rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

बागलुङका गाउँगाउँमा अक्टोबर शतवार्षिकी कार्यक्रम

बागलुङ । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत बागलुङमा राष्ट्रिय जनमोर्चा सहित विभिन्न जनवर्गीय सङ्गठनहरूले गाउँगाउँमा विविध कार्यक्रम सम्पन्न गरेका छन् । यसै क्रममा २०७३ माघ २४ गते बुर्तिवाङ क्षेत्रमा राजमो नेता गौरिश्वर पाण्डेको नेतृत्वमा जन भेटघाट तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा राजमो जिल्ला सदस्य थमन घर्ती मगर, खिम विक्रम शाही लगायत सहभागी हुनु हुन्थ्यो । त्यसै गरी, माघ २५ गते जैदी गाविसमा पनि जन भेटघाट तथा सदस्यता वितरण गरिएको जनाइएको छ ।

नारायण स्थान गाविसमा सम्पन्न संयुक्त भेटघाट कार्यक्रमको अध्यक्षता लक्ष्मी नारायण श्रेष्ठ, सञ्चालन योगेन्द्र राज श्रेष्ठ र स्वागत ढुण्डिराज शर्माले गर्नु भएको थियो । राजमो जिल्ला सचिव धर्म बहादुर कुंवरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजमो जिल्ला सदस्य घनश्याम विक, पूर्व जिल्ला सदस्य लोकनाथ शर्मा र शिक्षक सङ्घका केन्द्रीय सदस्य गोविन्द पौडेलको पनि आतिथ्यता रहेको थियो ।

मल्म गाविसमा प्रशिक्षण भेला

माघ २३ गते मल्म गाविसमा राजमोको प्रशिक्षण भेला सम्पन्न भएको छ । गाउँ समितिका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, सचिव चुडामणि कँडेलको सञ्चालन र सल्लाहकार टङ्क बहादुर केसीको स्वागतबाट सम्पन्न कार्यक्रममा नेकपा (मसाल) बागलुङका प्रवक्ता धर्म कुँवरले सहभागीहरूलाई प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा शिक्षक सङ्घका केन्द्रीय सदस्य रामकान्त गोतम, डिलाराम कँडेल, विष्णु प्रसाद सापकोटा, तेज बहादुर मल्ल, हेमराज सुवेदी, विजुल गौतम, मनिष कँडेल लगायतको आतिथ्यता रहेको थियो ।

पाल्पामा घरदैलो अभियान

तानसेन । राष्ट्रिय जनमोर्चा पाल्पाले विभिन्न गाउँहरूमा घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । यस क्रममा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमका अवसरमा माघ २२ गते भैरवस्थान गाविस र २५ गते बन्दीपोखरामा घरदैलो तथा प्रशिक्षण भेला सम्पन्न भएको हो । राजमो जिल्ला सचिव तिलक गाहको नेतृत्वमा भैरवस्थानमा सम्पन्न जन भेटघाट तथा घरदैलो कार्यक्रममा गाउँ समितिका अध्यक्ष गम्भीर आले, जातीय समता समाजका जिल्ला उपाध्यक्ष धन कुमार खडरा लगायत सहभागी हुनु हुन्थ्यो । 

यस्तै, बन्दीपोखरामा सम्पन्न प्रशिक्षण भेलाको अध्यक्षता राजमो गाउँ समितिका सदस्य लाल बहादुर खाती र सञ्चालन नारायण खातीले गर्नु भएको थियो । सहभागीहरूलाई राजमो केन्द्रीय सदस्य सोम कुमार कार्की र बन्दीपोखरा गाउँ समितिका अध्यक्ष बासुदेव बोहराले विभिन्न विषयमा प्रशिक्षण दिनु भएको राजमो जिल्ला अध्यक्ष विशाल दर्लामीले जानकारी दिनु भयो ।

 डडेल्धुरामा राजमोको सङ्गठन विस्तार

अमरगढी । राष्ट्रिय जनमोर्चा डडेल्धुराले परशुराम नगरपालिका र कैलपालमाडौँ गाविसका विभिन्न वडाहरूमा सङ्गठन विस्तार गर्नुका साथै अन्तक्र्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।

२०७३ माघ २९ गते कैलपालमाडौँ गाविस वडा नं. ५ मा सम्पन्न भेलाले लाल बहादुर पानको अध्यक्षतामा एघार सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा जय बहादुर पान, सचिवमा करुण बहादुर खत्री तथा सदस्यहरूमा मेनसिंह पान, प्रताप सिंह पान, दल बहादुर पान, चक्र बहादुर खत्री, मिलन बहादुर पान, भक्तराज भट्ट रहनु भएको छ । समितिको दुई स्थान रिक्त राखिएको छ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लाल बहादुर जाग्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको अध्यक्षता दलजीत ऐरी, सञ्चालन भोजराज अवस्थी र स्वागत लाल बहादुर पानले गर्नु भएको थियो ।

यसै गरी, कैलपालमाडौँ गाविस वडा नं. ४ मा बलवीर दमाईको अध्यक्षतामा वडा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा खेम दमाई, सचिवमा जोगी दमाई र सदस्यहरूमा राम बहादुर भुल र सुखदेव भुल रहनु भएको छ । समितिको दुई स्थान रिक्त राखिएको छ 

मलासमा पनि सङ्गठन विस्तार

यसै गरी परशुराम नगरपालिकाको मलासमा पनि राजमोको वडा समिति गठन भएको छ । विनोद धामीको अध्यक्षतामा गठित समितिमा उपाध्यक्षमा महावीर धामी, सचिवमा वीर बहादुर धामी, कोषाध्यक्षमा विरख बहादुर धामी र सहसचिव कृष्ण बहादुर धामी रहनु भएको छ । समितिको सदस्यहरूमा उत्तम गुरुङ, धन बहादुर धामी, प्रकाश धामी, भक्त बहादुर धामी र हंशराज धामी रहनु भएको छ । समितिको एक स्थान रिक्त राखिएको छ ।

यस अघि मलासमा राजमोले अन्तक्र्रिया कार्यक्रम समेत सम्पन्न गरेको थियो । राजमो जिल्ला सचिव धन बहादुर बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तक्र्रियामा जिल्ला सदस्यद्वय फागुसिंह महता र गणेश जागरीको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता विनोद धामी, सञ्चालन बिर्ख बहादुर धामी र स्वागत हेम सुनारले गर्नु भएको थियो । 

प्युठानमा गाउँ समिति गठन

प्युठान । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत प्युठानको दुम्सीडाँडामा राष्ट्रिय जनमोर्चा गाउँ समिति गठन भएको छ ।

२०७३ माघ २८ गते सम्पन्न गाउँ समितिको अध्यक्षमा नन्दराम पुन चयन हुनु भएको छ । समितिको उपाध्यक्षमा पूर्ण खत्री, सचिवमा हेमराज थापा, सहसचिवमा धिरेन्द्र विक र कोषाध्यक्षमा गीता सुनार रहनु भएको छ । यसै गरी सदस्यहरूमा खोपिराम खड्का, ठम बहादुर घर्ती, कृष्ण पुन, पन्तराम खत्री, दोर बहादुर घर्ती, भुपराम पुन, बिर्ख बहादुर खत्री, लोकराज भुसाल र खेतुलाल घर्ती रहनु भएको छ । समितिको एक स्थान रिक्त राखिएको छ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गोपाल नेपालीको प्रमुख आतिथ्यता सम्पन्न उक्त भेलामा राजमो जिल्ला सदस्य दुर्गा प्रसाद भुसाल, सदस्य धन बहादुर केसी, अखिल नेपाल युवक सङ्घका जिल्ला सचिव टेक बहादुर राना, जातीय समता समाज राप्तीलुम्बिनीका क्षेत्रीय कोषाध्यक्ष पुष्पा परियारको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चा दुम्कीडाँडा गाउँ समितिका उपाध्यक्ष पूर्ण बहादुर खत्री, सञ्चालन गाउँ समितिका सचिव नन्दराज पुन र स्वागत गाउँ समितिका सदस्य हेमराज थापाले गर्नु भएको थियो । 

रोल्पाका गाउँगाउँमा परिचालन समिति

रोल्पा । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमका सिलसिलामा रोल्पाका गाउँगाउँमा परिचालन समिति गठन भएका छन् । 

२०७३ माघ २८ र २९ गते सम्पन्न राष्ट्रिय जनमोर्चा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम परिचालन समितिको आयोजनामा सम्पन्न प्रशिक्षण भेलाले क्षेत्र नं. १ र २ सहित सबै गाविसमा परिचालन समिति गठन गर्नुका साथै गाउँगाउँमा कार्यक्रम गर्ने निर्णय गरेको छ । क्षेत्र नं. १ को परिचालन समितिको संयोजकमा मेघनाथ विष्ट चयन हुनु भएको छ भने २ नं. क्षेत्रको संयोजकमा हस्तमणि पुन चयन हुनुभएको छ । १५÷१५ सदस्यीय दुवै समितिले फागुन र चैत महिनाका लागि गाउँगाउँमा भेला, प्रशिक्षण, जनभेटघाट, कोणसभा लगायत कार्यक्रम तय गरेका छन् ।

रोल्पा जिल्लाका दुवै क्षेत्रमा क्षेत्रीय परिचालन समितिसँगै सबै गाउँगाउँमा परिचालन समिति निर्माण गरिएको छ । क्षेत्र नं. १ अन्तर्गत लिवाङमा तिलक केसी, गजुलमा आकाश गिरी, टोवाङमा प्रचण्ड घर्ती, अडेसमा गीता ओली, पाङमा विष्ट, गुन्टालमा विन बहादुर विसी, नुवामा टोलाधिर घर्ती, जैमाकश्लामा दान बहादुर घर्ती, खुङ्ग्रीमा मिन कुमार मल्ल र घोडागाउँमा बुद्ध बहादुर रावतको संयोजकत्वमा परिचालन समिति बनेका छन् । 

यसै गरी २ नं. क्षेत्रका नुवागाउँमा भागिराम विक, करेतीमा महन बुढा, भेनममा हर्क बहादुर पुन, दारबोटमा चित्र बहादुर परियार, चखिमा दुर्गा तिरुवा, थवाङमा धन बहादुर बुढा मगर, इरिवाङमा केबी थापा, दुविडाँडामा धिक बहादुर पुन, कर्सावाङमा तेज बहादुर बुढा, रागमा अमदेवी घर्ती मगर, गैरीगाउँमा रविसरा पुन र बुढागाउँमा कुलराज बुढा मगर संयोजक चयन हुनु भएको छ ।

दुई दिने प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोम कुमार कार्की प्रमुख अतिथि रहनु भएको थियो भने अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सल्लाहकार दुर्गानाथ खरेल प्रमुख प्रशिक्षक रहनु भएको थियो । राजमो जिल्ला सल्लाहकार हस्तमणि पुनको अध्यक्षता तथा सचिव डम्बर खड्काको सञ्चालनमा अघि बढेको प्रशिक्षण उद्घाटन समारोहमा जातीय समता समाजका अध्यक्ष दिल बहादुर विक, मलेसिया नेपाली एकता समाजका सल्लाहकार दुर्गा तिरुवा, राजमो जिल्ला अध्यक्ष मेघनाथ विष्ट, अखिल नेपाल महिला सङ्घका जिल्ला सचिव प्रतिभा सुनार, अखिल नेपाल किसान सङ्घका जिल्ला अध्यक्ष वीर बहादुर रोकाया, अखिल (छैठौँ) का जिल्ला अध्यक्ष आकाश गिरी, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष कमल राज भट्टराई, जातीय समता समाजका जिल्ला अध्यक्ष भागिराम विक, अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला अध्यक्ष प्रचण्ड घर्ती मगर, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष खगेन्द्र विष्ट, प्रगतिशील पत्रकार सङ्घका जिल्ला अध्यक्ष गणेश केसीको आतिथ्यता रहेको थियो । कार्यक्रममा दुर्गानाथ खरेल सहित सोम कुमार कार्की, दिल बहादुर विक, हस्तमणि पुन र मेघनाथ विष्टले विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षण भेलाको समापन समारोहको अध्यक्षता मेघनाथ विष्ट र सञ्चालन डम्बर खड्काले गर्नु भएको थियो । कार्यक्रममा २०५५ सालमा सरकारी पक्षबाट माओवादीको आरोपमा हत्या गरिएको भनिएका चार जनामध्ये जीवितै फर्कन सफल एक कुवेर पुनको पनि आतिथ्यता रहेको थियो । 

अर्घाखाँचीमा प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्घाखँची । राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगरपालिका वडा नं १० र ११ को कार्यकर्ता भेला तथा प्रशिक्षण २०७३ माघ १८ गते कार्यक्रम सम्पन्न भएको छ ।

 प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सदस्य सागर केसीले यो महान कार्यमा सक्रियतापूर्वक लाग्न सबै नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्दे पार्टी सङ्गठनलाई मजबुत बनाउनु पर्नेमा जोड दिनु भएको थियो । त्यस्तै कार्यक्रममा बिशेष अतिथिको रूपमा नेकपा (मसाल) का जिल्ला प्रवक्ता थम्मन केसीले पनि मन्तव्य राख्नु भएको थियो ।

यसै क्रममा सन्धिखर्क नगरपालिका वडा नं १० र ११ मा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नका लागि गणेश बन्जाडेको संयोजकत्वतामा ११ सदस्यीय सचिवालय र ४५ सदस्यीय सदस्यता अभियान परिचालन समिति निर्माण गरिएको थियो । प्रशिक्षण कार्यक्रममा राजमोका जिल्ला सचिवालय सदस्य गोविन्द बिसी, नगर समितिका अध्यक्ष सिद्धि प्रसाद भट्टराई, अखिल नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष कमल प्रसाद घिमिरे, अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष कल्पना पोख्रल र राजमोका चन्द्र प्रसाद बन्जाडे लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा सन्धिखर्क न.पा. १० र ११ का अध्यक्ष ऋषिराम भुसालको अध्यक्षता, लीला भुसालको स्वागत मन्तब्य र लेखनाथ भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । 

शतवार्षिकी अन्तर्गत कोणसभा सम्पन्न

नेपालगञ्ज । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत माघ २५ गते कोहलपुरमा र माघ २७ गते हवलदारपुरमा कोणसभा सम्पन्न भएका छन् ।

कोहलपुरको सभामा वाम नेता तुलसीराम सापकोटा, राजमोका जिल्ला उपाध्यक्ष कृष्णराज पाण्डे र जातीय समता समाजका केन्द्रीय सदस्य मन बहादुर सुनारले सम्बोधन गर्नु भएको थियो भने अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष पूर्णकला भण्डारीले सञ्चालन गर्नु भएको थियो । हवलदारपुरमा सम्पन्न कोणसभामा राजमोका जिल्ला अध्यक्ष गौरीलाल कार्की र सचिव गुणनिधि आचार्यले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन जातीय समता समाजका केन्द्रीय सदस्य मन बहादुर सुनारले गर्नु भएको थियो । 

बेलौरीमा नगर भेला सम्पन्न

कञ्चनपुर । राष्ट्रिय जनमोर्चा, बैलौरी नगर समितिको भेला सम्पन्न भएको छ । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको सन्दर्भमा बेलौरीको नगर भेला सिंहपुरमा सम्पन्न भएको हो ।

राजमो केन्द्रीय सदस्य राजाराम चौधरीले प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रियता, स्वाधीनता बचाउन एकजुट हुनु पर्ने आवश्यकतामा जोड दिनु भएको थियो । भेलाले रामेश्वर न्यौपानेको अध्यक्षतामा १ रिक्त सहित २१ पूर्ण, छ वैकल्पिक र सात सल्लाहरकार रहेको ३४ सदस्यीय राजमो बेलौरी नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कर्ण बहादुर चौधरी, सचिवमा रङ्ग बहादुर चौधरी, सहसचिवमा वीरेन्द्र हमाल र कोषाध्यक्षमा हीरा चौधरी रहनु भएको छ । त्यस्तै, सदस्यहरूमा माधवी चौधरी, बुद्धिराम चौधरी, कल्लु राना, जग्गुराम चौधरी, विक्रम चौधरी, सरिता चौधरी, विवेक चौधरी, निम प्रसाद काफ्ले, गोल बहादुर चौधरी, लल्लु राना, धर्मराज चौधरी, रविन चौधरी, रविराम चौधरी, राम बहादुर विक र रविराम लुहार रहनु भएको छ । त्यस्तै, वैकल्पिक सदस्यमा राजु चन्द, लाल बहादुर चौधरी, अमिता चौधरी, शुशिला नेपाली र सुदिराम चौधरी रहनु भएको छ । भेलाले लाहानु चौधरीको नेतृत्वमा नरेन्द्र लम्साल, शिव नारायण चौधरी र भोजलाल चौधरीलाई सल्लाहकारमा चयन गरेको छ । पूर्ण सदस्यको एक स्थान रिक्त राखिएको छ ।

रामेश्वर न्यौपानेको अध्यक्षतामा २०७३ माघ १५ गते सम्पन्न सो भेलामा राजमो जिल्ला अध्यक्ष लोकेन्द्र लम्साल, उपाध्यक्ष जगत बहादुर चौधरी, सचिव राम बहादुर कार्की, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सल्लाहकार तारामणि शर्मा, अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष पूर्ण बहादुर गुरुङ, अखिल नेपाल युवक सङ्घका राष्ट्रिय परिषद सदस्य वीरेन्द्र हमाल, पूर्ण पौडेल, बजारे चौधरी लगायतले भेलाको शुभकामना दिनु भएको थियो । रसमा नेपालीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा सहभागीहरूलाई रङ्ग बहादुर चौधरीले स्वागत गर्नु भएको थियो । भेला अघि नेपाली काङ्ग्रेसका राजु चन्द, सुदिाम चौधरी, भरत सिंह ठकुरी लगायत दर्जनभन्दा बढीले काङ्ग्रेस परित्याग गरी राजमोको सदस्यता लिएका थिए ।

कृष्णपुरमा भेला सम्पन्न

यसै गरी माघ १५ गते कृष्णपुरमा सम्पन्न भेलाले सुरेन्द्र चौधरकिो अध्यक्षतामा नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा टेक बहादुर ताम्राकार, सचिवमा रघुनाथ विक, सहसचिवमा विष्णा विक र कोषाध्यक्षमा दीपक ओड चयनु हुनु भएको छ । त्यस्तै, सदस्यहरूमा राज कुमार चौधरी, गोरख विक, पुष्कर सुनार, हीरा भट्ट, गम्भीर ऐर, बहादुर विष्ट, उदय सिंह नागरी, धन बहादुर विक, धन बहादुर बुढा, धौलीदेवी विक, जीत बहादुर चौधरी, भागिरथी ऐर र अर्जुन जेठारा रहनु भएको छ । एवं प्रकारले समितिको वैकल्पिक सदस्यहरूमा कौशिला विक, सीता लुहार, दीपक सिके, गोविन्द कैनी, तुलसी विक र गोमती ओड रहनु भएको छ । भेलाले सल्लाहकारमा चक्र रैकाल, योगेश विक, गोविन्द विक, भज्जन चौधरी, लक्ष्मी मडै, कृष्ण चौधरी र नारु रैकाललाई चयन गरेको छ ।

कार्यक्रममा राजमो जिल्ला अध्यक्ष लोकेन्द्र लम्साल, सचिव राम बहादुर कार्की, अखिल (छैठौँ) का सचिव महेश जोशी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य रामेश्वर न्यौपाने, जातीय समता समाजका महासचिव गोविन्द्र विक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका करन विक, राजमो रैकवारविचवा गाउँ समितिका अध्यक्ष पदम दमाई र किसान सङ्घका केन्द्रीय सदस्य सुरेन्द्र चौधरीको पनि आतिथ्यता रहेको थियो ।

डोटीमा सङ्गठन विस्तार तीव्र

सिलगडी । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत राष्ट्रिय जनमोर्चा डोटी जिल्लाले सङ्गठन विस्तार तीव्र रूपमा अघि बढाई रहेको छ ।

कार्यक्रम अन्तर्गत २०७३ फागुन १ गते रानागाउँमा सम्पन्न राष्ट्रिय जनमोर्चाको गाउँ भेलाले रामचन्द्र भट्टको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यहरूमा तेज बहादुर कठायत, केशव कठायत, सुरज कठायत, वीरेन्द्र कठायत, नन्दराम कठायत, गोपाल सिंह कठायत, पहल सिंह कठायत, तारा सिंह कठायत, नरेन्द्र कठायत, शेर बहादुर कठायत, पार्वती कठायत, दुर्गा कठायत, नम्रता कठायत, सरुदेवी कठायत, पदम कठायत, सारदा कठायत र भावना कठायत चयन हुनु भएको छ ।

राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केशव नाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता रामचन्द्र भट्टले गर्नु भएको थियो । यसै गरी, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य डबल तिरुवाको सञ्चालन र केशव कठायतको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । 

गढीगाउँमा समिति गठन

यसै गरी, राना गाविसको वडा नं. ६ गढीगाउँमा पनि राष्ट्रिय जनमोर्चाको गाउँ समिति गठन भएको छ । 

२०७३ फागुन १ गते सम्पन्न भेलाले केशव कठायतको अध्यक्षतामा २७ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तेज कठायत, सचिवमा नरेन्द्र कठायत, सहसचिवमा विरेन्द्र कठायत र कोषाध्यक्षमा कौशिल्या कठायत चयन हुनु भएको छ । सदस्यहरूमा पहल कठायत, गोपाल कठायत, शारदा भट्ट, दुर्गा कठायत, भागा कठायत, सिर्जना कठायत, शारदा कठायत, रम्बा कठायत लगायत रहनु भएको राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केशव नाथ योगीले जानकारी दिनु भएको छ ।

नवलपरासीमा रक्तिमको शतवार्षिकी अभियान

नवलपरासी । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत रक्तिम सांस्कृतिक अभियान, नवलपरासीले जिल्लाका विभिन्न भागमा सांस्कृतिक कार्यक्रम सहितको जागरण अभियान सञ्चालन गरेको छ ।

२०७३ माघ २६ गते सुनवल गैंडाखालबाट कार्यक्रमको सुरुवात गरिएको हो । सो अवसरमा रक्तिम परिवारका पूर्व महासचिव एवं राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रेम राना, जातीय समता समाजका केन्द्रीय सल्लाहकार राजेश विक तथा अखिल नेपाल युवक सङ्घ गैंडाखालका अध्यक्ष सागर थापा लगायत हुनु हुुन्थ्यो । सांस्कृतिक टोलीमा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य सुमन रोका, रक्तिम उत्तर भारत क्षेत्रीय समितिका कलाकार नविन बस्याल (प्युठानी), बन्दना राना, अन्जु विष्ट लगायत सहभागी रहनु भएको छ । अभियानले माघ २७ गते गैंडाकोट खेलकुद मैदानमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई कलाकार सुमन रोका र राजमो अध्यक्ष रेम रानाले सम्बोधन गर्नु भएको थियो । यसै गरी, गैंडाकोट कालिकाचोकमा पनि रक्तिमले बेजोड सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो । त्यस क्रममा नेकपा (मसाल) नवलपरासीका प्रवक्ता चन्द्र सापकोटा र अखिल नेपाल उद्योग व्यापार सङ्घका केन्द्रीय कोषाध्यक्ष गोपाल गिरीले सम्बोधन गर्नु भएको थियो । माघ २७ गते नै गैरीगाउँ पिसपार्कचोकमा पनि सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । त्यस क्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य दिवाकर शर्मा, रेम राना, चन्द्र सापकोटा लगायत वक्ताहरूले सम्बोधन गर्नु भएको थियो ।

यसै गरी, माघ २८ गते भेडावारीको मिलिजुली चोकमा २९ गते कावासोती सभापति चोक, डण्डाबजार र पिपरेनी चोकमा पनि सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । यसै गरी, फागुन १ गते अभियानले कोलुवा चौराहा, मदनपुर घडेरीचोक र बाखखोर सोतापानीमा समेत रक्तिम सांस्कृतिक अभियानले जोडदार प्रस्तुति दिएको थियो । कार्यक्रमहरूमा राजमो जिल्ला अध्यक्ष रेम राना, मसालका जिल्ला प्रवक्ता चन्द्र सापकोटा, राजमो जिल्ला सदस्य रूप नारायण महतो, अन्टुकका उपाध्यक्ष शालिग्राम सापकोटा, राजमो नेताहरू राजेश विक, गिर बहादुर महतरा, पुरन गिरी, विकाराम चौधरी लगायत वक्ताहरूले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा गिर बहादुर एमसीले कविता बाचन गर्नु भएको थियो । प्रगतिशील सांस्कृतिक अभियानको फाँटमा चर्चित रक्तिम सांस्कृतिक अभियानले नवलपरासीमा सुरु गरेको कार्यक्रम अत्यन्त उत्साहजनक रूपमा अघि बढेको मसालका प्रवक्ता सापकोटाले बताउनु भएको छ ।

 

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal