Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
समाचार
सम्मेलनका निर्णयहरु सार्वजनिक
काठमाडौ ।
 राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ती जारी गर्दै सम्मेलनका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । २०७२ फागुन १० गते बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजमोले ती निर्णयहरु सार्वजनिक गरेको थियो ।राजमोका नव निर्वाचित कार्यकारी अध्यक्ष रश्मिराज नेपालीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा अगाडि भनिएको छः

१. राष्ट्रिय जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन २०७२ फागुन ७, ८ र ९ गते बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ । राष्ट्रिय सम्मेलन राष्ट्रिय जनमोर्चाको सर्वोच्च निकाय हो । यसले राजनीतिक प्रतिवेदन, घोषणा पत्र, समसामयिक राजनीतिक प्रस्ताव तथा विधानमा संशोधनहरु पारित गरेको छ । सम्मेलनबाट नया केन्द्रीय समितिको समेत चयन भएको छ । यी विषयहरुबारे सार्वजनिक गर्न यो पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

२. सम्मेलनको झलक ः
उद्घाटन सत्र (पहिलो दिन) । कार्यकारी अध्यक्ष का. रश्मीराज नेपालीको अध्यक्षता र केन्द्रीय सदस्य मनोज भट्टको सञ्चालनमा भएको यस सत्रमा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारण मन्त्री का. चित्र बहादुर के.सी. ले मसाल प्रज्ज्वल गरी सम्मेलनको उद्घाटन गर्नु भयो । नेकपा (मसाल) का महामन्त्री का. मोहनविक्रम सिंहले पठाउनु भएको शुभकामना सन्देश वाचन गरेपछि राष्ट्रिय सम्मेलनको सफलताको लागि शुभकामना दिनेहरुमा विमल शर्मा, केन्द्रीय प्रवक्ता, नेपाल कम्युनिष्ट पार्टी (मसाल) नेकपा (क्रान्तिकारीमाओवादी), एकीकृत नेकपा (माओवादी), नेकपा (एमाले), नेकपा (माले), नेकपा (संयुक्त), नेकपा (माक्र्सवादी)का अतिथि थोमस वेसिन क्याम्प प्रतिनिधि (एमएलपिडी जर्मन) नारायण सापकोटा, अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासङ्घ भैरव राज रेग्मी, अध्यक्ष, अखिल नेपाल किसान सङ्घ तिलक थापा, अध्यक्ष, अखिल नेपाल युवक सङ्घ मीना पुन, अध्यक्ष, अखिल नेपाल महिला सङ्घ दिल बहादुर वि.क., अध्यक्ष, जातीय समता समाज निम बहादुर बुढा, अध्यक्ष, अखिल नेपाल जनजाति सम्मेलन अनिल किशोर घिमिरे, अध्यक्ष, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौ) सानोभाइ कार्की, अध्यक्ष, अखिल नेपाल शिक्षक सङ्घ पदम रोका, अध्यक्ष, अखिल नेपाल कानुन व्यवसायी सङ्घ प्रा.डा. श्रीधर गौतम, अध्यक्ष, अखिल नेपाल बुद्धिजीवी सङ्घ बद्रे आलम, अध्यक्ष, तराई मधेश जनवादी मोर्चा नारायण शर्मा, अध्यक्ष, प्रगतिशील पत्रकार सङ्घ जीवन शर्मा, अध्यक्ष, रक्तिम सांस्कृतिक अभियान पदम श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ खगेश्वर शर्मा, महासचिव, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज शोभाकान्त लामिछाने, कोषाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली एकता समाज यमलाल सापकोटा, अध्यक्ष जापान नेपाली एकता समाज सक्तमान बुढा, अध्यक्ष, हङकङ नेपाली एकता समाज शिवलाल गिरी, अध्यक्ष, ओमन नेपाली एकता समाज र धन बहादुर परियार, कोषाध्यक्ष, कतार नेपाली एकता समाजका अतिथिहरु हुनु हुन्थ्यो । वाम तथा प्रजातान्त्रिक आन्दोलनमा योगदान पुयाएका बयोवृद्धहरु खगुलाल गुरुङ, (प्युठान), मोति प्रसाद मिदुन (सुर्खेत), श्रीराम घिमिरे (चितवन), जयराज भण्डारी (कैलाली), चन्द्र वदन श्रेष्ठ (कपिलवस्तु), तिलक मान वि.क. (उदयपुर), मनिराम खनाल (दाङ) लाई मानार्थ मञ्चमा आसन ग्रहण गराइएको थियो । रक्तिम सांस्कृतिक अभयानका कलाकारहरुले बीचबीचमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सुरुमा बुटवलको राजमार्ग चौराहाबाट हजारौको जुलुसले नगर परिक्रमा गरी रूपन्देही उद्योग व्यापार सङ्घको प्राङ्गणमा पुगी सभामा परिणत भएको थियो ।
बन्द सत्र (दोस्रो दिन) । सर्वप्रथम का. दुर्गा पौडेल, का. शङ्कर बराल, का. मनोज भट्ट, का. केवलराम थारू र का. गिरी प्रसाद बुढा सहितको ५ सदस्यीय अध्यक्ष मण्डल चयन गरियो । यस सत्रमा अध्यक्ष का. चित्र बहादुर के.सी. ले राजनीतिक प्रतिवेदन, महासचिव का. सन्त बहादुर नेपालीले विधानमाथि संशोधन प्रस्ताव, घोषणा पत्रमा संशोधन प्रस्ताव, का. रश्मीराज नेपाली र समसामयिक प्रस्ताव का. कृष्ण अधिकारीले हाउसमा प्रस्तुत गर्नु भएको थियो । १३ वटा समूह निर्माण गरी उपर्युक्त प्रतिवेदन तथा प्रस्ताव उपर छलफल गरी पारित गरिएको थियो । का. सन्त बहादुर नेपाली, का. भैरव राज रेग्मी र का. मीना पुन रहनु भएको निर्वाचन मण्डल गठन गरी यस निर्वाचन मण्डलले केन्द्रीय समितिको निर्वाचन सम्पन्न गरेको थियो । यसै सत्रमा केन्द्रीय समितिका पदाधिकारी, सल्लाहकार सदस्य एवं राष्ट्रिय परिषद्का स्थायी सदस्यहरुको नाम पनि वाचन गरिएको थियो ।
समापन सत्र (तेस्रो दिन) । नव निर्वाचित कार्यकारी अध्यक्ष का. रश्मीराज नेपालीको अध्यक्षता र राजेन्द्र ढुङ्गानाको सञ्चालन भएको यस सत्रमा नव निर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिनेहरुमा का. विमल शर्मा, (प्रवक्ता, नेकपा (मसाल), का. निर्मला अर्याल (प्रतिनिधि), का. कल्पना भण्डारी (प्रतिनिधि), का. कपिल पौडेल (स्वयंसेवक), का. निम बहादुर बुढाथोकी, अध्यक्ष, अखिल नेपाल जनजाति सम्मेलन र का. सन्त बहादुर नेपाली (पूर्व महासचिव) हुनु हुन्थ्यो ।  

३.    यो सम्मेलनले नया संविधानलाई लागु गर्न र सङ्घीयतालाई खारेज गर्न विशेष जोड दिएको छ । जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त संविधान सभाद्वारा नया संविधान निर्माण भएको छ । यो संविधानमा लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, मौलिक अधिकार, व्यवस्थापिकासंसदद्वारा प्रधानमन्त्रीको चयन र व्यवस्थापिकासंसदप्रति उत्तरदायी हुने व्यवस्था लगायत कैयन् राम्रा कुराहरुको व्यवस्था छ । संयुक्त जनआन्दोलन र विशेष गरी संविधान निर्माणका क्रममा देखा परेका जातिवाद, क्षेत्रीयतावाद, बहुराष्ट्रवाद, जातीय राज्य, एक मधेश एक प्रदेश जस्ता गम्भीर प्रकारका गलत नीति र मान्यता पराजित भएका छन् । त्यसकारण उपर्युक्त प्रकारका गलत नीति र मान्यताहरु राख्ने राजनीतिक शक्ति, समूह र बाह्य शक्तिहरु विशेष गरी भारतीय विस्तारवादले यो संविधानलाई लागु गर्न अवरोध गर्ने तथा संविधानका कैयन् सकारात्मक कुराहरुलाई परिवर्तन गरेका छन् र अझ त्यस प्रकारका परिवर्तन गर्न प्रयत्न भइरहेका छन् । तसर्थ हाम्रो पार्टीले यो संविधानलाई लागु गर्न जोड दिएको छ । देशको सामाजिक, राजनीतिक र आर्थिक हित विपरीतका व्यवस्था, सङ्घीयता, नागरिकता सम्बन्धी घातक व्यवस्था खारेज गर्न सम्मेलनले जोड दिएको छ र प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासन सहितको एकात्मक शासन प्रणाली स्थापना गर्न जोड दिइएको छ ।

४. यो सम्मेलनले का. चित्र बहादुर के.सी.को नेतृत्वमा ३१ पूर्ण र ६ वैकल्पिक सदस्य गरी ३७ सदस्यीय केन्द्रीय समितिको चयन गरेको छ । ६ जना सल्लाहकार तथा २०५ जनाको राष्ट्रिय परिषद्को गठन भएको छ ।

५. हाम्रो पार्टी पहिलो पटक सरकारमा गएको छ । यो सम्मेलनले सरकारमा पार्टीको संग्लनतालाई सही ठहराएको छ ।

६.    प्रवासी नेपालीहरुलाई देशमा हुने आम निर्वाचनमा मतदान गर्ने र प्रतिनिधित्वको व्यवस्थाको माग भारतीय नाकाबन्दीको विरोध र अन्तर्राष्ट्रिय कानुन तथा अभिसन्धिहरुका आधारमा पारवहन अधिकारको सुनिश्चित गर्ने इन्धन तथा ग्यासको सहज आपूर्ति, महङ्गी, कालो बजारी, तस्करी, भ्रष्टाचार जस्ता अपराधजन्य कार्यको रोकथाम र कारवाहीको माग, सहकारीका नाममा भएका नीतिगत र आर्थिक भ्रष्टाचारको रोकथाम र अपराधिमाथि कारवाहीको माग लगायत अमेरिकी साम्राज्यवादले इराक, लिबिया, इजिप्ट, सिरिया, अफगानिस्तानमा गरेको मानवतावाद विरोधी कार्य र हालै उत्तर कोरियामाथि साम्राज्यवादी देशहरुले आर्थिक नाकाबन्दी लगाउन गरेको प्रयासलाई विरोध र निन्दा गरेको छ ।

७. अन्तमा, राष्ट्रिय जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई भव्य रूपमा सफल पार्न लागेका पार्टीका सबै समिति र साथी, शुभचिन्तक तथा सहयोग गर्ने मित्र, पत्रकार मित्र, अतिथि तथा स्वयंसेवक सवैलाई हार्दिक धन्यवाद दिन चाहान्छौ ।

सम्मेलनद्वारा पारित समसामयिक प्रस्ताव

१. जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षबाट संविधान सभाले ल्याएको नया संविधान कार्यान्वयन हुनु पर्दछ ।
२. देशको सामाजिक, राजनीतिक र आर्थिक हित विपरीत संविधानमा व्यवस्था गरिएको सङ्घीयता सम्बन्धी सबै प्रावधानहरु खारेज हुनु पर्दछ ।
३. प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय स्वायत्त शासन सहितको एकात्मक शासन प्रणाली कायम गरिनु पर्दछ ।
४. संविधानमा व्यवस्था गरिएका घातक नागरिकता सम्बन्धी प्रावधानका कारण देशमा गैरनेपालीको बहुमत हुने र नेपालीद्वारा अल्पमतमा पारी देश फिजीकरण तथा सिक्किमीकरणको दिशामा पनि खतरा भएको हुदा नागरिकता सम्बन्धी व्यवस्था सच्याउनु पर्दछ ।
५. ठूलो सङ्ख्यामा विदेशमा रहका प्रवासी नेपालीको आम निर्वाचनमा आफू रहेको स्थानबाट मत दिने अधिकार र संसदमा उनीहरुको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनु पर्दछ ।
६. नेपाल भूपरिवेष्ठित राष्ट्र भएको कारणले गर्दा छिमेकी मुलुकले पारवहन मार्ग दिनु पर्ने अन्तर्राष्ट्रिय कानुन तथा सन्धिका आधारमा भारतद्वारा निर्वाह पारवहन अधिकार सुनिश्चित गरिनु पर्दछ।
७. जातीयतावाद, क्षेत्रीयतावादबाट देशमा जातीय तथा राष्ट्रिय एकतामा बिग्रह पैदा भएको सन्दर्भमा त्यसको विरुद्ध सङ्घर्ष गर्दै जातीय सद्भाव कायम गर्न जाड दिनु पर्दछ ।
८. भारतसित भएका १९५० लगायत असमान सन्धिसम्झौता तत्काल खारेज गरिनु पर्दछ र दुई देशबीच आपसी हित र समानताका आधारमा नया सन्धि सम्झौता गरिनु पर्दछ ।
९. इराक, लिबिया, इजिष्ट, सिरिया, अफगानिस्तान लगायतका देशमा अमेरिकी साम्राज्यवादले आतङ्कवाद अन्त्यका नाममा गरिरहेको मानवता विरोधी अपराध जस्ता कार्यको घोर निन्दा र भत्र्सना गरिनु पर्दछ ।
१०. हालै उत्तर कोरियामाथि साम्राज्यवादी देशहरुले आर्थिक नाकाबन्दी लगाउन गरेको प्रयासलाई यो सम्मेलनले घोर निन्दा गर्दछ ।
११. महङ्गी, कालोबजारी, तस्करी, भ्रष्टाचार, कमिसनखोर जस्ता अपराधजन्य कार्यमा संलग्न व्यक्तिलाई तत्काल कारवाही गरिनु पर्दछ ।
१२. ग्यास, डिजल, पेट्रोल, मट्टितेल जस्ता दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गरिनु पर्दछ।
१३. भारतीय सिमानामा आवतजावत गर्दा नेपालीहरुमाथि हुने लुटपाट, ठगी, गुण्डागर्दी तथा सुरक्षाकर्मीको ज्यादतीलाई नियन्त्रण गर्न राज्यका तर्फबाट ठोस पहल गरिनु पर्दछ । त्यसका साथै अन्तर्राष्ट्रिय विमानस्थलमा समेत विदेशबाट आउने नेपालीहरुमाथि गरिने ठगी तथा दुव्र्यवहार बन्द गरिनु पर्दछ ।

फर्कनुहोस्

अन्य समाचार
श्रद्धाञ्जली सभा सम्पन्नमिति ः २०२६, पौष १७, विहीवार राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति ः २०२६, पौष १७, विहीवार राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.मिति ः २०२६, पौष १७, विहीवार नेकपा (मसाल) को शुभकामनामिति ः २०२६, पौष १७, विहीवार राजमोका सङ्गठनात्मक गतिविधि तीव्रमिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal