rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org

 मिति २०७३ फागुन २३

प्रेस विज्ञप्ति

नेपालमा यतिबेला राष्ट्रिय एकता र सामाजिक सद्भाव कमजोर भएको छ । राष्ट्रिय विखण्डनकारी गतिविधि समेत बढेर गएका छन् । नयाँ संविधान तराई मधेशका जनताको पक्षमा नभएको भनि त्यहाँ भ्रम पारिएको छ । नेपाल र नेपाली जनताको हित विपरित संविधानलाई संशोधन गर्न प्रयत्न भएको छ । त्यसमा मधेशवादी दलहरूले आफूहरूले भने अनुसार नभएपछि संविधान कार्यान्वयन हुन नदिन घोषित स्थानीय निर्वाचन भाड्न प्रयत्न गरिरहेका छन् । तर तराई मधेशका मधेशी जनता र थारु समुदाय राष्ट्रिय एकता, सामाजिक सद्भाव, संविधान र निर्वाचनको पक्षमा छन् ।
नेकपा एमालेले तराईमा राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न त्यहाँ पारिएको भ्रमलाई निवारण गर्न भनि यही फागुन २१ गतेदेखि मेची–महाकाली अभियान चलाएको छ । त्यसलाई हाम्रो पार्टीले सकारात्मक रूपमा लिन्छ र समर्थन गर्दछ । मधेशवादी दलले आफ्नो गलत र राष्ट्रघाती संविधान संशोधनका एजेण्डाहरूलाई स्वीकार नगर्ने दलहरूलाई तराईमा कार्यक्रम गर्न नदिने वा कार्यक्रम असफल पार्ने बताउँदै आएका थिए । एमालेले आफ्नो अभियानको कार्यक्रम प्रारम्भ गरेपछि मधेशवादीहरूले बन्द, मसाल जुलुस गर्ने, कार्यक्रम जुधाउने वा प्रतिकार गर्ने जस्ता कार्यहरूद्वारा त्यसमा अवरोध पैदा गर्ने प्रयत्न गरिरहेका छन् । त्यसलाई हामीले सही मान्दैनौँ । लोकतान्त्रिक प्रणालीमा कसैले आफ्ना कुरा शान्तिपूर्ण तरिकाले जनताका सामु राख्न पाउँछन् र राख्न पाउनु पर्दछ । त्यसमा अवरोध गर्नु संविधान, मौलिक अधिकार र मानव अधिकार समेतका विरुद्धको कार्य हो । त्यसका त्यस प्रकारका कार्यपद्धतीलाई हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ ।
स्थानीय तहको निर्वाचन अपरिहार्य आवश्यकता हो । सरकारले आगामी २०७४ बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेको छ । त्यस अनुसार सरकार, राजनीतिक दल, निर्वाचन आयोग र सम्बद्ध निकायहरू त्यसमा जुटेका छन् । यो निर्वाचन सामान्य निर्वाचनसम्म मात्र सीमित छैन । यो निर्वाचन नहुँदा संविधान कार्यान्वयन नहुने स्थानीय तहमा भ्रष्टाचार बढ्ने, विकास निर्माण एवं जनताका सेवाका काम प्रभावित हुने, संवैधानिक सङ्कट पर्ने र अन्ततः संयुक्त जनआन्दोलनका संविधान प्रदत्त अधिकार गुम्ने सम्भावना भएकाले यो निर्वाचनलाई सफल पार्न हामीले विशेष जोड दिन्छौँ । त्यसका लागि हामीले सम्बद्ध सबै पक्ष सहित नेपाली जनतालाई हार्दिक आह्वान गर्दछौँ ।
मधेशवादीहरूले स्थानीय तहका अधिकारहरूलाई कटौती गर्न लगातार जोड दिइरहेका छन् । हामीले संविधानमा व्यवस्था गरिएको स्थानीय तहको अधिकारको कटौती गर्ने कुनै पनि नीतिको कडा शब्दमा विरोध गर्दछौँ ।



चित्रबहादुर के.सी.
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal