rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

बागलुङमा जारी छ शतवार्षिकी कार्यक्रम

बागलुङ । अखिल नेपाल किसान सङ्घको जैदी गाविसमा गाउँ भेला सम्पन्न भएको छ । २०७३ फागुन ५ गते सम्पन्न भेलाले कमल गिरीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षामा भिम बहादुर थापा, सचिवमा जीवनाथ शर्मा, सहसचिवमा जुर बहादुर नेपाली र कोषाध्यक्षमा पार्वती नेपाली चयन हुनु भएको छ । यसै गरी सदस्यहरूमा कलावती राना, देव नारायण सुवेदी र मनिसा राना सुनार रहनु भएको छ भने दुई स्थान रिक्त रहेको छ । समितिको सल्लाहकारमा पशुपति शर्मा, नारायण सुवेदी, दिल्ली बहादुर राना, दिल बहादुर दर्जी र लीलादेवी शर्मा रहनु भएको छ । 

कार्यक्रमको प्रमुख अतिथि किसान सङ्घका क्षेत्रीय समिति सदस्य पशुपति शर्मा रहनु भएको थियो । कार्यक्रममा किसान सङ्घका जिल्ला सचिव वीरेन्द्र थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य दिल बहादुर दर्जी, अखिल नेपाल महिला सङ्घकी गाउँ समिति अध्यक्ष खिमा शर्मा र रक्तिम सांस्कृतिक अभियानका जिल्ला सदस्य कमल रानाको समेत आतिथ्यता रहेको छ । राष्ट्रिय जनमोर्चा गाउँ समिति सल्लाहकार नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य भक्तिराम शर्माले गर्नु भएको थियो भने सञ्चालन कमल गिरीले गर्नु भएको थियो । 

जैदीमा पनि भेला सम्पन्न

फागुन ३ गते जैदी गाविसको वडा नं. ३ मा सम्पन्न अखिल नेपाल किसान सङ्घको भेलाले लिल बहादुर रानाको अध्यक्षतामा वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा काजीमान शर्मा, सचिवमा तर्क बहादुर राना र कोषाध्यक्षमा कलावती राना रहनु भएको छ । सदस्यहरूमा तारा शर्मा, मनमाया राना, देव कुमार राना, लाल बहादुर विक, माया राना र शान्ति शर्मा रहनु भएको छ । 

यसै गरी, फागुन ४ गते वडा नं. ८ मा पनि भेला सम्पन्न भएको छ । भेलाबाट गठित समितिको अध्यक्षमा मनिषा थापा सुनार, उपाध्यक्षमा लाल बहादुर जिसी, सचिवमा जीवनाथ शर्मा, सहसचिवमा नरेन्द्र बहादुर जिसी, कोषाध्यक्षमा कल्पना थापा सुनार तथा सदस्यहरूमा गोविन्द प्रसाद शर्मा, हरि प्रसाद शर्मा, कला जिसी तथा एक स्थान रिक्त रहेको छ । भेलाले प्रकाश शर्मा, शिव शर्मा र मिरा शर्मालाई सल्लाहकार चयन गरेको छ । कार्यक्रममा किसान सङ्घका क्षेत्रीय सदस्यको विशेष उपस्थिति रहेको थियो । 

राजमोको सदस्यता वितरण जारी

अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमका सिलसिलामा राष्ट्रिय जनमोर्चा बागलुङले विभिन्न गाउँहरूमा जन भेटघाट तथा सदस्यता वितरण अभियान जारी राखेको छ । फागुन ६ गतेदेखि नारायणस्थान गाविसमा जन भेटघाट तथा सदस्यता वितरण गरिएको छ । राजमो गाउँ समितिका अध्यक्ष लक्ष्मी नारायण श्रेष्ठको नेतृत्वमा सम्पन्न अभियानमा योगेन्द्र राज शर्मा, ढुण्डिराज शर्मा र शिक्षक सङ्घका जिल्ला सदस्य गोविन्द प्रसाद शर्मा लगायत सहभागी हुनु हुन्थ्यो । 

यसै गरी बोहोरागाउँमा गौरीश्वर पाण्डेको नेतृत्वमा खिम विक्रम शाही, थम्मन घर्ती लगायतको टोलीले घरदैलो तथा सदस्यता वितरण गरेको छ । यसैगरी तङ्ग्राम गाविसमा बोम बहादुर पुनको नेतृत्वमा अभियान जारी राखेको छ । ती कार्यक्रमहरूमा राजमो जिल्ला अध्यक्ष अमर बहादुर थापाको पनि विशेष उपस्थिति रहेको छ । यस्तै, धमजा, बिहुँ, रेश गाविसमा समेत घरदैलो अभियान जारी रहेको राजमो बागलुङले जनाएको छ ।

रणसिंह किटेनीमा जनसभा

माघ १६ गते रणसिंह किटेनीमा राजमोले जनसभा सम्पन्न गरेको छ । कार्यक्रममा अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष भिमसेन वनले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो । राजमो गाउँ समिति अध्यक्ष लोक बहादुर पाइजाको अध्यक्षता तथा शिक्षक सङ्घका मिन बहादुर बोहराको सञ्चालनमा सम्पन्न सभामा जनजाति सम्मेलनका जिल्ला अध्यक्ष मेख बहादुर पाइजाले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा राजमो गाउँ समिति सचिव दल बहादुर श्रीसले स्वागत गर्नु भएको थियो ।

राजमोको वडा भेला सम्पन्न

२०७३ माघ २७ गते कटारी नगरपालिका वडा नं. १० मा राजमोको वडा भेला सम्पन्न भएको छ । भेलाले प्रदिप राईको अध्यक्षतामा वडा समिति समेत गठन गरेको छ । उपाध्यक्षमा सन्तोष तामाङ, सचिवमा सुशिला विक र कोषाध्यक्षमा सर्मिला विक तथा सदस्यहरूमा बिना परियार, धन कुमारी विक, बिमला विक, सुजन रावत, दल कुमारी विक, भक्तमाया तामाङ, धनमाया तामाङ, मिलन विक र सीमा रावत चयन हुनु भएको छ ।

जन भेटघाट र भित्तेलेखन जारी

अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमकै सिलसिलामा राजमो उदयपुरले जिल्लाव्यापी भित्तेलेखन, जन भेटघाट तथा सदस्यता वितरण जारी राखेको छ । त्यस क्रममा मङ्सिर १देखि २५ गतेसम्म त्रियुगा नगरपालिकाका विभिन्न वडाहरूमा, पुस २देखि २६ गतेसम्म कटारी नगरपालिकामा, माघ १४देखि १८ गतेसम्म चाउन्ने खाबु गाविस र खोटाङ जिल्लाको सुन्तले गाविसमा तथा फागुन ५ गतेदेखि बेल्टार बसहा नगरपालिकामा भित्तेलेखन तथा जन भेटघाट गरिएको राजमो नेता लिल कुमार राईले जानकारी दिनु भयो ।

डोटीमा शतवार्षिकी भेला

सिलगडी । अक्टोबर क्रान्ति शतवार्षिकी कार्यक्रम अन्तर्गत राष्ट्रिय जनमोर्चा डोटीले घण्टेश्वर गाविस वडा नं. १ गोल्डनमा गाविस स्तरीय भेला सम्पन्न गरेको छ । २०७३ फागुन ७ गते सम्पन्न भेला प्रेम डाँगीको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हरिदेवी ओली, सचिवमा विपना डाँगी, सहसचिवमा सुनिता विक र कोषाध्यक्षमा पशुपति डाँगी चयन हुनु भएको छ । त्यसै गरी सदस्यहरूमा लक्ष्मी विक, बिस्ना विक, खेमा डाँगी, बिमला डाँगी, लक्ष्मी विक, रेवती ओली, गङ्गा डाँगी, कल्पना विक, अनिता विक, जयराम विक, जैसी विक, पदम बहादुर ओली, कौशिला डाँगी, लीला ओली, बिष्ना डाँगी, विमला विक, शिला डाँगी र सीता ओली रहनु भएको छ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्ट र जिल्ला सचिव केशव नाथ योगीको विशेष उपस्थितिमा भेला सम्पन्न भएको थियो । भेलाले समसामयिक राजनीतिक तथा संविधान संशोधनको विषयमा पनि छलफल गरेको थियो । 

डडेल्धुराको बेलापुरमा प्रशिक्षण कार्यक्रम

अमरगढी । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमका सिलसिलामा राष्ट्रिय जनमोर्चा बेलापुर गाउँ समितिको आयोजना गरेको प्रशिक्षण सम्पन्न भएको छ ।

२०७३ फागुन ५ र ६ गते गरी दुई दिनसम्म चलेको प्रशिक्षण कार्यक्रमको उद्घाटन राजमो केन्द्रीय सदस्य मनोज भट्टले गर्नु भएको थियो । राजमो बेलापुर गाउँ समितिका अध्यक्ष खडक विकको अध्यक्षतामा तथा जिल्ला सदस्य टीका कैनीको सञ्चालनमा अघि बढेको प्रशिक्षण उद्घाटन समारोहमा राजमोका केन्द्रीय सदस्य लाल बहादुर जाग्री, जिल्ला कोषाध्यक्ष भोजराज अवस्थी लगायत वक्ताहरूले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक एवं सैद्धान्तिक विषयहरूमा प्रशिक्षण दिइएको थियो । 

कैलालीमा राजमोको सङ्गठन विस्तार

धनगढी । राष्ट्रिय जनमोर्चा अत्तरिया नगरपालिका वडा नं. २ को भेला सम्पन्न भएको छ ।२०७३ फागुन २ गते चौकीडाँडामा सम्पन्न भेलाले भोजराज कैनीको अध्यक्षतामा राजमोको वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गोविन्द खड्का, सचिवमा शिवराज विक, सहसचिवमा निर्मला भण्डारी, कोषाध्यक्षमा सीतादेवी चौधरी र सदस्यहरूमा करन विक, नरेश भट्ट, शिवराज विक, विरेन्द्र विक, राम नागरिक, दिर्घ विक, कमल कोली, पुष्कर भण्डारी, भागरथी ताम्राकार, धनसरि बोगटी, केशव बलायर, धन बहादुर चौधरी, दिपा दमाई, चम्पा पाण्डे, मैना ताम्राकार, महङ्गी चौधरी तथा सल्लाहकारहरूमा डिकरी देवी भट्ट, कल्याण सिंह विक, आँखे ताम्राकार, रती बहादुर विक, हरिष ताम्राकार रहनु भएको छ ।

राजमो केन्द्रीय सदस्य नन्दराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको अध्यक्षता भोजराज कैनी र सञ्चालन वीर बहादुर विकले गर्नु भएको थियो ।

दुर्गौली २ नं. मा प्रशिक्षण

अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमकै सिलसिलामा दुर्गौली गाविस वडा नं. २ मा राजमोको प्रशिक्षण सम्पन्न भएको छ । राजमो वडा अध्यक्ष तेज बहादुर विकको अध्यक्षता तथा क्षेत्रीय सचिव टेकराज न्यौपानेको सञ्चालनमा सम्पन्न प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई राजमोका राष्ट्रिय परिषद सदस्य हरिकृष्ण पाण्डे, जिल्ला उपाध्यक्ष दयाराम सञ्ज्याल र सहसचिव केवलराम चौधरीले प्रशिक्षण दिनु भएको थियो ।

 टीकापुर ९ मा पनि प्रशिक्षण

फागुन १ गते टीकापुर नगरपालिका वडा नं. ९ मा पनि राजमोको प्रशिक्षण सम्पन्न भएको छ ।  राजमो नगर समितिका अध्यक्ष आशा चौधरीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण भेलामा राजमो जिल्ला उपाध्यक्ष दयाराम सञ्ज्याल र पूर्व अध्यक्ष तिलक परियारले सहभागीहरूलाई विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो ।

शुभघाटमा राजमोको प्रशिक्षण

शुभघाट नगरपालिकामा राष्ट्रिय जनमोर्चाले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमसम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ । राजमो केन्द्रीय सदस्य रत्न विक्रम प्यासी, जिल्ला सल्लाहकार प्रेम फौजा तथा नगर समितिका सचिव धन बहादुर पुनले कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षण दिनु भएको थियो । २०७३ माघ २९ गते सम्पन्न प्रशिक्षण भेलाको अध्यक्षता शुभघाट नगरपालिका शान्ति समितिका संयोजक प्रेम गुरुङले गर्नु भएको थियो । त्यस अवसरमा नेपाली काङ्ग्रेसका सक्रिय कार्यकर्ता मिन बहादुर सुनार राजमोमा प्रवेश गर्नु भएको थियो ।

आबुधावीमा एकता समाजको क्षेत्रीय भेला

युएई । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत युएईभरि नै युएई नेपाली एकता समाजको सङ्गठन विस्तार अभियान अगाडि बढी रहेको छ । यसै सिलसिलामा युएर्ई नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष कृष्ण केसीको प्रमुख आतिथ्यतामा अबुधाबी क्षेत्रीय समितिको भेला फेबु्रअरी १७, २०१७ का दिन सम्पन्न भएको छ । अध्यक्ष योगेन्द्र थापाको अध्यक्षता, सचिव दिनेश थापाको सञ्चालन र अर्जुन शर्माको स्वागत मन्तव्यबाट सहिदहरूप्रति मौनधारणपछि कार्यक्रम अगाडि बढेको थियो । भेलाले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम तय गर्नुका साथै युएई नेपाली एकता समाज, आबुधावी क्षेत्रीय समिति गठन गरेको छ । भेलाले योगेन्द्र थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

गठित समितिको उपाध्यक्षमा अर्जुन खनाल, सचिवमा दिनेश थापा, सहसचिवमा टीका केसी, कोषाध्यक्षमा अर्जुन शर्मा, सहकोषाध्यक्षमा टुक बहादुर कुँवर र सल्लाहकारमा तेज बहादुर विक रहनु भएको छ । समितिका सदस्यहरूमा विजय बिसी, नारायण श्रेष्ठ, देवीराम भण्डारी, चन्द्रमणि गिरी लगायत रहेका छन् । सञ्चालित भेलालाई युएई नेपाली एकता समाजका उपाध्यक्ष जय विक र देवीराम भण्डारी, अर्जुन खनाल र नारायण श्रेष्ठ लगायतका अतिथिहरूले समेत सम्बोधन गर्दै सफलताको शुभकामना दिनु भएको थियो । आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि कृष्ण केसीले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको सन्दर्भमा र युएई नेपाली एकता समाजको समसामयिक विषय प्रकाश पार्नुका साथै पुनर्गठित समितिलाई शुभकामना दिनु भएको थियो ।

राष्ट्रिय जनमोर्चाको जनसभा सम्पन्न

कुश्मा । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत राष्ट्रिय जनमोर्चा पर्वतले फागुन ७ गते फलेवासमा जनसभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले अक्टोबर क्रान्तिको महत्व र शतवार्षिकी कार्यक्रमका बारेमा मन्तव्य राख्दै नेपालका लागि आवश्यकता नभएको र नेपाली जनताको माग पनि नभएको सङ्घीयता किस्ता किस्तामा नेपाललाई भारतीय महासङ्घमा विलय गराउने उद्देश्यका साथ आएकोले यसलाई खारेज गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घको जिल्ला अध्यक्ष इन्द्रकान्त शर्मा, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार गोपाल पौडेल, अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य इन्दिरा शर्मा, रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय कोषाध्यक्ष भरत श्रेष्ठ, अखिल नेपाल युवक सङ्घका राष्ट्रिय परिषद् सदस्य वीरेन्द्र थापा लगायतले मन्तव्य राख्नु भएको थियो । राष्ट्रिय जनमोर्चा पर्वतका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता उपाध्यक्ष भोजराज उप्रेतीको स्वागत भाषणबाट सुरु भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा पर्वतका सचिव बालाकृष्ण पौडेलले गर्नु भएको थियो । 

पाल्पामा शतवार्षिकी प्रशिक्षण भेला

तानसेन । अक्टोबर क्रान्ति शतवार्षिकी कार्यक्रम अन्तर्गत राष्ट्रिय जनमोर्चा बन्दीपोखरा गाउँ समिति वडा नं. २ को आयोजनामा प्रशिक्षण भेला सम्पन्न भएको छ । २०७३ फागुन ८ गते सम्पन्न भेलाको प्रशिक्षक तथा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य सोम कुमार कार्की रहनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बन्दीपोखरा गाउँ समितिका अध्यक्ष बासुदेव बोहरा, गाउँ समितिका सचिव कुल बहादुर गहतराको पनि आतिथ्यता रहेको थियो । राजमो गाउँ समिति सदस्य श्री बहादुर सारु मगरको अध्यक्षतामा सम्पन्न भेलाको स्वागत मन्तव्य गाउँ समिति सदस्य भिम बहादुर खातीले गर्नु भएको थियो भने सञ्चालन गाउँ समिति सदस्य नारायण बहादुर खातीले गर्नु भएको थियो ।

 

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal