Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
समाचार
राजमोका सङ्गठनात्मक गतिविधि तीव्र
रूपन्देही । राष्ट्रिय जनमोर्चा बोधवारे गाउ २०७२ माघ १२ गते सम्पन्न भएको छ ।
राजमो रूपन्देहीका अध्यक्ष वद्रे आलमको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा राजमो जिल्ला सदस्य हेमन्त दास कुर्मीले शुभकामना दिनु भएको थियो । इन्दल केवटको अध्यक्षतामा सम्पन्न उक्त भेलाको सञ्चालन शेर बहादुर आचार्यले गर्नु भएको थियो । भेलाले मुराली हरिजनको अध्यक्षतामा गाउ समिति चयन गरेको थियो । त्यसै दिन सम्पन्न एरिया नं. १ को भेलाले इन्दल केवटको अध्यक्षतामा ९ सदस्यीय क्षेत्रीय समिति चयन गरेको छ ।
२०७२ माघ १६ गते सिद्धार्थनगरको भेला भैरहवामा सम्पन्न भएको छ । नगर अध्यक्ष हेमन्तदास कुर्मीको अध्यक्षतामा सम्पन्न भेलाले नेत्र प्रसाद आचार्यको अध्यक्षतामा नगर समिति चयन गरेको छ । जसको सचिवमा तारा ढुङ्गाना, सहसचिव भानु के.सी. र कोषाध्यक्षमा भिम सुवेदी रहनु भएको छ भने सदस्यमा मन्नान मुसलमान, नरेन्द्र बहादुर कुर्मी, रफिम मुसलमान, सिद्धिक भाट, राम कुमार वि.क. रहनु भएको छ । सदस्यको एक स्थान रिक्त राखिएको छ ।
राजमोका पूर्व केन्द्रीय सदस्य चन्द्र बहादुर के.सी. को प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा राजमो रूपन्देही जिल्ला अध्यक्ष बद्रे आलाम, सचिव दिपक पौडेल, प्रशिक्षक दुर्गानाथ खरेल, महिला सङ्घकी भानु के.सी. ले शुभकामना मन्तव्य राख्नु भएको थियो । भेलाको सञ्चालन नेत्र प्रसाद आचार्य र स्वागत मन्तव्य तारा ढुङ्गानाले गर्नु भएको थियो । त्यस्तै, राजमो गजेडी गँउ समितिको भेला २०७२ माघ २० गते सम्पन्न भएको छ । खड्क जिसीकोे अध्यक्षतामा चलेको भेलालाई राजमो जिल्ला सचिव दिपक पौडेल, राजमो जिल्ला सल्लाहाकार कपिल पौडेल, युवक सङ्घका जिल्ला अध्यक्ष गोपाल बञ्जाडेले शुभकामना दिनु भएको थियो । भेलाको सञ्चालन देवेन्द्र बस्यालले गर्नु भएको थियो भने स्वागत तुलसी शर्माले गर्नु भएको थियो ।
२०७२ माघ २० गते राजमो बुटवल उपमहानगर वार्ड नं. १५ को भेला पिताम्बर आर्चाको अध्यक्षतामा सम्पन्न भयो । भेलाले गोविन्द खनालको अध्यक्षतामा ११ सदस्यीय वार्ड समिति चयन गरेको थियो । महासचिव सन्त बहादुर नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा राजमो जिल्ला सचिव दीपक पौडेल, युवक सङ्घका जिल्ला अध्यक्ष गोपाल बन्जाडेले भेलाको शुभकामना दिनु भएको थियो । भेलाको सञ्चालन उमलाल बन्जाडेले गर्नु भएको थियो । यसै गरी वार्ड नं. ४ को भेला राजमो जिल्ला सचिव दिपक पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले कृष्ण प्रसाद पोख्रेलको अध्यक्षतामा ११ सदस्य वार्ड सदस्यीय समिति गठन गरेको  छ ।
भेलामा युवक सङ्घका जिल्ला अध्यक्ष गोपाल बन्जाडेले शुभकामना मन्तव्य राख्नु भएको थियो । भेलाले राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सफल पार्न आफ्नो क्षेत्रहरूमा व्यापक रूपमा पोस्टरिङ, पर्चा, सदस्यता वितारण एंव संगठन विस्तारलाई तिव्र बनाउने निर्णय गरेको छ ।
फर्कनुहोस्

अन्य समाचार
श्रद्धाञ्जली सभा सम्पन्नमिति ः २०२६, पौष १७, विहीवार राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति ः २०२६, पौष १७, विहीवार सम्मेलनका निर्णयहरु सार्वजनिकमिति ः २०२६, पौष १७, विहीवार राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.मिति ः २०२६, पौष १७, विहीवार नेकपा (मसाल) को शुभकामनामिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal