Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
समाचार
नेकपा (मसाल) को शुभकामना
अध्यक्ष, राष्ट्रिय जनमोर्चा
कामरेड,
नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले राष्ट्रिय जनमोर्चाको हुन थालिरहेको तेस्रो राष्ट्रिय सम्मेलनको अभिनन्दन गर्दै त्यसको सफलताको कामना गर्दछ । नेपालको राजनीतिमा राष्ट्रिय जनमोर्चाले अत्यन्त महङ्खवपूर्ण र ऐतिहासिक भूमिका खेल्दै आएको छ । संविधान सभाको निर्वाचनलाई सुनिश्चित गर्न र संविधान निर्माणमा समेत त्यसको अत्यन्त महङ्खवपूर्ण भूमिका रहदै आएको छ । त्यसले विद्यमान अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा आमूल परिवर्तन गरेर न जनवादी व्यवस्था कायम गर्ने आधारभूत कार्यक्रममा जोड दिनुका साथै तात्कालिक रूपमा संविधान सभाको चुनाव, लोकतान्त्रिक संविधान निर्माण, गणतन्त्र, राष्ट्रियताको रक्षा, जनताका प्रगतिशील र न्यायपूर्ण मागहरुका पक्षमा तथा सङ्घीयता र सबै प्रकारको विदेशी हस्तक्षेपका विरुद्ध समेत त्यसले सम्झौताहीन प्रकारको सङ्घर्ष गर्ने नीति अपनादै आएको छ । संसदभित्र र बाहिर वा अहिले सरकारमा गएको अवस्थामा समेत त्यसले आफ्नो त्यस प्रकारको नीतिमा निरन्तरता दिदै आएको छ । 
संविधान सभाले नेपालको संविधान निर्माण गयो र त्यसलाई जारी पनि गर्यो । तर त्यो संविधान निर्माणपछि भारतीय विस्तारवादले त्यसमा आफ्ना विस्तारवादी आवश्यकता अनुसार संशोधन गर्नका लागि दवाव दिइरहेको छ । त्यसका लागि बाध्य गर्न नै नेपालका विरुद्ध नाकाबन्दी लगाउने कार्य समेत गरियो । भारतले राखेका त्यस प्रकारको संशोधन एकातिर, नेपाली जनताको आफ्नो संविधान आफै बनाउने सार्वभौम अधिकारका विरुद्ध छन् भने अर्कातिर, त्यसको उद्देश्य तराईलाई नेपालबाट अलग गराउने, नेपालको पानीमाथि एकाधिकार कायम गर्ने र अन्तमा नेपाललाई भारतीय सङ्घमा गाभ्ने उद्देश्यद्वारा निर्देशित भएको कुरा स्पष्ट छ । त्यसका साथै त्यसले नेपाललाई हिन्दू राष्ट्र बनाउन र हिन्दू राजाको पुनस्र्थापना गर्ने रणनीति अन्तर्गत काम गरिरहेको कुरा बुझ्न पनि गाह्रो पर्दैन । त्यो अवस्थामा एकातिर, नेपालको संविधान आफै बनाउने वा आवश्यकता अनुसार संशोधन गर्ने सार्वभौम अधिकार, संविधानका सकारात्मक पक्षहरु गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियता समेतको रक्षाका लागि सम्झौताहीन प्रकारले सङ्घर्ष गर्नु आज सबै देशभक्त नेपालीहरुको राष्ट्रिय दायित्व भएको छ । 
राष्ट्रिय जनमोर्चा सरकारमा सामेल भएको छ । तर त्यसले अत्यन्त कठिन स्थितिमा काम गर्नु परिरहेको वास्तविकताप्रति पनि हाम्रो ध्यान छ । भारतीय विस्तारवादले आफ्नो विस्तारवादी आवश्यकता अनुसार संविधानमा संशोधन गर्नका लागि दवाव दिइरहेको तथा कतिपय प्रमुख सत्तारुढ दलहरुले भारतीय दवावमा आएर संविधानमा संशोधन गर्न गरिरहेको पहलकदमीका कारणले पनि एकातिर, संविधान सभाद्वारा पारित भएको संविधानमा एकपछि अर्को गर्दै कुठाराघात पुग्ने र, अर्कातिर, देशको राष्ट्रियतामा गम्भीर आच पुग्ने सम्भावना बढ्दै गइरहेको छ । त्यो अवस्थामा सरकारमा भएका सबै राजनीतिक सङ्गठनको कत्र्तव्य एकातिर, संविधानमाथि भइरहेका त्यस प्रकारका कुठाराघात र, अर्कातिर, राष्ट्रियतामाथि पुगिरहेको खतराका विरुद्ध काम गर्नु नै हुने छ । यो प्रसन्नताको कुरा हो कि राष्ट्रिय जनमोर्चाले सरकारमा रहेर पनि संविधान वा राष्ट्रियतामाथि आच पुग्ने प्रकारका सबै कारवाहीका विरुद्ध दृढ अडान लिदै आएको छ । त्यसरी त्यसले नेपालको राजनीतिक इतिहासमा नै अहिलेसम्मका सत्तारुढ सबै राजनीतिक शक्तिहरुको भन्दा बेग्लै परम्परा र इतिहास कायम गरेको छ । त्यसका लागि हाम्रो पार्टीले राष्ट्रिय जनमोर्चाको अत्यन्त उच्च मूल्याङ्कन गर्ने मात्र होइन, नेपालको इतिहासमा पनि त्यसले अहिले खेलेको त्यस प्रकारको भूमिकाको उच्च मूल्याङ्कन गर्ने छ । इतिहासले यो फैसला दिने छ कि जुनबेला सत्ता वा विपक्षमा भएका अन्य राजनीतिक शक्तिहरुले संविधान र राष्ट्रियतामा समेत आच पुयाउने गरिरहेका थिए, राष्ट्रिय जनमोर्चाले एक्लै त्यसका विरुद्ध दृढ अडान र मोर्चा लिएको थियो ।
नेपालको संविधानको रक्षा र राष्ट्रियताको रक्षाको प्रश्न खालि राष्ट्रिय जनमोर्चासित मात्र सम्बन्धित विषय होइन, त्यो सम्पूर्ण नेपाली जनतासित जोडिएको प्रश्न हो । त्यसकारण राजमोले अन्य सबै गणतन्त्र र राष्ट्रियता पक्षधर शक्तिहरुसित व्यापक एकताका लागि पहलकदमी गरेर आफ्नो राजनीतिक उत्तरदायित्व पूरा गर्ने प्रयत्न गर्ने छ भन्ने हामीले आशा गरेका छौ ।
अन्तमा, अहिलेको देशको राजनीतिक आवश्यकता अनुसार तपाईहरुको सम्मेलनले सही नीति र कार्यक्रम निश्चित गर्नुका साथै त्यो कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि सही र योग्य नेतृत्वको समेत निर्वाचन गर्ने छ भन्ने हामीले आशा र विश्वास प्रकट गर्दै तपाईहरुको सम्मेलनको पुनः भव्य सफलताको शुभकामना प्रकट गर्दछ ।
२०७२ फागुन ७ गते
 मोहनविक्रम सिंह (महामन्त्री)
फर्कनुहोस्

अन्य समाचार
श्रद्धाञ्जली सभा सम्पन्नमिति ः २०२६, पौष १७, विहीवार राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति ः २०२६, पौष १७, विहीवार सम्मेलनका निर्णयहरु सार्वजनिकमिति ः २०२६, पौष १७, विहीवार राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.मिति ः २०२६, पौष १७, विहीवार राजमोका सङ्गठनात्मक गतिविधि तीव्रमिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal