rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

डडेल्धुरामा प्रशिक्षण भेला सम्पन्न

अमरगढी । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत राष्ट्रिय जनमोर्चा डडेल्धुराको आयोजनामा दुई दिने प्रशिक्षण भेला सम्पन्न भएको छ । २०७३ फागुन ९ र १० गते पर्शुराम नगरपालिका वडा नं. १० गाइबाँधेमा सो भेला सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले लेनिनवादी सङ्गठनात्मक सिद्धान्त, राजनीतिक शक्तिको विश्लेषण र नयाँ जनवादी क्रान्ति विषयमा प्रशिक्षण दिनु भएको थियो । यसै गरी, अतिथि तथा प्रशिक्षक राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य मनोज भट्टले समसामयिक राजनीतिक परिस्थिति, अक्टोबर क्रान्ति र चुनावसम्बन्धी विषयमा प्रशिक्षण दिनु भएको थियो भने केन्द्रीय सदस्य लाल बहादुर जाग्रीले स्थानीय तहको चुनाव र अगामी कार्यक्रमबारे सहभागीलाई प्रशिक्षण दिनु भएको थियो । 

राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष चन्द्रदेव विकको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत राजमो जिल्ला सदस्य फागुन सिंह महताले गर्नु भएको थियो । भेलाको सञ्चालन राजमो जिल्ला सदस्य चन्द्रसिंह बोहराले गर्नु भएको थियो । राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य लाल बहादुर जाग्रीले दिनु भएको जानकारी अनुसार प्रशिक्षण भेलापछि राष्ट्रिय जनमोर्चाले पर्शुराम नगरपालिकाको १२ वटै वडाहरूमा फागुन १६ गतेदेखि वडा स्तरको भेला सम्मेलन गर्ने समेत निर्णय गरेको छ । राजमो डडेल्धुराले जिल्लाव्यापी घरदैलो, सदस्यता वितरण, भेला प्रशिक्षण लगायतका कार्यक्रमहरू जारी राखेको छ । 

 बागलुङमा व्यापक शतवार्षिकी कार्यक्रम

बागलुङ बजार । राष्ट्रिय जनमोर्चा बागलुङले व्यापक रूपमा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सञ्चालन गरी रहेको छ । शतवार्षिकी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानहरूमा घरदैलो, जन भेटघाट, सदस्यता वितरण अभियान प्रशिक्षण, भेला लगायतका कार्यक्रमहरू सञ्चालन गरी रहेको छ । सो कार्यक्रम अन्तर्गत छिस्ती गाविसमा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाको नेतृत्वमा राजमो छिस्ती गाउँ समितिका अध्यक्ष नर बहादुर पुन, उपाध्यक्ष रघुनाथ पौडेल, सदस्य देवीराम शर्मा लगायतको टोलीले वडा नं. १, , ५ र ६ मा अभियान सञ्चालन गर्नु भएको थियो । 

यसै गरी, बोवाङमा राजमो जिल्ला सदस्य धन बहादुर अदैको नेतृत्वमा जन भेटघाट तथा घरदैलो अभियान सञ्चालन भएको छ । टोलीमा राजमो जिल्ला सदस्य पल बहादुर विक, बोवाङ गाउँ समितिका अध्यक्ष चन्द्रसिंह कुमाई, सदस्यहरू दिपक थापा, छत्कु अदै, झक बहादुर अदै, भक्त बहादुर अदै, कुमवीर घर्ती, ओम प्रकाश विक, भक्तवीर घर्ती मगर, जीवन घर्ती मगर लगायत सहभागी हुनु हुन्छ । जन भेटघाटसँगै तुल बहादुर कुमाई समेतको टोलीले ९ वटै वडाहरूमा वडा समिति निर्माण गरेको छ । यसैबीच, अनेरास्ववियु (छैठौँ) को सरस्वती आधारभूत विद्यालय, ज्ञानोदय मावि र ज्योती विकास आधारभूत विद्यालयमा एकाइ समिति गठन गरिएको छ । 

ढोरपाटनमा राजमोको समिति गठन

फागुन १३ गते ढोरपाटनमा राजमोको एकाइ समिति गठन भएको छ । हिमाल विकको अध्यक्षतामा गठित १९ सदस्यीय समितिमा उपाध्यक्ष दिल बहादुर अदै, सचिव ज्ञान बहादुर श्रेष्ठ, कोषाध्यक्ष मन कुमारी अदै तथा बाँकी सदस्यहरू रहेका छन् ।

पैयुँपाटामा जनवर्गीय सङ्गठनको संयुक्त भेला

फागुन १४ गते पैयुँपाटामा जन वर्गीय सङ्गठनहरूको संयुक्त भेला सम्पन्न भएको छ । राजमो जिल्ला अध्यक्ष अमर बहादुर थापाको प्रमुख आतिथ्यता तथा गाउँ समिति अध्यक्ष भैरव बहादुर रोकाको अध्यक्षतामा सम्पन्न भेला राजमोका जिल्ला सचिव धर्म कुँवर, सल्लाहकार लोकनाथ शर्मा, जिल्ला सदस्य थानेश्वर सुवेदी, योगेन्द्र राज शर्मा, अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य लक्ष्मी बासकोटा, बागलुङ नगर अध्यक्ष आशा केसी, राजमोका लक्ष्मी नारायण श्रेष्ठ, शिक्षक सङ्घका जिल्ला सदस्य बुद्धि प्रसाद शर्मा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन राजमो गाउँ समिति सचिव प्रेम बहादुर रोका र स्वागत गाउँ सदस्य धनराज शर्माले गर्नु भएको थियो ।

 राष्ट्रिय जनमोर्चाको सङ्गठन विस्तार गरिँदै

तमघास । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत गुल्मीमा राष्ट्रिय जनमोर्चा सहित विभिन्न जनवर्गीय सङ्गठनहरूको सङ्गठन निर्माणसँगै भेला, प्रशिक्षण, जन भेटघाट लगायत कार्यक्रम सञ्चालन भई रहेको छ ।

२०७३ फागुन ८ गते खड्ककोट उर्लेनीमा सम्पन्न राजमोको वडा भेलाले गुरुदत्त ढकालको अध्यक्षतामा वडा समिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा शकुन्तला ढकाल, सचिवमा हरि ढकाल, सहसचिवमा प्रतिमा ढकाल र कोषाध्यक्षमा सन्दिप ढकाल तथा सदस्यहरूमा चन्द्रा ढकाल, सुमन ढकाल, हिरा ढकाल, कृष्णकला ढकाल, गङ्गा ढकाल, प्रतिम ढकाल, प्रतिमा ढकाल, चन्द्र प्रकाश ढकाल रहनु भएको छ भने सल्लाहकारहरूमा श्याम ढकाल, चुडादेवी ढकाल र दण्डपाणि ढकाल चयन हुनु भएको छ । भेलामा राजमो जिल्ला प्रतिनिधि कृष्ण ढकालको विशेष उपस्थिति रहेको थियो ।

राजमोको वडा भेला सम्पन्न

कैलाली । राष्ट्रिय जनमोर्चा कैलाली अन्तर्गत गोदावरी गाउँ विकास समिति वडा नं. ५ को भेला सम्पन्न गरिएको छ । २०७३ फागुन ९ गते सम्पन्न भेलाले प्रेम कोलीको अध्यक्षतामा १८ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा टेक बहादुर कोली, सचिवमा सानु कोली, कोषाध्यक्षमा माता देवी विक र सहसचिवमा काल्चे दमाई चयन हुनु भएको छ । यसै गरी सदस्यहरूमा जुनीदेवी, दमाई, पवित्रा देवी भुल, हरि कामी, धर्मादेवी कोली, पार्वती कामी, दुर्गा देवी कोली, सानोदेवी कामी र राधा देवी लुहार रहनु भएको छ । सल्लाहकारमा संयोजक तुले कोली, देवसिंह विक, मीना देवी कोली, मिन बहादुर बोहरा र गोरब हादुर विक चयन हुनु भएको छ ।

राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य मनोज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भेलालाई शुभकामना मन्तव्य केन्द्रीय सल्लाहकार शेर बहादुर विक, पूर्व जिल्ला अध्यक्ष खड्क राना, जिल्ला सदस्य गणेश साउद, अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य कृष्ण बहादुर विक, अखिल (छैठौँ) का हेमराज भट्टले दिनु भएको थियो । टेक बहादुर विकको सभापतित्वमा सम्पन्न भेलाको सञ्चालन सुरेश विकले गर्नु भएको थियो भने स्वागत लोक बहादुर कोलीले गर्नु भएको थियो । 

 रानीवन र कट्टीमा राजमोको भेला

दैलेख । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दैलेखका रानीवन र कट्टी गाविसमा गाउँ विकास समितिको भेला सम्पन्न गरिएको छ । रानीवन गाउँ भेलाले बल बहादुर गुरुङको अध्यक्षतामा सात सदस्य गाउँ समिति चयन गरेको हो । समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरूमा जय बहादुर टमाटा, टङ्क बहादुर गुरुङ, निरक बहादुर गुरुङ, महेन्द्र बहादुर थापा, मान बहादुर थापा र अर्जुन बहादुर थापा रहनु भएको छ । भेलाका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा दैलेखका सल्लाहकार समितिका अध्यक्ष पूर्ण बहादुर शाहीले प्रशिक्षण दिनुका साथै भेलालाई सम्बोधन गर्नु भएको थियो । भेलाको सभापतित्व बल बहादुर गुरुङले र सञ्चालन मान बहादुर थापाले गर्नु भएको थियो ।

यसै गरी, राष्ट्रिय जनमोर्चा गाउँ समिति कट्टीको भेला सम्पन्न भएको छ । भेलाले नर बहादुर सिंहको अध्यक्षतामा ११ सदस्यीय गाउँ समिति चयन गरेको हो । समितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरूमा कृष्ण केसी, पदम बहादुर रोकाय, राम प्रसाद रेग्मी, राजु केसी, वम प्रसाद रेग्मी लगायत रहनु भएको छ । भेलाका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका महासचिव जनक राज शर्मा हुनु हुन्थ्यो । कार्यक्रमका विशेष अतिथि राष्ट्रिय जनमोर्चा दैलेखका अध्यक्ष अम्बर बहादुर नेपाली हुनु हुन्थ्यो । भेलाको सभापतित्व कृष्ण केसीले र सञ्चालन नर बहादुर सिंह गर्नु भएको थियो ।

 राजमोको ६ नम्वर वडा अध्यक्षमा शर्मा

राष्ट्रिय जनमोर्चा दाङ तुलसीपुर नगरपालिका ६ नम्वर वडाको २०७३ फागुन ७ गते सम्पन्न भेलाले निमलाल शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गा पोख्रेल, सचिवमा रामलाल वाग्ले, सहसचिवमा शिवराज पुन र कोषाध्यक्षमा कृष्ण चौधरी रहनु भएको छ ।  त्यस्तै, समितिको सदस्यहरूमा जीवराज नेपाली, भेषमराज पराजुली, प्रेम बहादुर महतरा, ध्रुव जिसी, डिलाराम सुवेदी, तुलसा जिसी, गीता भुसाल, मदन भुसाल, हुक्मानन्द लम्साल, ध्रुव केसी र नुमे विक रहनु भएको छ । भेलाले मनिराम खनाल, ऋषिकेश केसी, चुमान सिंह जिसी, रूपलाल चौधरी र मधु सुदन केसीलाई सल्लाहकारमा चयन गरेको छ ।

वडा समितिका सल्लाहकार नारायण प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा बोल्ने वक्ताहरूले नेपालमा कुन पार्टी कम्युनिस्ट हो भन्ने कुरा जनतालाई बुझाउनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका कोषाध्यक्ष द्रोण घर्ती, जिल्ला सदस्य इश्वरी भण्डारी, राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर अध्यक्ष दुर्गा प्रसाद खनाल, सचिव उत्तम प्रसाद, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य नारायण भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियो ।

 मानपुर गाउ समिति गठन

फागुन १० गते राष्ट्रिय जनमोर्चा मानपुर गाउँ समिति गठन गरिएको छ । मानपुर गाउँ समितिका निवर्तमान अध्यक्ष विष्णु केसीको अध्यक्षता एवं जिल्ला कोषाध्यक्ष ऋषिराम पौडेलको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको थियो । समितिको उपाध्यक्षमा गोपीलाल केसी, सचिवमा रञ्जन चौधरी, सहसचिवमा दुर्गा प्रसाद भण्डारी, कोषाध्यक्षमा वासुदेव पौडेल र सदस्यहरूमा शिवराज पौडेल, प्रदिप डाँगी, वेगम विष्ट, कालीचरण चौधरी रहनु भएको छ । कार्यक्रमको सहजीकरण एरिया नं. ५ का अध्यक्ष शुशील पोख्रेलले गर्नु भएको थियो ।

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal