rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org

मिति २०७३ पौष १० गते
प्रेस वक्तव्य
आज २०७३ पौष १० गते राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले), नेकपा (माले), नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल, बहुजन शक्ति पार्टी, ने.पा. राष्ट्रिय पार्टी र मधेश समता पार्टी नेपाल समेतको संयुक्त बैठक काठमाडौंमा बस्यो । त्यो बैठकले सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयकका विरुद्ध आन्दोलनलाई निरन्तर अगाडि बढाउने निर्णय गरेको छ । त्यसका लागि आजको बैठकले निम्नलिखित संघर्षको कार्यक्रमको घोषणा गरेको छ ।
१. पौष ११ गते सम्बन्धित जिल्लाहरुले पत्रकार सम्मेलन गरी संघर्षको कार्यक्रमको घोषणा गर्ने ।
२. पौष १२ देखि १८ गतेसम्म सपथ ग्रहणको पत्रमा ५ नं. प्रदेश अन्तर्गतका सबै नेपाली नागरिकहरुको हस्ताक्षर संकलन गर्ने ।
३. पौष १९ र २० गते ५ नं. क्षेत्र अन्तर्गतका सबै गाविस र नगरपालिकाका वडाहरुमा विरोध जुलुस गर्ने ।
४. पौष २१ देखि २६ गतेसम्म २७ गतेको विरोध जुलुस र सभाको तयारीका लागि जिल्ला जिल्लाको विशेषता अनुरुप प्रचार प्रसार गर्ने ।
५. पौष २७ गते केन्द्रीय नेताहरुको उपस्थितिमा ५ नं. प्रदेश अन्तर्गतका सबै जिल्लाहरुमा विशाल विरोध जुलुस तथा सभा गर्ने ।
उक्त संयुक्त संघर्षका कार्यक्रमलाई सफल पार्नका लागि हामीले सम्पूर्ण जनतास“ग अपील गर्दछौं ।

 
दुर्गा पौडेल
उपाध्यक्ष, प्रवक्ता तथा सांसद

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal