rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

शतवार्षिकी कार्यक्रम सहित युएईमा तेस्रो राष्ट्रिय सम्मेलन हुँदै

दुबई । युएईमा रोजगाररत रहेका सम्पूर्ण प्रवासी नेपालीहरूको अभिभावकीय सङ्गठन युएई नेपाली एकता समाजले ऐतिहासिक तेस्रो राष्ट्रिय सम्मेलन अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सहित गर्ने भएको छ । २७ जनवरी २०१७ का दिन बरदुबईमा सम्पन्न समाजको केन्द्रीय समितिको आठौँ पूर्ण बैठकले २४ मार्च २०१७ का दिन युएई नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । 

बैठकले तेस्रो राष्ट्रिय सम्मेलन सफल पार्न वर्तमान केन्द्रीय समितिलाई नै सम्मेलन आयोजक समितिमा रूपान्तरण गर्दै त्यसमा केही सदस्यहरू थप गरे । ३५ सदस्यीय सम्मेलन आयोजक मूल समिति गठन गरेको छ । गठित समितिको संयोजक कृष्ण केसी रहनु भएको छ । समितिका सदस्यहरूमा चिरन केसी, जय विक, प्रेमराज भण्डारी, पशुपति शर्मा, लेखनाथ अधिकारी, एकराज रिजाल, धनसिंह पुलामी, हर्क बहादुर नेपाली, भानुभक्त शर्मा, पुष्पमणि शर्मा, तुलसी राम खनाल, विनोद गोतामे, सावित्रा एमसी, शालिक राम बन्जाडे, यम पुन, गम भण्डारी, विष्णु बस्याल, योगेन्द्र थापा, जिएन शर्मा, महेश शर्मा, काशिराम शर्मा, सावित्रा घिमिरे, तुलसा थापा, केपी विरही, बिरु सुनार, शिवराज जैशी, खिमलाल पाण्डे, डम्बर बहादुर भण्डारी, कृष्ण भुसाल, दिनेश थापा, डम्बर नेपाली, विशाल बस्नेत, शान्त गिरी र शम्भु विश्वकर्मा रहनु भएको छ ।

बैठकले तेस्रो राष्ट्रिय सम्मेलन र अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम साथ साथ अघि बढाउने निर्णय गर्दै क्षेत्रीय समितिहरू पुनर्गठन तथा गठनका लागि विशेष जिम्मेवारी समेत तोकेको छ । जस अनुसार आवुधाबी क्षेत्रका लागि कृष्ण केसी, जय विक र प्रेमराज भण्डारी, दुबई क्षेत्रका लागि प्रेमराज भण्डारी, लेखनाथ अधिकारी, धनसिंह पुलामी र विनोद गोतामे, शारजहाँ क्षेत्रका लागि चिरन केसी, भानुभक्त शर्मा र हर्क बहादुर नेपाली, अमलक्विन क्षेत्रका लागि चिरन केसी र पुष्पमणि शर्मा, रसअलखेमा क्षेत्रका लागि यम पुन, प्रेमराज भण्डारी, कृष्ण केसी र भानुभक्त शर्मा, अल्यान क्षेत्रका लागि कृष्ण केसी र शिवराज जैशी र फुजेराह क्षेत्रका लागि एकराज रिजाल, कृष्ण भुसाल र यम पुनलाई बैठकले विशेष जिम्मेवारी दिएको समाजका महासचिव प्रेमराज भण्डारीले बताउनु भयो । महासचिव भण्डारीका अनुसार २४ मार्च २०१७ मा सम्पन्न गरिने तेस्रो राष्ट्रिय सम्मेलनको पाँच सदस्यीय प्रचार प्रसार मूल समितिमा खिमलाल पाण्डे, धनसिंह पुलामी, विनोद गोतामे, भानुभक्त शर्मा र पावेश शर्मा रहनु भएको छ । बैठकले आर्थिक विभागको जिम्मा कोषाध्यक्ष लेखनाथ अधिकारी र एकराज रिजाललाई दिएको जानकारी समेत महासचिव भण्डारीले दिनु भयो । 

अर्घाखाँचीमा राजमोको प्रशिक्षण

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले धारापानी गाविस सहित विभिन्न स्थानहरूमा प्रशिक्षणात्मक भेलाहरू सम्पन्न गरेको छ । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमका सिलसिलामा २०७३ माघ २२ गते धारापानी गाविसमा सम्पन्न प्रशिक्षण भेलाले बाबुराम बन्जाडेको संयोजकत्वमा एक सय ४१ सदस्यीय गाउँ परिचालन समिति गठन गरेको छ । राजमो धारापानी गाउँ समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षता र कृष्ण केसीको सञ्चालनमा अघि बढेको कार्यक्रममा राजमोका पूर्व केन्द्रीय सदस्य सागर केसी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा अखिल नेपाल किसान सङ्घका महासचिव कृष्ण केसी, राजमो जिल्ला अध्यक्ष झविलाल थापा, युवा सङ्घका महासचिव बाबुराम पन्थी, बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, शिक्षक सङ्घका पूर्व जिल्ला अध्यक्ष कमल घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

नरपानी र तीनडाँडामा प्रशिक्षण

अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमकै सिलसिलामा राजमो अर्घाखाँची ४ नं. परिचालन समितिले नरपानी र तीनडाँडा गाविसमा पनि प्रशिक्षण सम्पन्न गरेको छ ।माघ २१ गते नरपानी गाविसमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता थम्मन केसीको प्रमुख आतिथ्यता रहेको थियो । राजमो नरपानी गाउँ समितिका अध्यक्ष पूर्ण बहादुर सिंजालीको अध्यक्षता र पदम केसीको सञ्चालनमा अघि बढेको उक्त प्रशिक्षण भेलामा राजमोका लुम्बिनीराप्ती क्षेत्रीय समितिका उपाध्यक्ष शेर बहादुुर विसी, केन्द्रीय सल्लाहकार यमलाल पोख्रेल, बुद्धिजीवी सङ्घका केन्द्रीय अनिल किशोर घिमिरे, युवा नेता कुलराज खनाल, प्रगतिशील पत्रकार सङ्घ केन्द्रीय सदस्य श्याम घिमिरे, अखिल (छैठौँ) का केन्द्रीय सदस्य गोपाल भट्टराई, महिला सङ्घका कोषाध्यक्ष मीना जिसी, जातीय समता समाजका जिल्ला सहसचिव ठाकुर पन्थी लगायतको उपस्थिति रहेको थियो । प्रशिक्षण भेलाले पदम केसीको संयोजकत्वमा ६५ सदस्यीय परिचालन समिति समेत गठन गरेको छ । कार्यक्रममा नरपानी गाउँ समितिका उपाध्यक्ष लोक बहादुर केसीले स्वागत गर्नु भएको थियो । 

यसै गरी माघ १५ गते तीनडाँडामा पनि प्रशिक्षण सम्पन्न भएको छ । राजमो तीनडाँडा गाउँ समितिका अध्यक्ष ऋषिराम भुसालको अध्यक्षता, लेखनाथ भुसालको सञ्चालन र लीला भुसालको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रममा राजमोका पूर्व केन्द्रीय सदस्य सागर केसी, ४ नं. टोलीका संयोजक एवं नेकपा (मसाल) का जिल्ला प्रवक्ता थम्मन केसी, परिचालन समितिका सहसंयोजक गोविन्द विसी, चन्द्र प्रसाद बन्जाडे, शिक्षक सङ्घका पूर्व अध्यक्ष कमल प्रसाद घिमिरे, महिला सङ्घका केन्द्रीय सदस्य कल्पना पोख्रेल, राजमो नगर अध्यक्ष सिद्धि प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

सन्धिखकर्कका विभिन्न वडामा प्रशिक्षण

सन्धिखर्क नगरपालिकाको वडा नं. १ र २ मा राजमो अर्घाखाँची ४ नं. परिचालन समितिले प्रशिक्षण सम्पन्न गरेको छ । माघ १६ गते वडा नं. १ मा सम्पन्न प्रशिक्षणमा नेकपा (मसाल) का जिल्ला प्रवक्ता थम्मन केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गोविन्द जिसी, यमलाल पोख्रेल, सागर केसी, कतार नेपाली एकता समाजका केन्द्रीय सदस्य राम प्रसाद पराजुली, महिला नेतृ कल्पना पोख्रेल, राजमो नगर अध्यक्ष सिद्धि प्रसाद भट्टराई, कमल प्रसाद घिमिरे, किसान सङ्घका जिल्ला अध्यक्ष जीव नारायण घिमिरे लगायतका नेताहरूको उपस्थिति रहेको थियो । राजमो सन्धिखर्क वडा नं. १ का अध्यक्ष राजेन्द्र नेपालीको अध्यक्षता, उपाध्यक्ष मीना जिसीको सञ्चालन र सदस्य राधा आचार्यको स्वागतबाट अघि बढेको प्रशिषण भेलाले राजेन्द्र नेपालीको संयोजकत्वमा ५१ सदस्यीय परिचालन समिति समेत गठन गरेको छ ।

यसै गरी, माघ १५ गते वडा नं. २ मा राजमो वडा समितिका अध्यक्ष जीव नारायण खनालको अध्यक्षतामा प्रशिक्षण भेला सम्पन्न भएको छ । राजमोका पूर्व महासचिव सन्त बहादुर नेपालीको प्रमुख आतिथ्यता रहेको प्रशिक्षण भेलामा ४ नं. टोली संयोजक थम्मन केसी, गोविन्द जिसी, चन्द्र प्रसाद बन्जाडे, शिक्षक सङ्घका केन्द्रीय सदस्य टेक बहादुर थापा, युवक सङ्घका जिल्ला अध्यक्ष कविराम खनाल, मीना जिसी, कमल प्रसाद घिमिरेको पनि आतिथ्यता रहेको थियो । प्रशिक्षण भेलाले जीव नारायण खनालको संयोजकत्वमा एक सय सदस्यीय परिचालन समिति समेत गठन गरेको छ । कार्यक्रमको सञ्चालन वडा समितिका उपाध्यक्ष तुल्सी खनाल र स्वागत सचिव विष्णु बन्जाडेले गर्नु भएको थियो ।

खाँचीकोटमा प्रशिक्षण र परिचालन समिति 

४ नं. परिचालन टोलीकै अगुवाइमा खाँचीकोट गाविसमा पनि प्रशिक्षण सम्पन्न हुनुका साथै दिलदार हुसेनको संयोजकत्वमा ६५ सदस्यीय परिचालन समिति गठन गरिएको छ । राजमो पूर्व महासचिव सन्त बहादुर नेपाली प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता थम्मन केसी, राजमोका नेताहरू गोविन्द जिसी, कविलाल खनाल, बुद्धिजीवी पिताम्बर भट्टराई, महिला नेतृ मीना जिसी, टेक बहादुर थापा लगायत सहभागी हुनु हुन्थ्यो । कार्यक्रमको अध्यक्षता राजमो खाँचीकोट गाउँ समिति अध्यक्ष हस्त बहादुर पाण्डे, सञ्चालन सचिव दिलदार हुसेन र स्वागत कोषाध्यक्ष गोपाल खनालले गर्नु भएको थियो । 

बाल समिति गठन

अभियान परिचालन समितिको ४ नम्बर टोलीको आयोजनामा माघ १९ गते सन्धिखर्क, तारामार्गको शान्तिनगर टोलमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलामा प्रशिक्षणमूलक मन्तव्य राख्दै टोली संयोजक तथा नेकपा (मसाल) का जिल्ला प्रवक्ता थम्मन केसीले यो महान कार्यमा सक्रियतापूर्वक लाग्न सबै नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गर्नु भयो । सयौँ कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न सो भेलाले प्रविन खनालको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल बाल सङ्घको समिति गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सुमन खनाल, विकल अधिकारी, अरबिन खनाल र प्रविन गैरे चयन हुनु भएको छ । यस्तै, समितिको सदस्यहरूमा सरोज खनाल, विश्व बन्जाडे, विविध गैरे, सामना गैरे, रोहन पौडेल, सन्तोष भुसाल, प्रिन्स भुसाल र बिपिन आचार्य रहनु भएको छ ।

सुमन खनालको अध्यक्षता, विकल अधिकारीको स्वागत मन्तव्य र प्रविन खनालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा ४ नम्बर टोलीका सहसंयोजक गोबिन्द बिसी, सदस्य मीना बिसी र अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य गीता पाण्डे केसीले मन्तव्य राख्नु भएको थियो ।

खिल्जी र नुवाकोटमा भेला तथा प्रशिक्षण

यस्तै सोही दिन राष्ट्रिय जनमोर्चाको अर्काे टोलीले खिल्जीमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।ज्ञान बहादुर सुनारको अध्यक्षता, मोतिराम चुदालीको स्वागत मन्तव्य र थानेश्वर बेल्बासेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल थापा, केन्द्रीय सल्लाहकार यमलाल पोख्रेल, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे र प्रगतिशील पत्रकार सङ्घ नेपालका केन्द्रीय सदस्य श्याम प्रसाद घिमिरेले अभियानको महत्व र देशको समसामयिक विषयमा प्रशिक्षण दिनु भएको थियो । भेलाले खिल्जी गाविसमा एक वर्षभरि अक्टोबर क्रान्तिको कार्यक्रम सञ्चालन गर्नका निम्ति द्रोण भण्डारीको संयोजकत्वमा ७१ सदस्यीय अभियान परिचालन समिति गठन गरेको छ ।

यसैबीच, ४ नम्बर टोलीले माघ १९ गते नै नुवाकोट गाविसमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्ने वक्ताहरूले नेपाली जनताको मतले सत्तामा पुगेका दलहरू भारतीय एजेन्ट जस्तै बनेर राष्ट्रलाई कमजोर पार्ने काममा लागेको आरोप लगाएका थिए ।

राष्ट्रिय जनमोर्चा नुवाकोटका अध्यक्ष चेत नारायण गैरेको अध्यक्षता, ज्ञान बहादुर पाण्डेको स्वागत मन्तव्य र दल बहादुर केसीको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा ४ नम्बर टोली संयोजक तथा नेकपा (मसाल) का जिल्ला प्रवक्ता थम्मन केसी, सहसंयोजक गोविन्द बिसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर अध्यक्ष सिद्धि भट्टराई, कुवेत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष महेश पुन, अखिल (छैठौँ) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य दधिराम आचार्य, अखिल नेपाल महिला सङ्घकी जिल्ला कोषाध्यक्ष मीना बिसी, जिल्ला सदस्य लीला भुसाल, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य कमला गैरे, जातीय समता समाजका क्षेत्रीय सदस्य तथा जिल्ला कोषाध्यक्ष राजेन्द्र नेपाली र प्रगतिशील पत्रकार सङ्घ नेपालका जिल्ला अध्यक्ष विनोद गैरेले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियोे ।

सयौँको सङ्ख्यामा राष्ट्रिय जनमोर्चा नुवाकोटका नेता तथा कार्यकर्ता उपस्थित भएको भेलाले नुवाकोट गाविसमा अक्टोबर क्रान्तिको शतवार्षिकी अभियानलाई व्यवस्थित गर्नका निम्ति चेत नारायण गैरेको संयोजकत्वमा नौ जना सचिवालय सहित एक सय एक सदस्यीय परिचालन समिति गठन गरेको राजमो नुवाकोटले बताएको छ ।

बन्दीपोखरामा प्रशिक्षण सम्पन्न

पाल्पा । बन्दीपोखरा गाविसको वडा नं. ७ मा राष्ट्रिय जनमोर्चाको आयोजनामा प्रशिक्षण सम्पन्न भएको छ । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत २०७३ माघ २२ गते प्रशिक्षण कार्यक्रम गरिएको हो । जेष्ठ सदस्य भक्तलाल गहतराजको अध्यक्षता तथा राजमो गाउँ समिति सचिव केबी गहतराजको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मोहनलाल गहतराजले स्वागत गर्नु भएको थियो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोम कुमार कार्कीले प्रशिक्षण दिनु भएको सो कार्यक्रममा राजमो बन्दीपोखरा गाउँ समितिका अध्यक्ष बासुदेव बोहराको पनि आतिथ्यता रहेको थियो ।

प्युठानमा सांस्कृतिक सभा

खलङ्गा । प्युठानको पुजा गाविसको वाग्लिवाङमा राष्ट्रिय जनमोर्चा गाउँ समितिको आयोजनामा शतवार्षिकी कार्यक्रम अन्तर्गत २०७३ माघ २२ गतेका दिन सांस्कृतिक सभा गरिएको छ । उक्त सभालाई प्रमुख अतिथिको आसनबाट राजमोका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण खड्काले सम्बोधन गर्नु भएको थियो । सभालाई राजमो केन्द्रीय सदस्य तथा जातीय समता समाजका केन्द्रीय सल्लाहकार गोपाल नेपाली, उद्योग वाणिज्य सङ्घ प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने लगायत विभिन्न जनवर्गीय मोर्चाका अतिथिहरूले समेतले सम्बोधन गर्नु भएको थियो । सभामा विभिन्न राजनैतिक पार्टी परित्याग गरी सयौँको सङ्ख्यामा राजमोमा प्रवेश गरेका थिए । उक्त सभामा रक्तिम सांस्कृतिक अभियान प्युठानका कलाकार टोलीले विशेष सांस्कृतिक प्रस्तुतिहरू दिइएको थियो ।

झापामा राजमोको भेला सम्पन्न

झापा । राष्ट्रिय जनमोर्चा झापाको अध्यक्षमा अविचन्द्र भण्डारी चयन हुनुभएको छ । अक्टोबर क्रान्तिको झण्डालाई उचा राख्न नयाँ पिंढीबाट हजारौँ हजार क्रान्तिकारीहरू भर्ना गरौँ, अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौँभन्ने नाराका साथ राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको शतवार्षिकी कार्यक्रमका सिलसिलामा झापामा सम्पन्न भेलाले ९ सदस्यीय जिल्ला समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोकुल सुब्बा, सचिव देवीप्रसाद चापागाई, सहसचिव रोशन राई अनुरागर कोषाध्यक्षमा रीता राई चयन हुनुभएको छ । सदस्यहरूमा नवराज ढुङ्गाना, डम्बर राई, धर्म सङ्ग्रौला र रेखा बराल रहनुभएको छ । 

भेलाले शतवार्षिकी कार्यक्रमलाई सफल पार्न व्यवस्थापनको जिम्मेवारी देवीप्रसाद चापागाई र प्रचारप्रसारको जिम्मा रोशन राई अनुरागलाई दिएको छ । २०७३ माघ २४ गते चन्द्रगढीमा सम्पन्न भेलाको प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य एवं मेचीकोशी क्षेत्रीय समितिका अध्यक्ष सुरेन्द्र भण्डारी हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा नेकपा (मसाल) मेची कोशी क्षेत्रका प्रवक्ता योगेन्द्र ढकाल रहनुभएको थियो । 

बेल्डाँडीमा जनसभा सम्पन्न

कञ्चनपुर । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत राष्ट्रिय जनमोर्चाले बेल्डाँडीमा जनसभा सम्पन्न गरेको छ । २०७३ माघ २२ गते सम्पन्न सो सभामा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य मनोज भट्टले सङ्घीयताको विरोध तथा राष्ट्रियताको रक्षा र लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने मुद्दालाई सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको थियो । 

कार्यक्रममा राजमो केन्द्रीय सदस्य राजाराम चौधरी, जिल्ला अध्यक्ष लोकेन्द्र लम्साल, राजमो कैलालीका अध्यक्ष लक्षीराम आचार्य, जातीय समता समाजका महासचिव गोविन्द विक, अखिल (छैठौँ) का सचिव महेश जोशी, बहराइन नेपाली एकता समाजका उपाध्यक्ष गीता नेपाली लगायतका वक्ताहरूले सम्बोधन गर्नु भएको थियो । अहिमान थापाको अध्यक्षता तथा अर्जुन धानुकको सञ्चालनमा अघि बढेको सभामा नगर समितिका कोषाध्यक्ष पार्वती रेग्मीले स्वागत गर्नु भएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य लक्ष्मी रिजाल नेतृत्वको टोलीले जोशिलो सांस्कृतिक प्रस्तुति दिएको थियो । 

 तिखातरमा राजमोको जुलुश र सभा

डोटी । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत डोटीको तिखातर गाविसमा राष्ट्रिय जनमोर्चाको जनसभा सम्पन्न भएको छ । २०७३ माघ २० गतेका दिन सम्पन्न सभा अघि जुलुसले लेकगडा बजार परिक्रमा गरेको थियो । सभालाई सम्बोधन गर्दैै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले संविधान संशोधन मार्फत् आफ्ना स्वार्थ पुरा गर्न भारतीय विस्तारवादले षडयन्त्र गरी रहेको र त्यसका लागि मुख्य राजनीतिक दलहरूको एकतालाई फुटाउन समेत सफल भएको बताउनु भयो । 

सभालाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य वेणी माधव जोशी, उपाध्यक्ष मिन बहादुर मलासी, सहसचिव डबल बोगटी, अखिल (छैठौँ) का केन्द्रीय सचिवालय सदस्य डबल तिरुवा, राजमो जिल्ला सदस्य सिद्धसिंह विक, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष हिक्मत परियार लगायतका वक्ताहरूले सम्बोधन गर्नु भएको थियो । राजमो तिखात्तर गाउँ समितिका अध्यक्ष गगन सिंह कठायतको सभापतित्व तथा गाउँ समिति जय बहादुर विकको सञ्चालनमा सम्पन्न सभामा कोषाध्यक्ष गणेश बोगटीले स्वागत गर्नु भएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले जोशिलो गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सभामा एक सय ३३ जना सर्वसाधारणले राष्ट्रिय जनमोर्चाको सदस्यता लिएको केन्द्रीय सदस्य भट्टले जानकारी दिनु भयो ।

उदयपुरमा शतवार्षिकी कार्यक्रम

गाईघाट । अक्टोबर क्रान्तिको शतबार्षिकी कार्यक्रम अन्तर्गत उदयपुर जिल्लामा जातीय समता समाजका केन्द्रीय अध्यक्षको विशेष उपस्थितिमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । यस क्रममा दलित समुदायलाई समता समाजको सदस्यता दिने काम भएको छ ।

यसै क्रममा २०७३ माघ १८, १९ गते सदस्य वितरण गरी माघ २० गते उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा राष्ट्रिय जनमोचो जिल्ला कार्यालयमा जातीय समता समाजको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले १२ सदस्यीय जिला समिति चयन गरेको छ । जसको अध्यक्षमा बिमला विक, उपाध्यक्षमा सबिना धौलाकोटी, सचिवमा सङ्गीता विक, सहसचिवमा भिम बहादुर परियार र कोषाध्यक्ष जनसभा परियार रहनु भएको छ । त्यस्तै, सदस्यमा रन्जना विक र पुनम परियार रहनु भएको छ । समितिको वैकल्पिक सदस्यमा सुस्मिता परियार र बिना विक रहनु भएको छ । भेलामा तिलक मान विक, राम बहादुर परियार र दल बहादुर विकलाई सल्लाहकार चयन गरिएको छ । भेलामा प्रमुख अतिथि समता समाजका अध्यक्ष दिल बहादुर विश्वकर्मा हुन हुन्थ्यो । भेलामा समता समाजका सदस्य तिलक मान विक, अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय सदस्य लिल कुमार राई, राष्ट्रिय जनमोर्चा सगरमाथाजनकपुर क्षेत्रीय समितिका सदस्य मोहन बहादुर श्रेष्ठ, उदयपुर जिल्ला अध्यक्ष गङ्गाध्वज कार्की, अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष जसी राई, अखिल नेपाल जनजाति त्रिजुवा नगर अध्यक्ष राम बहादुर घिसिङ रहनु भएको थियो । कार्यक्रमको अध्यक्षता विमला विक, सञ्चालन लिल कुमार राईले गर्नु भएको थियो ।

 

 

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal