Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
वक्तब्यहरु
२०७२ फागुन १८ गते
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
इमेल ः rajamo2052@gmail.com



प्रेस वक्तव्य

२०७२ साल फागुन ३ गते रुपन्देहीको मुर्गीयामा मोटर साइकल दुर्घटनामा परी घाइते भएर त्यही कारणबाट नेपाल कम्युनिस्ट पार्टी (मसाल) का पी.वी.एम., मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष का. मित्रलाल भूसालको यही १३ गते काठमाडौं स्थित गंगालाल हृदयरोग केन्द्रमा उपचारको क्रममा भएको असामयिक निधनप्रति राष्ट्रिय जनमोर्चा गम्भीर दुःख प्रकट गर्दछ । उहाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाका शोक सन्तप्त परिवार तथा ने.क.पा.(मसाल) को सम्पूर्ण पार्टी पंक्तिप्रति समवेदना प्रकट गर्दछ ।
२०६४ तथा २०७० मा भएको संविधानसभाको दुइटै निर्वाचनमा का. मित्रलाल शर्मालाई राष्ट्रिय जनमोर्चाले समानुपातिक तर्फबाट उम्मेदवार खडा गरेको थियो । त्यसका साथै उहा राष्ट्रिय जनमोर्चाको पहलकदमीमा २०६६ सालको फागुन महिनामा काठमाडौंमा गठित संघीयताविरुद्धको राष्ट्रिय अभियान केन्द्रीय समितिको सदस्य तथा भारतमा गठित संघीयता विरुद्धको मञ्चको अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाले मुलुकभित्र तथा बाहिर विभिन्न माध्यमद्वारा राष्ट्रिय जनमोर्चाका नीति तथा कार्यक्रमलाई जनताका बीचमा पुयाउन उल्लेखनीय काम गर्दै आउनु भएको थियो । त्यसका साथै प्रवासमा बसेर नेपालको प्रजातान्त्रिक आन्दोलन तथा संघीयता विरुद्धको आन्दोलनमा समेत उहाको उल्लेखनीय भूमिका रहेको थियो । का. भूसालको निधनबाट नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनका साथै प्रवासस्थित नेपाली एकता समाजलाई पनि ठूलो क्षति पुगेको छ ।
नेकपा (मसाल) को केन्द्रीय कार्यालयले यही फागुन २१ गते काठमाडौंको पुरानो बानेश्वरस्थित ओम साइ क्याटरिङमा केन्द्रीयस्तरको श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्न गैरहेकोमा त्यसप्रति ऐक्यबद्धता प्रकट गर्दै  का. भूसालप्रति श्रद्धाञ्जली अर्पण गर्न त्यो कार्यक्रममा सहभागी भै सफल पार्न दलको सम्पूर्ण पंक्तिलाई आव्हान गर्दछु ।

मिति २०७२ फागुन १८ गते


चित्रबहादुर के.सी. 
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
श्रद्धाञ्जली सभा सम्पन्नमिति ः २०२६, पौष १७, विहीवार राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति ः २०२६, पौष १७, विहीवार सम्मेलनका निर्णयहरु सार्वजनिकमिति ः २०२६, पौष १७, विहीवार राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.मिति ः २०२६, पौष १७, विहीवार नेकपा (मसाल) को शुभकामनामिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal