rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org


मितिः २०७३ माघ ४ गते

प्रेस वक्तव्य

राष्ट्रिय जनमोर्चा कंचनपुर जिल्ला अध्यक्ष लोकेन्द्र लम्साल, अखिल (छैठौं) का केन्द्रीय सचिव महेश जोशी र अखिल (छैठौं) केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष भिमराज जोशीको गिरफतार र राजमो जिल्ला सदस्य निरु विक माथि पुरुष प्रहरीबाट भएको हातपातको घटनाप्रति राष्ट्रिय जनमोर्चा घोर भ्रत्सना गर्दछ ।

भारतीय दुतावासको सहयोगमा बनेका भवनहरुको निरिक्षण र पन्चेश्वर परियोजनाको बारेमा त्यस क्षेत्रका कर्मचारीहरुलाई जानकारी गराउनको लागी कंचनपुर पुगेका भारतीय राजदुत रंजित रे को विरुधमा राष्ट्रिय जनमोर्चा कंचनपुरले विरोध कार्यक्रम आयोजना गरेको थियो । 

भारतीय विस्तारवादले नेपालको आन्तरिक मामिलामा लगातार गर्दै आइरहेको हस्तक्षेपको विरुद्धमा राष्ट्रिय जनमोर्चाले निरन्तर रुपमा संघर्ष गर्दै आएको छ । नेपाली जनताले राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई अझ दृढताकासाथ अगाडि बढाउनु पर्ने आवश्यकता रहेको छ । 

प्रजातन्त्रमा शान्तिपूर्ण विरोध पर्दशन गर्न पाउने अधिकारलाई लत्ताउदै आज विरोध कार्यक्रममाथि जुन प्रकारको हस्तक्षेप भएको छ त्यस प्रति खेद प्रकट गर्दै गिरफतार सम्पूर्ण साथीहरुको तत्काल रिहाइको लागि हाम्रो पार्टी सरकारसंग जोडदार माग गर्दछौ । 

चित्र बहादुर केसी
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal