Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
समाचार
राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.
राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्र बहादुर के.सी. निर्वाचित हुनु भएको छ । २०७२ फागुन ७ देखि ९ गतेसम्म रुपन्देहीको बुटवलमा सम्पन्न राजमोको तेस्रो राष्ट्रिय सम्मेलनले चित्र बहादुर के.सी. (बागलुङ) को अध्यक्षतमा ३१ पूर्ण र छ वैकल्पिक गरी ३७ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । सम्मेलनले छ सल्लाहकार तथा २०५ सदस्यीय राष्ट्रिय परिषद पनि गठन गरेको छ ।

सम्मेलनले राजमोका तिन उपाध्यक्षमा रश्मि राज नेपाली (दाङ), बद्रे आलम (रुपन्देही) र दुर्गा पौडेल (भक्तपुर) लाई चयन गरेको छ । राजमोको परिमार्जित विधानमा तिन उपाध्यक्षमध्येबाटै एक कार्यकारी अध्यक्ष चयन गर्ने प्रावधान रहेको छ । नव निर्वाचित समितिमा कार्यकारी अध्यक्षको जिम्मेवारी पनि रश्मि राज नेपालीले नै पाउनु भएको छ । सम्मेलनले महासचिवमा जनक राज शर्मा (सुर्खेत) लाई र सचिवमा हिमलाल पुरी (पर्वत) लाई चयन गरेको छ भने कोषाध्यक्षको जिम्मेवारी ओम बहादुर के.सी. (दाङ) ले पाउनु भएको छ ।
समितिका पूर्ण सदस्यमा मनोज भट्ट (डोटी), डम्मर पुरी (चितवन), तुल्सी सापकोटा (बाके), रत्न विक्रम राना प्यासी (सुर्खेत) लाल बहादुर जाग्री (डडेलधुरा), कृष्ण खड्का (प्यूठान), सुरेन्द्र भण्डारी (मोरङ), तारा पौडेल (चितवन), राजेन्द्र ढुङ्गाना (बागलुङ), राजाराम चौधरी (कञ्चनपुर), मदन सिंह बडायक (कञ्चनपुर), बेणि माधव जोशी (डोटी), झविलाल थापा (अर्घाखाची), सोम कुमार कार्की (पाल्पा), कर्ण थापा (बारा), देवजङ्ग शाही (कालिकोट), लाल बहादुर थापा (काठमाडौ), गोपाल नेपाली (प्यूठान), लक्ष्मी बास्कोटा (बागलुङ), घनश्याम न्यौपाने (काठमाडौ), मोमिना खातुन (बाके), कमला जिसी (दाङ), चन्द्र बहादुर के.सी. (कास्की) रहनु भएको छ ।

सम्मेलनले बासु पोख्रेल (बर्दिया), दान बहादुर चौधरी (कञ्चनपुर), कृष्णा रावल (सुर्खेत), वल बहादुर भण्डारी (हुम्ला), हेम कुमार गुरुङ (सङ्खुवासभा) र लखिन्दर शाह (रौतहट) लाई समितिको वैकल्पिक सदस्यमा चयन गरेको छ ।
समितिका सल्लाहकार सदस्यमा कृष्ण आचार्य (अर्घाखाची), काजीलाल वाइबा (सिराहा), यमलाल पोख्रेल (अर्घाखाची), शेर बहादुर वि.क. (कैलाली), तारा गिरी (कालिकोट) र आर.बी. (रामबाबु) फुयाल (काठमाडौ) रहनु भएको छ । राष्ट्रिय परिषद सदस्यको नामावाली भने राजमोले अझै सार्वजनिक गरिसकेको छैन । सम्मेलनको अन्तिम दिन राती अबेरसम्म चलेको बन्द शत्रको व्यापक छलफल पश्चात् सो समिति चयन गरिएको थियो ।
प्रमुख अतिथिको सारगर्भित सम्बोधन
उद्घाटन समारोहमा उपस्थित विशाल जनसमूहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारण मन्त्री चित्र बहादुर के.सी. ले सारगर्भित मन्तव्य राख्नु भएको थियो । सम्बोधनका क्रममा अध्यक्ष के.सी. ले राजमोको सङ्घर्षमय इतिहास, सङ्घीयता विरुद्धको सङ्घर्ष, सरकारमा सहभागिता, आउदै गरेको सहकारी ऐन, भारतीय नाकाबन्दी र प्रधानमन्त्री ओलीको भारत भ्रमण लगायतका विषयमा रोचक शैलीमा विस्तृत प्रकाश पार्नु भएको थियो ।
मन्त्री हुनु हाम्रा लागि ठूलो कुरा होइन । २००७ सालदेखि अहिलेसम्म यो मुलुकमा धेरै मन्त्री भइसकेका छन्, तर जति मन्त्री भए पनि जनतालाई खै के गयौ दाइ तिम्रो धर्मले, मागी खाने बनायो कर्मले भने झै भएको छ उद्घाटन समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै अध्यक्ष के.सी. ले भन्नु भयो राष्ट्रिय जनमोर्चा आफ्ना आधारभूत नीति, सिद्धान्तलाई छाडेर जागिर खान गएको होइन । हाम्रा लागि राष्ट्रियता, अखण्डता र सार्वभौमिकता प्रधान कुरा हो, सत्ता गौण कुरा हो । सरकारमा जाने निम्ता यस अघि पनि आउने गरेको बताउदै उहाले अहिले नेपाली जनताको छ दशकको सङ्घर्षको प्रतिफलस्वरूप संविधान सभाबाट संविधान बनेको र राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको रक्षाका लागि सरकारमै सामेल भएर सङ्घर्ष अगाडि बढाउनु पर्ने आवश्यकताको बोध गर्दै पार्टीले निर्णय लिएकाले राजमो सरकारमा सामेल भएको स्पष्ट पार्नु भयो । सम्बोधनका क्रममा उहाले आफूहरुले सङ्घीयतासग मन्त्री पद नसाटेको समेत स्पष्ट पार्नु भएको थियो । सरकारमा मेरो लडाइ छ । त्यहा रहेर मैले राष्ट्रियता, अखण्डता र सार्वभौमिकताका पक्षमा लगातार सङ्घर्ष गरिरहेको छु । वास्तवमा भन्नु हुन्छ भने यहा भाषण गर्न सजिलो तर सत्तामा बसेर सङ्घर्ष गर्न निकै गाहो रहेछ उहाले भन्नु भयो तर तपाईहरु ढुक्क हुनु होस्, जति अप्ठ्यारो परे पनि यो मर्ने बेलामा नेपाली जनताका अगाडि मैले राष्ट्रघात गर्ने छैन ।
सम्बोधनका क्रममा अध्यक्ष के.सी. ले भारतले नेपालको तराईलाई सिक्किमलाई जस्तै भारतीय महासङ्घमा गाभ्नैका लागि नेपालमाथि अमानवीय नाकाबन्दी लगाएको दावी गर्नु भयो । तराईका ८ जिल्लालाई त सङ्घीयताका नाममा अहिल्यै छुट्याइसकेका छन् । जनसङ्ख्यालाई मुख्य आधार बनाई निर्वाचन क्षेत्र निर्धारण गर्ने भन्दै संविधान संशोधन गरेका छन् । यो सबै काम भारतीय शासक वर्गलाई खुसी पार्नका लागि उसकै निर्देशन बमोजिम नै भइरहेको छ उहाले भन्नु भयो अहिले पनि भारतीय विस्तारवादले नेपाललाई ओरालो लागेको मृगलाई झै खेदिरहेको छ । नेपालको तराईलाई सकेसम्म सिक्किम बनाउने, नसके भुटान बनाउने भारतको योजना छ । जनसङ्ख्यालाई प्रधान भुगोललाई गौण बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्दा अन्ततः कालान्तरमा गएर नेपालको अस्तित्व नै नामेट हुने अवस्था आउन सक्ने खतरा समेत उहाले औल्याउनु भयो ।
प्रधानमन्त्रीलाई भारत भ्रमणको क्रममा राष्ट्र हित विपरीतका सन्धिसम्झौताहरु नगर्न आफूहरुले सुझाव दिएको पनि उहाले बताउनु भयो । प्रधानमन्त्री भएपछि सबैभन्दा पहिला विदेश भ्रमण जादा उत्तर र अन्त होइन, दक्षिणै जानु पर्ने विजोगको परम्परा अहिले पनि टुट्न सकेन अध्यक्ष के.सी. ले भन्नु भयो विगतमा सरकार प्रमुखहरुले दक्षिणको औपचारिक भ्रमण गर्दा राष्ट्रघाती सन्धिसम्झौताहरु हुने गरेका घटनाले हामीलाई अहिले पनि झस्काएको हो । तर हामीले विदेशका सामु नझुक्न, राष्ट्र हित विपरीतका सन्धिसम्झौताहरु नगर्न प्रधानमन्त्रीलाई खबरदारी गरेका छौ । आशा गरौ, अहिलेका प्रधानमन्त्रीबाट त्यस्ता काम हुने छैनन् । संविधान जारी गर्ने बेलामा एक भएका प्रमुख पार्टीहरुलाई प्रधानमन्त्री निर्वाचनका बेलामा भारतले नै फुटाएको उहाले दावी गर्नु भयो । अहिले पनि अपर कर्णाली लिन भारतले घाटी अठ्याइरहेको बताउदै उहाले भन्नु भयो यहाको सत्ता सञ्चालन गर्ने साचो अन्तै भएको हुनाले नै मुलुकको आज यो दुर्गती भएको हो ।

गरिबी निवारणसग सम्बन्धित कोषहरुलाई अन्य मन्त्रालयमा राखेर आफ्नो मन्त्रालयलाई अर्थहीन बनाउन खोजिएको खुलासा समेत उहाले गर्नु भयो । गरिबी निवारण कोष प्रधानमन्त्री कार्यालय अन्तर्गत छ । गरिबसग विशेश्वर स्थानीय विकास मन्त्रालयले चलाउछ । युवा स्वरोजगार कार्यक्रम अर्थ मन्त्रालय अन्तर्गत छ । तर गरिबी निवारण मन्त्रालय भनेर साइन बोर्ड हाम्रो मन्त्रालयमा झुण्ड्याइएको छ समारोहलाई सम्बोधन गर्दै उहाले भन्नु भयो नाम पयो सुब्बिनी, के खाएर उभ्भिनी भने जस्तो अवस्था छ । यस विषयमा मैले मन्त्री परिषदको वैठकमै धेरै चोटी कुरा उठाए । त्यो गरिबी निवारणको मन्त्रालयको साइन बोर्ड त्यता लगेर किन झुण्ड्याएको हो भनेर मैले भन्दा उनीहरु मुन्टो निहुयाउछन् । उहाले आफू गरिबी निवारण मन्त्री बन्दैमा नेपालबाट गरिबी स्वाट्ठै निवारण हुन्छ भनेर नसोच्न जनतालाई आग्रह समेत गर्नु भयो । जिन्दगीभरि सर्वहारा वर्गका लागि लडेको चित्र बहादुर गरिबी निवारण मन्त्री भयो, अब त नेपालको गरबी स्वाट्ठै निवारण हुन्छ भन्ने भ्रम कसैले नपाल्नु होला उहाले भन्नु भयो जनताका आधारभूत समस्याहरुको पूर्ण समाधान यो व्यवस्था अन्तर्गत हुन सक्दैन । त्यसका लागि देशमा जनवादी क्रान्ति नै सम्पन्न गरिनु पर्दछ ।

सहकारी मन्त्री समेत रहनु भएका के.सी. ले सहकारी समाजवादी व्यवस्थाको जग हुनु पर्ने बताउनु भयो । सहकारीभित्र देखिएका विकृतिहरुलाई हटाउन सहकारी ऐन ल्याउन थालिएको जानकारी गराउदै अध्यक्ष के.सी. ले सहकारीका नाममा ब्रह्मलुट मच्याइ रहेकाहरुले त्यो ऐन ल्याउन नदिन ठूलो चलखेल गरिरहेको खुलासा समेत गर्नु भयो । सहकारी ऐन माथि गइरहेको छ । त्यो ऐन आएपछि सहकारीभित्र देखिएका विकृति, विसङ्गतिहरु हट्ने विश्वास हामीले गरेका छौ । त्यो ऐनले सहकारीका नाममा तर मारिरहेकाहरु असम्बन्धित व्यक्तिहरुले तह लगाउने भएपछि अहिले सहकारीका नाममा ब्रह्मलुट मच्याएका त्यस्ता व्यक्तिहरु तर्सिरहेका छन् । त्यो ऐन ल्याउन नदिन उनीहरुले ठूलो चलखेल गरिरहेका छन् उहाले भन्नु भयो अचम्मको कुरा त के छ भने सहकारीको नाम बेचेर, नेपाली जनतालाई ठगेर खान पल्केका त्यस्ता व्यक्तिहरुले चित्र बहादुरले त सहकारी बुझेकै छैन समेत भन्दै हिडेका छन् । सहकारी ऐन ल्याउन नदिने त्यस्ता व्यक्तिहरुको चलखेल कदापि सफल हुने छैन । सारा अवरोधहरुलाई पन्छाउदै सहकारी ऐन अवश्य आउने छ ।
सम्बोधनका क्रममा अध्यक्ष के.सी. ले सङ्घीयता विरुद्धको राजमोको सङ्घर्ष निरन्तर जारी रहने बताउनु भयो । सङ्घीयता रहेसम्म देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकता खण्डित हुने सन्त्रास रहिरहने भन्दै उहाले नेपालको अस्तित्व रक्षाका लागि सङ्घीय प्रणालीलाई खारेज गर्नै पर्ने दावी गर्नु भयो । सरकारमा गए, अब सङ्घीयताको मुद्दा ओझेलमा पारे भन्ने भ्रम कसैले नपाल्नु होला । हामी सङ्घीयताका विरुद्धमा अहिले पनि लगातार लडिरहेका छौ उहाले भन्नु भयो हामीले गहुका गेडा होइन, फिनी गनिरहेका छौ । सङ्घीयताकै कारण यो मुलुकको आज यो दुर्गति भएको हो । त्यस कारण यो सङ्घीयतालाई खारेज गर्नै पर्दछ । नेपाली जनताले सङ्घीयतालाई खारेज गरेनन् भने सङ्घीयताले नेपाल नै खारेज गरिदिने छ । नेपाली जनताले आफ्नो पक्षमा लडिरहेको सही राजनैतिक पार्टीलाई चिनेर बलियो बनाउन नसक्दा पनि देशमा आज यो अवस्था सिर्जना भएको उहाको तर्क थियो । आज देशको यो दुर्गति हुनुमा हामी जनता पनि जिम्मेवार छौ । सङ्घीयतावादी, जातिवादी, क्ष्ँेत्रीयतावादीलाई जनताले भोट दिएर बलियो बनाएकै कारण आज देशमा यो अवस्था सिर्जना भएको हो । राष्ट्रिय जनमोर्चाको हात जनताले बलियो बनाइ दिएको भए हामीले देशलाई यो अवस्थामा जानै दिने थिएनौ उहाले भन्नु भयो नेपाली जनताले अब इतिहासबाट पाठ सिक्नु पर्दछ । हामी धैर्य होउ र सङ्घर्ष गरौ, नेपाली जनताले सङ्घर्ष गरे भने यो देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकता अवश्य बच्च सक्ने छ ।

अतिथिहरुले दिएको शुभकामना
राष्ट्रिय जनमोर्चाको ऐतिहासिक तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा (मसाल), एमएलपिडी जर्मन, नेकपा (एमाले), एमाओवादी र नेकपा (माले) लगायतका झण्डै दर्जन जति राजनीतिक पार्टीका प्रतिनिधिहरुले सफलताको शुभकामना दिनु भएको थियो । सम्मेलनलाई अखिल नेपाल किसान सङ्घ, अखिल नेपाल युवक सङ्घ, रक्तिम सांस्कृतिक अभियान, अखिल (छैठौं), अन्तर्राष्ट्रिय नेपाली एकता समाज र प्रगतिशील पत्रकार सङ्घ लगायतका झण्डै दुई दर्जन सङ्गठनका प्रतिनिधिहरुले समेत सफलताको शुभकामना दिनु भएको थियो ।
सम्मेलनलाई सफलताको शुभकामना दिदै नेकपा (मसाल) का प्रवक्ता विमल शर्माले देशको राजनीतिमा राजमोले खेल्दै आएको भूमिका सकारात्मक भएको बताउनु भयो । देशमा आमूल परिवर्तनका लागि नया जनवादी क्रान्ति गरिनु अनिवार्य रहेको बताउदै उहाले त्यो क्रान्ति अन्ततः सशस्त्र सङ्घर्षद्वारा नै सम्पन्न हुने पनि प्रष्ट पार्नु भयो । राजमोले अहिले निभाइ रहेको भूमिकाले नया जनवादी क्रान्तिका लागि आधार तयार पार्न मद्दत पुग्ने विश्वास पनि उहाले व्यक्त गर्नु भयो ।
एमएलपिडी जर्मनका प्रतिनिधि थोमस बेसिन क्याम्पले उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालको राजनीतिमा राष्ट्रिय जनमोर्चाले खेलिरहेको भूमिका प्रशंसनीय रहेको विचार व्यक्त गर्नु भयो । संविधान सभाद्वारा संविधानको निर्माण गरेर ऐतिहासिक कार्यभार नेपाली जनताले पुरा गरेकोमा उहालाई बधाइ पनि दिनु भयो । भारतीय नाकाबन्दीका विरुद्धमा नेपालमा र संसारका विभिन्न देशमा छरिएर रहेका नेपालीहरुले गरेको प्रदर्शनको उच्च प्रशंसा गर्दै नेता थोमसले अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको अवसरमा विश्वव्यापी रूपमा हुन गइरहेको एक वर्षसम्म विभिन्न कार्यक्रम गरी मनाउने अभियानलाई नेपालमा पनि सफल पार्न समेत आह्वान गर्नु भयो । सम्बोधनका क्रममा उहाले नेपाली श्रमजीवी जनताको आन्दोलनले सगरमाथाको शिखर चुम्ने विश्वास पनि व्यक्त गर्नु भयो । नेता थोमसले आफ्नो लिखित शुभकामना पत्र अङ्ग्रेजी भाषामा वाचन गर्नु भएको थियो भने त्यसलाई अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष  प्रा.डा. श्रीधर गौतमले नेपालीमा रूपान्तरण गरेर सुनाउनु भएको थियो ।
सम्मेलनलाई शुभकामना दिदै नेकपा (एमाले) का केन्द्रीय सदस्य लीला गिरीले राष्ट्रिय अखण्डताको रक्षाका लागि सम्पूर्ण देशभक्त नेपाली जनता एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । देशमा दक्षिणतिरबाट आएको दुषित वायु का कारण राष्ट्रिय विखण्डनको स्थिति देखिएको भन्दै उहाले राष्ट्रियता, अखण्डता र नेपाली सार्वभौमिकताको रक्षाका  लागि राजमोको सम्मेलनले सशक्त कार्यक्रम तय गर्ने विश्वास समेत व्यक्त गर्नु भयो । नेकपा (क्रान्तिकारी माओवादी) का सचिवालय सदस्य प्रेम सुवेदीले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दै सङ्कीर्ण दायराबाट माथि उठेर कम्युनिस्ट क्रान्तिकारीहरुलाई गोलबन्द गर्न सम्मेलनले ठोस कार्यक्रम बनाउनु पर्ने सुझाव दिनु भयो । एमाओवादीका केन्द्रीय सदस्य हकिउल्ला खानले सम्मेलनलाई सफलताको शुभकामना दिदै कम्युनिस्टहरु एकताबद्ध भए त्यो शक्तिलाई कसैले हराउन नसक्ने विचार व्यक्त गर्नु भयो । नेकपा (माले) का पिबिएम गोपालमणि गौतमले राजनैतिक दलबीचको एकताले देशमा गणतन्त्र आएको र संविधान सभाबाट संविधान समेत निर्माण भएको स्मरण गर्दै राष्ट्रियताको रक्षाका लागि पनि दलहरु एकताबद्ध भएरै अगाडि बढ्नु पर्ने विचार व्यक्त गर्नु भयो । नेकपा (संयुक्त) का सचिवालय सदस्य कृण बहादुर गुरुङले राजमोले देशको राजनीतिमा खेलिरहेको भूमिका सराहनीय रहेको बताउनु भयो भने नेकपा (माक्र्सवादी) का पोलिट ब्युरो सदस्य जय प्रकाश नेपालले सम्पूर्ण वाम शक्तिहरुलाई एकत्रित गर्नमा राजमोले नै अग्रसरता लिनु पर्ने विचार व्यक्त गर्नु भयो ।
समारोहलाई सम्बोधन गर्दै सम्मेलन सफलताको शुभकामना दिने अतिथिहरुमा अखिल नेपाल टेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल किसान सङ्घका अध्यक्ष भैरव राज रेग्मी, अखिल नेपाल युवक सङ्घका अध्यक्ष तिलक थापा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जीवन शर्मा, अखिल (छैठौं) का अध्यक्ष अनिल किशोर घिमिरे, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निम बहादुर बुढाथोकी, जातीय समता समाजका अध्यक्ष दिल बहादुर वि.क., अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्की, अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष अधिवक्ता पदम रोका, तराईमधेश जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्रा.डा. श्रीधर गौतम, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका उपाध्यक्ष पदम श्रेष्ठ र प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष नारायण शर्मा रहनु भएको थियो । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष शोभाकान्त लामिछाने, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव खगेश्वर शर्मा, जापान नेपाली एकता समाजका अध्यक्ष्ँ यमलाल सापकोटा, हङकङ नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी, ओमन नेपाली एकता समाजका अध्यक्ष शिवलाल गिरी, कतार नेपाली एकता समाजका कोषाध्यक्ष धन बहादुर परियार लगायतका अतिथिहरुले समेत उद्घाटन समारोहलाई सम्बोधन गर्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

राजमोका कार्यकारी अध्यक्ष अध्यक्ष रश्मिराज नेपालीको अध्यक्षता र उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलको स्वागत मन्तव्यबाट अघि बढेको सम्मेलनको उद्घाटन समारोह कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य मनोज भट्टले गर्नु भएको थियो । औपचारिक कार्यक्रमको सञ्चालनका लागि भट्टलाई मञ्चमा आमन्त्रित चन्द्र बहादुर के.सी. ले गर्नु भएको थियो । ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनट मौनधारण गर्दै अघि बढेको सो उद्घाटन समारोहमा वाम तथा प्रजातान्त्रिक आन्दोलनमा योगदान पुयाएका बयोबृद्ध नेताहरु प्युठानका खगुलाल गुरुङ, सुर्खेतका मोति प्रसाद मिदुन, चितवनका श्रीराम घिमिरे, कैलालीका जयराज भण्डारी, कपिवलस्तुकी चन्द्र वदन श्रेष्ठ र दाङका मनिराम खनाललाई मञ्चमा अतिथिका रूपमा आमिन्त्रत गरिएको थियो । समारोहमा सम्मेलन सफलताका लागि नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा प्रेषित शुभकामना पत्र कार्यक्रमका सञ्चालक मनोज भट्टले वाचन गरेर सुनाउनु भएको थियो । प्रमुख अतिथि राजमो अध्यक्ष तथा उपप्रधान मन्त्री एवं सहकारी तथा गरिबी निवारण मन्त्री चित्र बहादुर के.सी. ले मसाल बालेर सम्मेलनको उद्घाटन गर्नु भएको थियो । अध्यक्ष के.सी. ले मसाल बालेर सम्मेलन उद्घाटन गरिरहदा समारोहमा उपस्थित अतिथिहरु एवं विशाल जनमूहले लगातार ताली बजाएर साथ दिएका थिए ।

विशाल जुलुश प्रदर्शन
तेस्रो राष्ट्रिय सम्मेलनको पहिलो दिन २०७२ फागुन ७ गते उद्घाटन समारोह सुरु हुनु पूर्व राजमोले बुटवलमा दशौ हजार जनताको सहभागितामा विशाल जुलुश प्रदर्शन गरेको थियो ।

देशका विभिन्न जिल्लाहरुबाट आएका जनता जुलुशमा सहभागी रहेका थिए प्रत्येक जिल्लाका आआफ्नै ब्यानर थिए भनृ प्रायः सहभागीका हातमा राजमोको झण्डा थियो । फागुन ७ गतेको त्यो  िदन साच्चै नै राजमोमय भएको थियो । बुटवलको राजमार्ग चौराहमा जम्मा भएर जुलुश अगाडि बढेको थियो । जुलुशको अग्रभागका रहेर राजमोका अध्यक्ष तथा उपप्रधान मन्त्री चित्र बहादुर के.सी., नेकपा (मसाल) का प्रवक्ता विमल शर्मा, एमएलपिडी जर्मनका नेता थोमस, राजको केन्द्रीय पदाधिकारी, रक्तिमका अध्यक्ष एवं जनगायक जीवन शर्मा र सम्मेलनलाई शुभकामना दिन आएका विभिन्न सङ्गठनका प्रमुखहरु लगायतले सम्मेलनको मूल ब्यानर समाउनु भएको थियो । अतिथिहरु सहितको मूल ब्यानरलाई स्वयंसेवकहरुको दस्ताले सुरक्षा दिदै अगाडि बढाएको थियो ।
जुलुशमा सहभागीहरुले संविधान लागु गरौ, सङ्घीयता खारेज गरौ, नेकपा (मसाल) जिन्दावाद, नया जनवादी क्रान्ति जिन्दावाद, राष्ट्रिय जनमोर्चा जिन्दावाद लगायतका नारा गगनभेदी स्वरमा घन्काएका थिए । राजमार्ग चौराहदेखि मिलन चोक, बसपार्क, अस्पताल लाइन, पुष्पलाल पार्क, मिडिया चोक, अदालत चोक हुदै जुलुश अगाडि बढेको थियो । जुलुशमा महिला र युवाहरुको सङ्ख्या अधिक देखिन्थ्यो । जन आन्दोलनपछि सम्भवतः पहिलो पटक बुटवलवासीले यति ठूलो र व्यवस्थित जुलुश देख्न पाएको स्थानीयले टिप्पणी गरेको सुनिन्थ्यो ।

जुलुशमा राजमोको गण्डकी धौलागिरी क्षेत्रले ल्याएको कास्कीको मगर बाजा को झाकी विशेष आकर्षणको केन्द्र थियो । नौमति बाजा बजाउने सो टोलीका सबै सदस्यहरु मगर जातिकै रहेका थिए । दमाहा र झ्याली महिलाहरुले बजाएको देख्दा त झन् कतिपय मानिसहरु अचम्म परेर हेरिरहेका समेत देखिन्थे । जुलुशमा सहभागी कतिपयले गगनभेदी स्वरमा नारा लगाइ रहेका थिए, त कतिपय त्यही नौमति बाजाको तालमा नाच्दै अगाडि बढेका थिए । त्यो देख्दा यस्तो लाग्दथ्यो तेस्रो राष्ट्रिय सम्मेलनलाई राजमोले एउटा उत्सवकै रूपमा सम्पन्न गर्न गइरहेको छ ।

सम्मेलन आयोजक समितिको आकलन र कल्पनाभन्दा पनि अधिक जनताको सहभागिता जुलुशमा रहेको उद्घाटन समारोहका लागि छानिएको स्थानले बताउथ्यो । उद्घाटन समारोहको मञ्च रुपन्देही व्यापार  सङ्घको भवन अगाडि बनाइएको थियो । उद्घाटन समारोहको मञ्चलाई जुलुशमा सहभागी र उद्घाटन समारोहमा उपस्थित जनताको विशाल सङ्ख्या र मञ्च रहेको स्थानलाई नजिकबाट नियालि रहेका बुटवल चादमारीका एक जना स्थानीय वासिन्दा बन्दै थिए हैन कहा कहाबाट आए यत्तिका मान्छे ? राजमोले आफ्नो शक्ति आफै चिन्न सकेको रहेन छ कि क्या हो ?
रक्तिमको आकर्षक प्रस्तुति
राजमोको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा रक्तिम सांस्कृतिक अभिायनका अध्यक्ष एवं जनगायक जीवन शर्मा र केन्द्रीय टोलीले निकै आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए । समारोहमा राष्ट्रिय भावनाले ओतप्रोत भएका जीवन शर्माले गीत प्रस्तुत गर्नु भएको थियो भने केन्द्रीय टोलीले आकर्षक नृत्य प्रस्तुत गरेको थियो । रक्तिम अर्घाखाचीकी चार वर्षीय बाल कलाकार परिचय पुनको आकर्षक नृत्य समेत समारोहमा प्रस्तुत गरिएको थियो ।

रक्तिम टोलीले समारोहमा स्वागतमा साङ्गीतक कोशेलीस्वरूप तलमा पयो बेशीको फाट बोलको लोक लयमा आधारित राष्ट्रिय भावनाले ओतप्रोत रहेको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेको थियो । यो गीत मार्फत् रक्तिमले दक्षिणबाट आएको सङ्घीयतारूपी विषालु बतासका कारण देशको राष्ट्रिय अखण्डता सङ्कटमा परेको भन्दै त्यसलाई बचाउन सम्पूर्ण देशभक्त नेपालीहरु एकजुट हुन आह्वान गरेको थियो । राष्ट्रिय एकता र स्वाधीनतालाई मजबुत बनाउन आह्वान गर्दै प्रस्तुत गरिएको जीवन शर्माकै शब्द र सङ्गीत रहेको यस गीतमा रक्तिमका केन्द्रीय कलाकारहरु सुमन रोका, खिमा पुन, ओम श्रीस र ज्योती फौजाले आकर्षक नृत्य प्रस्तुत गरिरहदा दर्शक एवं अतिथिहरुले ताली बजाएर साथ दिइरहनु भएको थियो ।

जीवन शर्मा मञ्च उत्रिदा दर्शक दीर्घाको वातावरण नै भिन्दै किसिमको देखिन्थ्यो । शर्माले भूकम्पले भत्काएको मन र तलमा पयो बेसीको फाट बोलको गीतको एकएक टुक्का र मधेशी पहाडी बोलको पुरै गीत प्रस्तुत गर्नु भएको थियो । मधेशी पहाडी हिमालका हिमाली बोलको गीत शर्माले मञ्चबाट प्रस्तुत गरिरहदा उपस्थित विशाल जनसमूहले कसैले ताली बजाएर, कसैले दर्शक दीर्घामै नाचेर त, कसैले स्वरमा स्वर थप्दै साथ दिएका थिए । शर्माको उक्त प्रस्तुतिले दर्शक दीर्घामा उत्साह थपेको प्रष्ट देखिन्थ्यो । दर्शकहरुले शर्माबाट अरू गीतहरुको पनि अपेक्षा राखेका थिए । तर समय अभावका कारण नै हुनु पर्दछ, उद्घाटन समारोहमा रक्तिमका अन्य गीतहरु भने शर्माले प्रस्तुत गर्नु भएन ।

उद्घाटन समारोहमा प्रस्तुत रक्तिमकी चार वर्षीय बाल कलाकार परिचय पुनको कोपिला हामी आज साना छौ बोलको नृत्यले पनि कार्यक्रममा छुट्टै रौनक थपेको थियो । बाल कलाकार परिचय पुनलाई शर्माले काखमा लिएर मञ्चमा लैजानु भएको थियो । पुनको नृत्य दर्शक दीर्घाको टाढाबाट हेर्दा मञ्चमा गुडिया नाचे जस्तो देखिन्थ्यो । बाल कलाकार पुन रक्तिमका केन्द्रीय सल्लाहकार जीवन पुन र कलाकार रेखा नेपालीकी छोरी हुन् ।
जनवादको उच्चतम प्रयोग
राजमोको तेस्रो राष्ट्रिय सम्मेलनको बन्द सत्रमा उपस्थित प्रतिनिधि एवं पर्यवेक्षकहरुले जनवादको उच्चतम प्रयोग गर्दै प्रस्तुत विभिन्न प्रस्तावहरुमाथि गम्भीर छलफल चलाएका थिए ।
राजमोले पार्टी पद्धति र अनुशासनलाई कडाइपूर्वक लागु गर्दै आएको छ । राजमोभित्रको यही कडा अनुसाशनका कारण कतिपय अराजक प्रवृत्ति बोकेका नेताहरु त्यहा बस्न नसकी बाहिरिएका पनि छन् । त्यसरी बाहिरिएकाहरुले राजमोलाई जनवादभन्दा केन्द्रीयताको बढी प्रयोग गर्ने पार्टीका रूपमा दुष्प्रचार पनि नगरेका होइनन् । तर जनवादको प्रयोग गर्ने पनि निश्चित विधि, प्रक्रिया र स्थान हुन्छ । जहा पायो त्यही, जे पायो त्यही बक्दै हिड्नु पक्कै पनि त्यो जनवाद होइन, त्यो अराजकता नै हो । त्यस्तै राष्ट्रिय अधिवेशन जस्तो मञ्चमा पनि आफ्ना भिन्न विचार र मतहरुलाई एकातर्फ थन्क्याएर माथिबाट जे प्रस्ताव आउछ, त्यसैमा ताली ठोक्दै जानु पनि दब्बु या दास मानसिकता हो । लेनिनवादी सङ्गठनात्मक सिद्धान्तले ती अराजक र दास प्रवृत्ति दुवैलाई नकार्दै जनवादी केन्द्रीयताको स्पष्ट विधि निश्चित गरेको छ । राजमोले पनि पार्टी जीवनमा त्यही लेनिनवादी सङ्गठनात्मक पद्धतिलाई कडाइपूर्वक लागु गर्दै आएको छ । राजमो नेताकार्यकर्ताहरुले अहिले तेस्रो राष्ट्रिय सम्मेलनको बन्द सत्रमा जनवादको भरपूर प्रयोग गरेका छन् ।

बन्द सत्रमा अध्यक्ष चित्र बहादुर के.सी. ले राजनैतिक प्रतिवेदन, महासचिव सन्त बहादुर नेपालीले विधान संशोधन प्रस्ताव, कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले घोषणा पत्रमा संशोधन प्रस्ताव र सचिव कृष्ण अधिकारीले समसामयिक प्रस्ताव र कोषाध्यक्ष ओम बहादुर के.सी. ले आर्थिक रिपोर्ट प्रस्तुत गर्नु भएको थियो । प्रतिनिधि, पर्यवेक्षकहरुले ती सम्पूर्ण प्रस्तावहरुमाथि खुलेर छलफल गरेका थिए । बन्द सत्रको कार्यक्रम दुर्गा पौडेल, शङ्कर बराल, मनोज भट्ट, केवलराम थारू र गिरी प्रसाद बुढा रहनु भएको अध्यक्ष मण्डलले सञ्चालन गरेको थियो भने सन्त बहादुर नेपाली, भैरव राज रेग्मी र मीना पुन रहनु भएको निर्वाचन मण्डलले केन्द्रीय समिति निर्वाचनको प्रक्रिया अगाडि बढाएको थियो ।

सम्मेलनबाट राजमोले देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको रक्षाका लागि सङ्घर्षका सशक्त कार्यक्रम ल्याएको छ । संविधानका सकारात्मक पक्षाहरुको कार्यान्वयन र सङ्घीयताको खारेजीलाई उच्च प्राथमिकतामा राख्दै सङ्घर्षका कार्यक्रमहरु निश्चित गरिएको छ । आम देशभक्त स्वाभिमानी नेपाली जनताले राजमोको तेस्रो राष्ट्रिय सम्मेलनबाट जे अपेक्षा राखेका थिए, सोही बमोजिमका कार्यक्रमहरु आएका छन् । निर्वाचित केन्द्रीय समितिमा पनि क्रान्तिकारी उत्साह र उमङ्ग भरिएका युवा पङ्क्तिको बाहुल्यता देखिन्छ । विश्वासका साथ आशा गरौ पारित नीति तथा कार्यक्रमहरुलाई निर्वाचित समितिले इमान्दारितापूर्वक कार्यान्वयन गर्दै जाने छ र देशलाई सङ्कटको भुमरीबाट बाहिर निकाल्ने छ । समुन्नत र समृद्धिको मागतर्फ अगाडि लम्काउन नेतृत्वदायी भूमिका प्रदान गर्ने छ ।

(सम्मेलन स्थल बुटवलबाट फर्केर नारायण शर्माप्रकाश थापा मगर)
फर्कनुहोस्

अन्य समाचार
श्रद्धाञ्जली सभा सम्पन्नमिति ः २०२६, पौष १७, विहीवार राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति ः २०२६, पौष १७, विहीवार सम्मेलनका निर्णयहरु सार्वजनिकमिति ः २०२६, पौष १७, विहीवार नेकपा (मसाल) को शुभकामनामिति ः २०२६, पौष १७, विहीवार राजमोका सङ्गठनात्मक गतिविधि तीव्रमिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal