rajamo
। । । । । । । । ताजा सामाचार
अन्तर्वाता / लेख

अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौं 
नया पिढिका हजारौं क्रान्तिकारीहरुलाई पार्टीमा भर्ना गरौं 
यही सालको कार्तिक २२ गते अर्थात् तद्नुसार ७ नोभेम्वर २०१६ देखि अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रम शुरु हुन्छ र त्यो कार्यक्रम एक वर्षसम्म चल्नेछ ।
लेनिनको नेतृत्वमा भएको अक्टोवर क्रान्तिको मानव जातिको इतिहासमा नै ठूलो महत्व छ । त्यो क्रान्तिपछि नै विश्वको इतिहासमा प्रथमपटक स्टालिनको नेतृत्वमा रुसमा समाजवादी व्यवस्थाको निर्माण भएको थियो र पछि समाजवादी व्यवस्थाले विश्वव्यापी रुप लिएको थियो ।  
अब रुस र विश्वव्यापी रुपमा समाजवादी व्यवस्थाको पतन भैसकेको छ । तर त्यसको गौरवपूर्ण इतिहास छ । त्यसले विश्वभरिको समाजवादी आन्दोलनलाई प्रेरणा दिन्छ र पथप्रदर्शन गर्दछ । त्यसैले हामीले अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रमलाई वर्षभरि विभिन्न कार्यक्रमहरु सहित भव्यरुपले मनाउने ठेगान गरेका छौं । 
शतवार्षिकी कार्यक्रमअन्तर्गत सभा, कोणसभा, अन्तरक्रिया, विचारगोष्ठी, सांस्कृतिक कार्यक्रम, मार्च, जनभेटघाट आदि आयोजना गरिनेछ । यी कार्यक्रमहरुका साथै संगठनात्मक अभियान पनि संगठित रुपमा संचालन हुनेछ । त्यो अभियानका दौरानमा लाखौं नया“ सदस्य बनाउन योजनाबद्ध प्रकारले प्रयत्न गरिने छ । त्यो शतवार्षिकी कार्यक्रमको प्रधान पक्ष हुनेछ । त्यसरी संगठनात्मक स्थिति मजबुत भएपछि हामीले देशको राजनीतिमा बढी प्रभावशाली र सशक्त भूमिका खेल्न सक्षम हुनेछांै । अझ बलियो संगठन भएपछि हामीहरु जनताका प्रगतिशील र न्यायपूर्ण मागहरु पूरा गर्न तथा देशको राष्ट्रियता, स्वाधिनता र सार्वभौमिकताको रक्षाका लागि बढी प्रभावशाली भूमिका खेल्न सक्नेछौं । संसद भित्र र बाहिर पनि देश र जनताका हितमा आफ्नो आन्दोलनलाई सशक्तरुपले अगाडि बढाउन सक्नेछौं । विश्व समाजवादी आन्दोलनमा पनि हामी महत्वपूर्ण योगदान दिन सफल हुनेछौं ।
हाम्रो पार्टीले शतवार्षिकी कार्यक्रमलाई सफल पार्न पूरा शक्ति लगाउनुका साथै मजदूर, किसान, महिला, युवक, विद्यार्थी, उत्पीडित जाति, जनजाति, बुद्धिजीवि, प्रवासी नेपाली आदिले संचालन गर्ने शतवार्षिकी कार्यक्रमहरुमा बढी भन्दा बढी सहयोग गर्ने, उनीहरुसित ऐक्यवद्धता कायम गर्ने र उनीहरुका कार्यक्रमहरुसित तालमेल गर्ने हाम्रो नीति र प्रयत्न हुनेछ । अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रमलाई भव्य रुपले सफल पार्न सम्पूर्ण जनतासित अपील गर्दछ ।
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal