Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
अन्तर्वाता / लेख
राष्ट्रियताको पक्षमा ऐक्यबद्धता प्रमुख कुरा हो
अमर थापा, अध्यक्ष, राष्ट्रिय जनमोर्चा, बागलुङ
० देशको वर्तमान जटिल अवस्थामा यहाको पार्टीले सम्मेलन गर्दै छ । बागलुङ जिल्ला सम्मेलनको तयारी के कसरी अगाडि बढेको छ ?
अहिले देशमा जुन प्रकारको परिस्थितिको सृजना भएको छ, यो अत्यन्त कष्ठकर अवस्थाको छ । संविधान सभाबाट संविधान जारी भएपछि राष्ट्रलाई अब समृद्धितर्फ अगाडि बढाउनु पर्ने हो, त्यसो हुन सकेको छैन । विशेष गरेर संविधान निर्माण भएसगै मधेसवादी दलहरूको सीमित महवाकाङ्क्षाका साथ मधेस र भारतको नाका क्षेत्रमा आन्दोलन बढाइरहेका थिए । त्यसले गर्दा नेपाली जनताले निकै कष्टकर जीवन बिताउन बाध्य छन् ।
नेपाली जनताको छ दशकभन्दा लामो सङ्घर्षबाट सार्वभौम सत्ता सम्पन्न नेपाली जनताले चुनेका प्रतिनिधि मार्फत् नया संविधान निर्माण भयो । तर त्यो भारतीय विस्तारवादको स्वार्थ अनुकूल नभएपछि मधेसवादी दल, जसले भारतको गुलामी गरेर राजनीति गरेका छन्, उनीहरूलाई प्रयोग गरेर नेपाल विखण्डन गर्न वा नेपालमा अस्थिरता कायम गरी अराजकताको स्थिति सृजना गर्न भारत लागि परेको छ ।
यसरी हेर्दा देश गम्भीर अवस्थामा भए पनि हाम्रो पार्टीको बागलुङ जिल्ला सम्मेलन आगामी फागुन १ र २ गते बुर्तिवाङ बजारमा गर्दै छौ । एकातिर, भारतीय विस्तारवादको नाकाबन्दी सामना गर्नु परिरहेको र अर्कातर्फ वैशाख १२ को भूकम्पले नेपाली जनतालाई दिएको पीडाका बावजुद हामी सम्मेलनतर्फ लागेका छौ । पार्टीको विधान अनुसार जिल्ला समितिको सम्मेलन प्रत्येक ३३ वर्ष हुनु पर्दछ । तर हामी १ वर्ष ढिला गरेर सम्मेलन गर्दै छौ । एउटा गतिशील राजनीतिक दलले नै देशको राजनीतिक समस्याको समाधानका लागि महवपूर्ण भूमिका खेल्ने भएकाले नै अहिलेको जटिल अवस्थामा हुन लागिरहेको सम्मेलनले वर्तमान सङ्कट समाधानका लागि जनता र कार्यकर्तासग गम्भीर छलफल गरेर अगाडि बढ्न महवपूर्ण भूमिका खेल्ने छ ।
० जिल्लाको पश्चिमी क्षेत्रमा सम्मेलन गर्दै हुदै रहेछ । अब जिल्लाव्यापी रूपबाट के कति प्रतिनिधि, पर्यवेक्षक सहभागी रहलान् ? तपाईहरूको कार्यक्रमको स्वरूपको कस्तो हुन्छ ?
यो पाचौ जिल्ला सम्मेलन हो । यसभन्दा अगाडिका सम्मेलन हामीले सदरमुकाममा गरेका थियौ । अहिले कार्यकर्ताको माग र पश्चिमी क्षेत्रको आवश्यकतालाई मध्येनजर गरेर बुर्तिवाङमा गर्न गइ रहेका छौ । सम्मेलन दशौ हजार जनसमुदायका बीचमा खुल्ला मैदानमा राष्ट्रिय जनमोर्चा अध्यक्ष तथा माननीय उपप्रधान एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्र बहादुर के.सी. ले उद्घाटन गर्नु हुने छ । दर्शक कहाबाट कति कसरी सहभागी गराउने भन्नेबारेमा हामीले निर्णय गरी कार्यान्वयनमा लागि सकेका छौ । सदस्यता वितरण गर्ने काम पुस मसान्तसम्म सम्पन्न भएको छ भने गाउ र एरिया तहका सम्मेलन समेत सम्पन्न भइ सकेका छन् । अब हाम्रो बाकी समय सबै सम्मेलनको तयारीमा मात्र केन्द्रित गर्दै छौ ।  सम्मेलनमा ५०० जना प्रतिनिधि तथा पर्यवेक्षकले बन्द सत्रमा सहभागिता जनाउने छन भने अतिथिको व्यवस्था, आवास व्यवस्थापनसगै मेसको व्यवस्थापनमा साथीहरू लागिरहनु भएको छ ।  
० अहिले तपाईको पार्टी इतिहासमै पहिलो पटक सरकारमा सहभागी भएको छ । सरकारमा सहभागी हुनु नै पर्ने बाध्यता के भयो ?
देशमा नया संविधानको निर्माणपछि राष्ट्रिय सङ्कटको परिस्थितिको निर्माण भयो । राष्ट्रियता अत्यन्त कमजोर भएर गयो । भारतीय विस्तारवादी हस्तक्षेप बढेर गयो र भारतले अन्तर्राष्ट्रिय नियम र कानुनको समेत उलङ्घन गरेर नाकाबन्दी गयो । संविधानमा भएका सकरात्मक उपलब्धिहरू समेत गुम्ने खतरा देखा पयो । यो स्थितिमा संविधानमा भएका सकारात्मक विषयलाई कार्यान्यवयन गर्नका लागि, राष्ट्रिय स्वाधीनताको रक्षाका लागि हाम्रो पार्टी सरकारमा सामेल भएको हो । अर्कोतर्फ, राष्ट्रिय जनमोर्चा सरकारमा जादैन भन्ने जुन भ्रम उत्पन्न गरिएको थियो, त्यो भ्रमको पनि सफाइ भएको छ सरकारमा सामेल भएर । सरकारमा सहभागी हुनुलाई हामीले उपलब्धिका रूपमा पनि बुझ्नु पर्दछ । देशमा सङ्कटका बेला बाहिर बसेर भन्दा सरकारमा रहेर बढी काम गर्न सकिने निष्कर्षका साथ हामी सरकारमा सहभागी भएका हौ ।
० सरकारमा सहभागी भएर जनतालाई के दिनु भयो ?
मुख्य गरी हामीले जनतालाई केही दिनुभन्दा पनि राष्ट्रियताको पक्षमा ऐक्यबद्धता प्रमुख कुरा हो भन्ने मलाई लाग्छ । राष्ट्रियतामाथिको खतरालाई साझा प्रकारले आवाज उठाउने बैधानिक फोरममा हामी सहभागी भयौ । यो नै पहिलो उपलब्धि भनौ । अर्कोतर्फ। अहिले हामीले जुन मन्त्रालय सम्हालेका छौ, सहकारी तथा गरिबी निवारण मन्त्रालय, यो आफैमा विकासे मन्त्रालय हो भन्ने मलाई लाग्दैन । हामी जनताका न्यूनतम आवश्यकतालाई दीर्घकालीन रूपमा समाधानको नीति बनाउन सक्दछौ । सहकारीको माध्यमबाट गरिबीलाई न्यूनीकरण गर्दै जनतालाई उत्पादनसग जोड्नु पर्दछ भन्ने कम्युनिष्ट विचार नै हो । साना साना पुजीको संयोजनबाट ठूला ठूला काम गरी देशकै विकासमा टेवा पुयाउन पनि सकिन्छ । गरिबीको वास्तविक पहिचान गरी गरिबीको कार्ड वितरण गर्ने र उनीहरूलाई सहुलियतमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउन पहल गर्नु पर्दछ । त्यस्तै नया सहकारी सम्बन्धी ऐन निर्माण गरी देशमा सहकारीको नाममा जसरी ठगी बढेको छ । त्यसलाई नियन्त्रण गर्न र सहकारीलाई जनताको पहुच र हितमा लैजानका लागि नया सहकारी ऐनले महवपूर्ण भूमिका पनि खेल्ने छ ।
० अहिले भारतले गरेका नाकाबन्दीको कारणले देशमा कालोबजारी मौलाएको छ । यसको नियन्त्रणका लागि यहाहरूले के भूमिका खेल्नु भएको छ ?
यो बागलुङ जिल्लाको मात्र समस्या नभएर सिङ्गो देशको समस्या हो । बजारमा व्यापारीहरूको जुन कालोबजारी छ, त्यो चरम रूपले बढेको छ । पछिल्लो समयमा जनताले एउटा सिलिण्डर ग्यास समेत पाउन सकेका छैनन् । पेट्रोल, डिजेल पनि पर्याप्त मात्रा उपलब्ध छैनन् । भएको पनि कालोवजारी गरेर बिक्री गरिएको छ । जनता दाउरामा खाना पकाउन बाध्य छन् । राज्यको ध्यान कालोबजारी नियन्त्रणमा जान सकेको छैन् । हामीले कालोबजारी अन्त्यका लागि सरकार र सरोकारवाला निकायलाई अनुरोध गरिहेका छौ । अर्को समस्या भनेको सन्तुलित आपूर्ति व्यवस्था मिलाउन नसक्नु पनि हो । त्यसमा पनि हामीले ध्यान पुयाउनु पर्दछ ।  
० नेपालमा सङ्घीयताको विरोध गर्ने पार्टी राष्ट्रिय जनमोर्चा हो । यहाहरूको सङ्घीयताका विरूद्धको आन्दोलन निष्क्रिय भए जस्तो देखिन्छ  नि ?
पाटीले नेपालमा सङ्घीय व्यवस्था लागु हुन सक्दैनन् र यो नेपाली जनता र राष्ट्रको आवश्यकता होइन भनेर लगातार सङ्घीयताका विरूद्ध विविध आन्दोलनका कार्यक्रमहरू गर्दै आएको छ । नेपाली जनताको छ दशक लामो सङ्घर्षको परिणाम पहिलो संविधान सभा निर्वाचनको पूर्वाद्र्धमा मधेसवादी दलहरूले सङ्घीयताको नाममा मधेशमा आन्दोलन गरे त्यसको आधारमा नेपालको अन्तरिम संविधान संशोधन गरियो, सङ्घीयता छिराइयो । त्यो बेलादेखि नै हाम्रो पार्टीले सङ्घीयताका विरूद्ध लगातार सङ्घर्ष गर्दै आएको छ । भविष्यमा पनि हामीले सङ्घीयताका विरूद्धमा निरन्तर आन्दोलन सङ्गठित गर्दै अगाडि बढाइ रहने छौ ।
वास्तवमा मधेसमा कायम रहेको जमिन्दारी प्रथालाई राखिरहनका लागि र नेपाललाई विभाजन गर्नको लागि भारतीय विस्तारवादको ग्राइण्ड डिजाइनमा षडयन्त्रपूर्ण तरिकाले भित्राइएको हो सङ्घीयता । नेपाल र नेपाली जनताको समृद्धिको चाहनालाई कुठराघात गरी अन्त्यहीन जातीय द्वन्द्वको बिजारोपणका लागि नेपालमा सङ्घीयता थोपरिएकाले यो गलत छ । अहिले रूपमा हेर्दा आन्दोलन केही कमजोर भए जस्तो देखिए पनि वास्तवमा नया संविधान स्वयम् जातिवाद र क्षेत्रीयतावादबाट टाढा छ । सङ्घीयताका दुष्परिणामहरूका बारेमा जनता सुसुचित भएका छन् । यसर्थ खासमा सङ्घीयताका विरूद्धको आन्दोलन कमजोर होइन, झन् शक्तिशाली हुदै गएको छ । गणतन्त्र र धर्म निरपेक्षता जस्ता नया संविधानका महत्वपूर्ण उपलब्धिहरूलाई गुम्न नदिनका लागि हाम्रो पार्टी सरकारमा सामेल हुदैमा सङ्घीयताका विरूद्धको आन्दोलन कमजोर भयो भन्ने सोचाइ पनि पाइन्छन्, तर त्यो सत्य होइन् । हामी सरकारी मोर्चाबाट पनि सङ्घीयतालाई खारेज गर्नका लागि निरन्तर सङ्घर्षमा छौ ।
० नया संविधानको निर्माणपछि अधिकारविहीन भएको नाममा मधेसमा चलिरहेको आन्दोलनलाई समाधान गर्नका लागि के गर्नु पर्ला ?
अहिले मधेसमा जसरी आन्दोलन चल्यो, त्यो मधेसी जनताको उत्पीडनलाई अन्त गर्नको लागि होइन । त्यो भारतीय विस्तारवादले मधेसका जमिन्दारलाई लगाएर नेपालको संविधानमा भारतको भूमिका खोजेको हो । जनताका लागि गरिने आन्दोलन भएको भए एउटा कुरा हुन्थ्यो । अहिले देशमा हाहाकार छ नाकाबन्दीले । यदि जनताको वास्ता भएका भए मधेशवादीहरूले नाकाबन्दी गर्ने थिएनन् । खासमा अहिले जुन मागहरू राखिएको छ, मधेसवादी दलहरूको तर्फबाट ती पुरा हने माग होइनन् । देशलाई विखण्डन गर्ने, एक मधेस एक प्रदेशको माग देशको राष्ट्रिय हितको पक्षमा हुन सक्दैनन् । वास्तवमा तराई मधेसमा जुन उत्पीडन छ, त्यसको अन्त्य वर्ग सङ्घर्षको लडाइबाट मात्र सम्भव छ । मधेस स्वायत्तताको नाममा चल्ने पृथकतावादी आन्दोलनले मधेसी जनताको अधिकारको ग्यारेण्टी होइन, सिङ्गो देशको राष्ट्रिय स्वाधीनतामा गम्भीर आच पुगेको छ । मधेसको मात्र होइन, सिङ्गो देशको समस्या समाधानका लागि सङ्घीयतालाई खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रीकरणमा आधारित स्थानीय स्वायत्तता सहितको एकात्मक राज्यको पुनः संरचना गरिनु पर्दछ । स्थानीय निकायलाई शक्तिशाली बनाउनु पर्दछ । स्थानीय निकायको निर्वाचन हुनु पर्दछ ।
० बागलुङ जिल्लाको विकास निर्माणमा राष्ट्रिय जनमोर्चाको भूमिका के कस्तो रहदै आएको छ  ?
बागलुङ जिल्लाको विकास निर्माणको हकमा हाम्रो मातहतमा जिविस हुदा हामीले जिल्लामा सडक सञ्जालको विस्तारका लागि योजना बनाएर काम गयौ । त्यसको परिणामस्वरूप आज बागलुङ जिल्लामा सडकको विस्तार राम्रो ढङ्गले भएको छ । अब विस्तारित सडकलाई स्तरोन्नति र सडकको पहुच नप्गेको ठाउहरूमा सडक पुयाउनका लागि हामीले हाम्रो योजना र शक्ति लगाएका छौ । पश्चिममा निसी खोला, भुजी खोला हुदै ढोरपाटनसम्म, दक्षिणमा पनि कुश्मिसेरा हुदै जैदी छिस्ती राङखानी बरेङतर्फ बाटोको निर्माण तथा स्तरोन्नतिका लागि हामीले पहल गयौ र अहिले जिल्लामा लगभग सबै ठाउहरूमा सडक सञ्जाल रहेको छ । अझै पनि बागलुङमा जुन सडक सञ्जालहरू छन्, तिनीहरूको स्तर राम्रो छैन । हिउदमा मात्र गाडी चल्ने तर वर्षा याममा गाडी नचल्ने समस्याबाट जनता पीडित छन् । त्यो समस्याप्रति हाम्रो पार्टीको ध्यान गएको छ । हामी त्यो समस्या समाधानका लागि योजनाबद्ध प्रकारले काम गरिरहेका छाै । त्यसै गरी कालिगण्डकी करिडोर, जुन अहिले नेपाली सेनाको जिम्मामा बन्दै छ, झोलुङ्गे पुल, शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा जनताको पहुचका लागि हामीले बारम्वार योजनाबद्ध प्रकारले काम गरेका छौ । जनताको चेतना स्तर माथि उठाउनका लागि काम गरिरहेका छौ । त्यस वाहेक विकासका अन्य कामहरूमा पनि हामीले महत्वपूर्ण भूमिका खेल्दै आएको आम जनसमुदायलाई पनि सर्वविदित्तै छ ।
० यहाको पाटीले राष्ट्रिय सम्मेलन पनि गर्दै छ । त्यसको तयारीका बारेमा पनि बताइ दिनु होस् न ?
राष्ट्रिय सम्मेलनको दौरानमा नै हामीले जिल्ला सम्मेलन गर्दै छौ । राष्ट्रिय सम्मेलनका प्रतिनिधहरू जिल्ला सम्मेलनबाट चएन भएर जाने पद्धति हो हाम्रो । राष्ट्रिय सम्मेलनका लागि हामीले प्रचार प्रसार जनभेटघाट कार्यक्रम आदि जिल्ला सम्मेलन सगसगै गरेका छौ । ठोस शब्दमा भन्नु पर्दा राष्ट्रिय सम्मेलनको तयारी व्यापक रूपमा भएको छ ।
० सम्मेलनबाट नया नेतृत्व आउने सम्भावना कति छ ?
सम्मेलन भनेको स्वाभाविक रूपमा नेतृत्वको बीचमा प्रतिस्पर्धा गराउने हो । सम्मेलन भनि सकेपछि नया नेतृत्व आउने त स्वाभाविक रहन्छ र पार्टीलाई चलायमान तरिकाले सञ्चालन गर्न सक्ने, जनताको आन्दोलनलाई सचेतपूर्वक अगाडि बढाउन सक्ने नेतृत्व जिल्ला सम्मेलनले निर्वाचित गर्ने छ ।
प्रस्तुति ः सागर कुवर
फर्कनुहोस्

अन्य समाचार
श्रद्धाञ्जली सभा सम्पन्नमिति ः २०२६, पौष १७, विहीवार राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति ः २०२६, पौष १७, विहीवार सम्मेलनका निर्णयहरु सार्वजनिकमिति ः २०२६, पौष १७, विहीवार राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.मिति ः २०२६, पौष १७, विहीवार नेकपा (मसाल) को शुभकामनामिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal