Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
समाचार
श्रद्धाञ्जली सभा सम्पन्न
श्रद्धाञ्जली सभा सम्पन्न
दाङ । राष्ट्रिय जनमोर्चाकी साधारण सदस्य एवं लमही न.पा. २, टिकलीगढ निवासी रुक्मादेवी बसेलको निधन भएको तेह्रौं दिन २०७२ फागुन २३ गते श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
राजमो लमही नगर समितिको आयोजनामा सम्पन्न श्रद्धाञ्जली सभाको सभापतित्व रुक्मदेवीकी पति लक्षिराम बसेलले गर्नु भएको थियो । राजमो लमही नगर समितिका अध्यक्ष पदम प्रसाद गोराथोकीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त सभालाई बुद्धिजीवी सङ्घका महासचिव शशिधर भण्डारी, रक्तिम सांस्कृतिक अभियानका महासचिव नारायण योगी, किसान सङ्घका केन्द्रीय सदस्य प्रेम नारायण आचार्य, युवक सङ्घका केन्द्रीय सल्लाहकार काशिनाथ पोख्रेल, राजमो दाङका सल्लाहकार दिलिप राज खनाल, जिल्ला सचिव गणेश आचार्य, शिक्षक सङ्घका कोषाध्यक्ष तारा बेलबासे, अन्टुकका केन्द्रीय सदस्य ठाकुर प्रसाद भण्डारी, अखिल (छैठौँ) का जिल्ला अध्यक्ष वसन्ता आचार्य, शिक्षक सङ्घ प्युठानका जिल्ला प्रतिनिधि गोपाल सिंह थापा, प्युठानका सदस्य खगेन्द्र खत्री, राजमो प्युठानका जिल्ला सदस्य गिर बहादुर गुरुङ, शिक्षक सङ्घ दाङका सचिव भानु जिएम, जनता उमावि कालाकाटेका प्राचार्य लोकेन्द्र के.सी., बाल जनता उमावि वनगाउँका प्राचार्य कृष्ण प्रसाद भुसाल, राजमो दाङका सहसचिव वसन्त राज पौडेल लगायतले शोक मन्तव्य व्यक्त गर्नु भएको थियो ।
राजमो लमही नगर समिति सदस्य हरि थापाको सञ्चालनबाट सुरु भएको श्रद्धाञ्जली सभामा मृतकका जेठा छोरा यम प्रसाद बसेल, माहिला पदम प्रसाद बसेल र कान्छा रुमाल प्रसाद बसेल र मृतकका पति लक्षिराम बसेलले मृतक रुक्मादेवी बसेलको नाममा ५० हजार रूपैयाको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका थिए । मृतक रुक्मादेवी बसेलको जीवनीमाथि कान्छा छोरा शिक्षक दाङ जिल्ला सल्लाहकार रुमाल प्रसाद बसेलले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा मृतकप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
फर्कनुहोस्

अन्य समाचार
राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति ः २०२६, पौष १७, विहीवार सम्मेलनका निर्णयहरु सार्वजनिकमिति ः २०२६, पौष १७, विहीवार राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.मिति ः २०२६, पौष १७, विहीवार नेकपा (मसाल) को शुभकामनामिति ः २०२६, पौष १७, विहीवार राजमोका सङ्गठनात्मक गतिविधि तीव्रमिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal