गर्नेछौँ । तत्काल खालि घटनाको सर्सरी विवरण दिनेसम्म मात्र हामी सीमित रहेका छौँ । तत्काल हामीले सरकारसित निम्न विषयहरूमा तुरुन्त ध्यान दिन माग गर्दछौँ ः
१. काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका घाइतेहरूको उपचारसम्बन्धी सम्पूर्ण खर्चको व्यवस्था सरकार वा निर्वाचन आयोगले गर्नु पर्दछ ।
२. घाइतेहरूलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गरिनु पर्दछ ।
३. उक्त प्रहारका कारणले घाइतेहरूको कुनै पनि प्रकारले अङ्गभङ्ग भएमा उनीहरूका लागि वा उनीहरूका आश्रित परिवारका लागि आवश्यक भरणपोषणको व्यवस्था गरिनु पर्दछ ।
४. उक्त घटनाका लागि जिम्मेवार व्यक्तिहरूमाथि कानुन अनुसार कारवाहीका लागि तुरुन्त आवश्यक कदम उठाइनु पर्दछ ।
हाम्रा उपरोक्त न्यायपूर्ण मागहरूलाई समर्थन गर्न वा उपरोक्र मागहरू पूरा गराउन सरकार र निर्वाचन आयोग समेतमाथि जनदबाव सिर्जना गर्न हामीले सञ्चार माध्यम र आम जनतासित अनुरोध गर्दछौँ ।
निर्वाचनको पर्यवेक्षण गर्नका लागि देशभित्रबाट र विदेशबाट पनि ठूलो सङ्ख्यामा पर्यवेक्षकहरू आएका छन् । हामीले उनीहरूको ध्यान बागलुङको हुग्दीशिरमा भएको चरम प्रकारका अपराधिक घटनाप्रति पनि आकर्षित गर्न चाहान्छौँ ।
चुनावको मुखमा आएर सार्वजनिक यातायातका साधनहरूमाथि राजधानी र देशका विभिन्न भागहरूमा भएका वम आक्रमण र वालवालिकाहरू सहित कैयौँ यात्रुहरू गम्भीर रूपमा घाइते भएका घटनाहरूप्रति पनि हाम्रो पार्टीका गम्भीर ध्यान गएको छ । त्यस प्रकारका कारवाहीहरूका लागि को जिम्मेवार छ ? वा उनीहरूको कुनै राजनैतिक टिकाटिप्पणी गर्नेतिर नलागिकन हाम्रो पार्टीले त्यस प्रकारका सबै घटनाहरूमाथि नियन्त्रणगर्न, निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सामना गर्न प्रभावहाली व्यवस्था गर्न निर्वाचन आयोगर सरकारक समेतको गम्भीर ध्यान आकर्षित गर्न चाहान्छौँ । त्यसका साथै निर्वाचनलाई सफल पार्न वातावरण तयार पार्न पूरा सहयोगका लागि सहयोग गर्न जनतासित पनि अपिल गर्दछौँ ।
धन्यवाद ।

फर्कनुहोस्

अन्य समाचार
श्रद्धाञ्जली सभा सम्पन्नमिति ः २०२६, पौष १७, विहीवार राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति ः २०२६, पौष १७, विहीवार सम्मेलनका निर्णयहरु सार्वजनिकमिति ः २०२६, पौष १७, विहीवार राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.मिति ः २०२६, पौष १७, विहीवार नेकपा (मसाल) को शुभकामनामिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal