rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

रोल्पामा गाउँ भेलाहरू सम्पन्न 

लिवाङ । राजमो रोल्पाले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत विभिन्न गाविसहरूमा गाउँ भेला सम्पन्न गरी राजमोका गाउँ समितिहरू गठन गरेको छ । राजमो रोल्पाले २०७३ फागुन १० गतेका दिन राङसी गाविसमा भेला सम्पन्न गरेको थियो । राजमो रोल्पाका सल्लाहकार हस्तमणि पुन र सदस्य केबी थापाको विशेष उपस्थिति तथा ओम बहादुर घर्तीको पहलकदमीमा सो भेला सम्पन्न भएको थियो । भेलाले बल बहादुर केसीको अध्यक्षतामा राजमो राङसीको १५ सदस्यीय गाउँ समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा चन्द्र बहादुर खत्री, सचिवमा शेर बहादुर केसी, सहसचिवमा प्रभा केसी र कोषाध्यक्षमा कृष्ण बहादुर केसी रहनु भएको छ । समितिका सदस्यहरूमा बैकली केसी, नरमला केसी, हर्क बहादुर केसी, दिल बहादुर केसी, लङ्ग केसी, करण माली, मानसिंह केसी, मन कुमारी केसी, नन्द बहादुर केसी र विष्णु केसी रहनु भएको छ । 

यस्तै, शतवार्षिकी कार्यक्रमको अभियान अन्तर्गत १६ फागुनमा राजमो रोल्पाका अध्यक्ष मेघनाथ विष्टको विशेष उपस्थितिमा फगाम गाविसमा गाउँ भेला सम्पन्न भएको छ । भेलाले कविता रानाको अध्यक्षतामा नौ सदस्यीय राजमो फगाम गाउँ समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा दल बहादुर विक, सचिवमा नन्द बहादुर विक र कोषाध्यक्षमा पूर्ण बहादुर राना रहनु भएको छ । समितिका सदस्यहरूमा धन बहादुर गिरी, मुक्त बहादुर गिरी, प्रेमान राना, टेक बहादुर परियार र कुल बहादुर राना रहनु भएको छ । सुनमाझी विक सो समितिको सल्लाहकार रहनु भएको छ । मेघनाथ विष्टकै प्रमुख आतिथ्यतामा १७ फागुनका दिन गजुल गाविसको भेला सम्पन्न भएको छ । कृष्ण बहादुर थापाको अध्यक्षता, रुद्र थापाको सञ्चालन र शुशीला थापाको स्वागत मन्तव्यबाट भेलाको कार्यक्रम अघि बढेको थियो ।

भेलाले सावित्रा थापाको अध्यक्षतामा राजमो गजुलको नौ सदस्यीय गाउँ समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्ष चित्रा थापा, सचिव नवराज थापा, सहसचिव जङ्ग थापा र कोषाध्यक्ष सङ्गीता थापा रहनु भएको छ । अना थापा, पिमा थापा, मुआ थापा र शुशीला थापा सो समितिको सदस्य रहनु भएको छ । भेलाले कृष्ण बहादुर थापा र गोपाल थापालाई समितिको सल्लाहकारमा चयन गरेको छ ।

 खासकुश्मामा समिति गठन

नेपालगञ्ज । बाँके जिल्लाव्यापी रूपमा अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रम सञ्चालन गरिरहेको राजमो बाँकेले २०७३ फागुन २१ गतेका दिन खासकुश्मा गाविस को वडा नम्बर ९ राजमोको नयाँ वडा समिति गठन गरेको छ । राजमो बाँकेका सचिव गुणनीधि आचार्य, प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सो समिति गठन गरेको थियो । भेलामा जतीय समता समाजका अध्यक्ष दिलबहादुर वि.क. र राजमो खासकुश्मा गाउँ समितिका अध्यक्ष लोकबहादुर खड्काको समेत आतिथ्यता रहेको थियो ।

भेलाले राजु चौधरीको अध्यक्षतामा १५ पूर्ण र ४ बैकल्पिक गरी १९ सदस्यीय राजमोको वडा समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा कुमारी चौधरी, सचिव दिनेश चौधरी, सहसचिव कमला घर्ती, कोषाध्यक्ष अनुसा घर्ती, सदस्यहरू सिता चौधरी, नारायण खड्का, हिम कु. चौधरी, दिलकु. भण्डारी, राजकुमारी भण्डारी, चन्द्र कुमारी चौधरी, जलविर चौधरी, प्रदिप चौधरी, रमेश पुन, सिता चौधरी (ख) र बैकल्पिकमा चन्द्रबहादुर घर्ती, खुमबहादुर रयाउले, उमा घर्ती र आसिस चौधरी रहनुभएको छ । 

अर्घाखाँचीमा शतवार्षिकी कार्यक्रम सुचारु

सन्धिखर्क । अक्टोब। क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत राष्ट्रिय जनमोर्चा गोखुङेगाले २०७३ फागुन १६ गते गाविस स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा राष्ट्रिय जनमोर्चाका नेता एवं २ नं. टोलीका संयोजक सागर केसीले सम्बोधन गर्नु भएको थियो । सो अवसरमा अखिल नेपाल किसान सङ्घका महासचिव कृष्ण केसी, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सल्लाहकार कमल प्रसाद घिमिरे, किसान सङ्घकै जिल्ला अध्यक्ष जीव नारायण खनाल, रामकृष्ण घिमिरे, खकी थापा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चा गोखुङ्गाका अध्यक्ष टोपलाल घिमिरेको अध्यक्षता र मुमाराम खनालकोे सञ्चालनमा सम्पन्न भएको थियो । 

अभियान अन्तर्गत गोखुङ्गामा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागी टोपलाल घिमिरेको संयोजकत्वमा एक सय एक सदस्यीय सदस्यता अभियान परिचालन समिति र २५ सदस्यीय सचिवालय समितिको निर्माण गरी अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिने राष्ट्रिय जनमोर्चा गोखुËाले जानकारी दिएको छ । 

भेला तथा प्रशिक्षण कार्यक्रम

यस अघि २०७३ फागुन १४ गते ढाकावाङमा गाविस स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रूपमा अखिल नेपाल किसान सङ्घका महासचिव एवं २ नं. टोलीका सहसंयोजक कृष्ण केसीले सम्बोधन गर्नु भएको थियो । यस्तै, कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल थापा, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष कबिराम खनाल, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सल्लाहकार कमल प्रसाद घिमिरे, किसान सङ्घकै जिल्ला अध्यक्ष जीव नारायण खनाल, राजमोका खड्क बहादुर थापा, बुद्धि बहादुर थापा, हिमलाल खनाल, शान्ता खनाल लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चाका ढाकावाङका अध्यक्ष डिल्ली बेल्बासेको अध्यक्षता, बाबुराम खनालको स्वागत मन्तव्य र नारायण खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

अभियान अन्र्तगत ढाकावाङ गाविसमा कार्यक्रम सञ्चालन गर्नका लागि खड्क बहादुर थापाको संयोजकत्वमा एक सय ५१ सदस्यीय सदस्यता अभियान परिचालन समिति निर्माण गरी अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिने राष्ट्रिय जनमोर्चा ढाकावाङले जानकारी दिएको छ । 

राजमो बागलुङले गाउँ अभियान तीव्र पार्दै

बागलुङ बजार । राष्ट्रिय जनमोर्चा बागलुङले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत गाउँ अभियान सञ्चालन गरी रहेको छ । 

अभियानकै क्रममा बागलुङको पैयुँपाटामा राष्ट्रिय जनमोर्चा नजिकका जनवर्गीय सङ्गठनहरूको संयुक्त ग्राम भेला सम्बोधन गर्नु भएको छ । भेलालाई सम्बोधन गर्दै राजमो जिल्ला अध्यक्ष अमर थापाले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा प्रत्येक गाउँपालिकामा पकड जमाउने गरी लाग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिनु भयो । कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बासकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य थानेश्वर सुवेदी, योगेन्द्र राज शर्मा, अखिल नेपाल बुद्धिजीवी सङ्घका बुद्धि प्रसाद शर्माले समेत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

भेलाले ज्ञान कुमारी रोकाको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल महिला सङ्घको पैयुँपाटा ग्राम समिति पुनर्गठन गरेको राष्ट्रिय जनमोर्चा बागलुङका सचिव धर्म कुँवरले जानकारी गराउनु भयो । समितिको उपाध्यक्षमा जमुना पौडेल, सचिवमा गोमालक्ष्मी रोका, कोषाध्यक्षमा राधिका रोका र सदस्यहरूमा लालु केसी, लीलावती पौडेल (टकमेल), माया रोका, राधिका रोका, जानुका रोका र गङ्गा रोका रहनु भएको छ । 

अभियानकै क्रममा बबि रोकाको अध्यक्षतामा सात सदस्यीय अखिल नेपाल युवक सङ्घको स्थानीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा भोज बहादुर खत्री, सचिवमा दिपेन्द्र रोका, कोषाध्यक्षमा निर बहादुर रोका र सदस्यहरूमा कृष्ण पौडेल, कमल रोका र विदुर खत्री रहनु भएको छ ।

त्यस्तै, अभियानमा सात सदस्यीय अखिल नेपाल किसान सङ्घको गाउँ समिति गठन भएको छ । समितिको अध्यक्षमा ओम बहादुर पौडेल (टकमेल), उपाध्यक्षमा हिरा बहादुर रोका, सचिवमा केदार पौडेल, कोषाध्यक्षमा डम्मर बहादुर खत्री र सदस्यहरूमा रन बहादुर रोका, मन बहादुर रोका र राम बहादुर रोका रहनु भएको छ ।

बोवाङमा पनि अभियान

राष्ट्रिय जनमोर्चा बागलुङले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत बोबाङमा भेटघाट घरदैलो तथा सङ्गठनहरूको पुनर्गठन जस्ता कार्यक्रमहरू अगाडि बढाएको छ । राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य धन बहादुर अदैको नेतृत्वमा रहेको टोलीले बोवाङका नौ वटै वडामा राष्ट्रिय जनमोर्चा वडा एकाइ समिति गठन गरेको थाहा भएको छ । टोलीले सरस्वति आधारभूत विद्यालय, ज्योति विकास आधारभूत विद्यालय र ज्ञानोदय मावि बोवाङमा अखिल छैठौ मूल एकाइ समिति पनि गठन गरेको छ ।

टोलीले हिमाल विकको नेतृत्वमा १९ सदस्यीय ढोरपाटन उपत्यका स्तरीय राष्ट्रिय जनमोर्चा एकाइ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा डिल बहादुर अदै, सचिवमा ज्ञान बहादुर श्रेष्ठ, कोषाध्यक्षमा मन कुमारी अदै लगायत रहनु भएको राष्ट्रिय जनमोर्चा बागलुङले जनाएको छ ।

जनसभा सम्पन्न

खलङ्गा । राष्ट्रिय जनमोर्चा, जुम्रीकाडा गाउँ समितिको आयोजनामा जुम्रीकाँडाको ढुङ्गेठाटीमा २०७३ फागुन १७ का दिन विशाल जनसभा सम्पन्न भएको छ ।  राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानका सचिव विदुर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न सो सभाको अध्यक्षता गाउँ समितिका अध्यक्ष नन्दराज पुनले गर्नु भएको थियो । भिरेन्द्र विकको सञ्चालन, सेमसर पुनको स्वागत भाषणमा अघि बढेको कार्यक्रममा एक मिनेट मौनधारण गरी सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले स्वागत गीतका साथै सभाको बीच बीचमा नृत्यहरू समेत प्रस्तुत गरेका थिए । उक्त सभालाई राजमो प्युठानका सचिव विदुर मल्ल, जातीय समता समाजका केन्द्रीय सल्लाहकार गोपाल नेपाली, राजमो प्युठानका जिल्ला सहसचिव लाल बहादुर रावत, जिल्ला सदस्य दुर्गा भुसाल, धन बहादुर केसी, अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य धु्रव थापा, अखिल नेपाल युवक सङ्घका जिल्ला सचिव टेक बहादुर राना, समता समाजकी गीता सुनार, अखिल (छैठौँ) का शोभाराम भट्टराई, जनजाति सम्मेलनका पिमे राना मगरले सम्बोधन गर्नु भएको थियो । 

उक्त सभामा एमालेको भ्रममा पारी टीका लगाई दिएर आफ्नो पार्टीमा प्रवेश गरेको घोषणा गरेका विर बहादुर खत्री र रिता महराले आफूहरू राष्ट्रिय जनमोर्चामा नै रहेको प्रतिबद्धता जनाउनु भएको थियो भने उनीहरूलाई प्रमुख अतिथिबाट अविर अर्पण गरिएको थियो ।

अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत नै राजमो प्युठानले धर्मावती गाउँ समितिको आयोजनामा फागुन २० गतेका दिन जनसभाको कार्यक्रम सम्पन्न गरेको छ । सभालाई राजमोका केन्द्रीय सदस्य गोपाल नेपालीले सम्बोधन गर्नु भएको थियो । सभालाई सम्बोधन गर्ने अन्य नेताहरूमा अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य धु्रव थापा, राजमो प्युठानका सदस्यहरू लाल बहादुर राउत र दुर्गा भुसाल, धर्मावती गाउँ समितिका सदस्य भक्त बहादुर नेपाली, जातीय समता समाज धर्मावतीका अध्यक्ष अनिल नेपाली लगायत रहनु भएको थियो । सभामा ५०भन्दा बढी व्यक्ति विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गरेका थिए । सभा होत बहादुर थापाको अध्यक्षता, राजेन्द्र केसीको स्वागत मन्तव्य र ओम बहादुर थापाको सञ्चालनमा अघि बढेको थियो ।

कपिलवस्तु नगर भेला सम्पन्न

तौलिहवा । अक्टोबर क्रान्तिको झण्डालाई उचो राख्न नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरू भर्ना गरौँ मूल नाराका साथ अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत कपिलवस्तुमा राष्ट्रिय जनमोर्चा सहित विभिन्न जनवर्गीय सङ्गठनहरूको सङ्गठन निर्माणसँगै भेला, प्रशिक्षण, जन भेटघाट लगायत कार्यक्रम सञ्चालन भई रहेका छन् ।

यसै सिलसिलामा २०७३ फागुन १८ गते राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य र अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष शिव पौडेलको विशेष उपस्थितिमा कपिलवस्तु नगरपालिका जमोहरामा नगर भेला सम्पन्न भएको छ । भेलाले रामचन्द्र पौडेलको अध्यक्षतामा नौ सदस्यीय राष्ट्रिय जनमोर्चा कपिलवस्तु नगरपालिका समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा निर्मल दाहाल, सचिवमा नियाज अहमद खाँ र कोषाध्यक्षमा राम मिलन यादव रहनु भएको छ । त्यस्तै समितिको सदस्यहरूमा हरि प्रसाद आचार्य, सुधराम गुप्ता, बबिता सारु, अब्दुल अजिज खाँ र सुलोचना पराजुली रहनु भएको छ ।

गाउँ समितिहरू गठन

तम्घास । राजमो गुल्मीले शान्तिपुर र खड्गकोटमा गाउँ भेला सम्पन्न गरेको छ । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत राजमो गुल्मीले उक्त गाविसहरूमा भेला सम्पन्न गरी गाउँ समितिहरू गठन गरेको हो ।

राजमो गुल्मीका सचिव छविलाल सर्तुङी, नेकपा (मसाल) का गुल्मी जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर र राजमो गुल्मीका सदस्य नर बहादुर बिसीको विशेष उपस्थितिमा २०७३ फागुन १९ गतेका दिन शान्तिपुरमा भेला सम्पन्न भएको थियो । भेलाले विक्रम रानाको अध्यक्षतामा सात सदस्यीय राजमो शान्तिपुर गाउँ समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा चेत नारायण शर्मा, सचिवमा झरना पुन र कोषाध्यक्षमा विष्णु विक रहनु भएको छ । समितिको सदस्यहरूमा नर बहादुर विक, चुरन पौडेल र विन्दा थापा रहनु भएको छ ।

राजमो गुल्मीले २१ फागुनमा खडगकोटमा भेला सम्पन्न गरेको थियो । छविलाल सर्तुङी र ओमेन्द्र कुँवरकै विशेष आतिथ्यतामा सो भेला सम्पन्न भएको थियो । भेलाले पूर्ण बहादुर थापा को अध्यक्षतामा १३ सदस्यीय राजमो खडककोट गाउँ समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा घनश्याम ढकाल, सचिवमा केशव थापा र कोषाध्यक्षमा पूर्ण बहादुर थापा रहनु भएको छ । समितिका सदस्यहरूमा हरिचन्द्र थापा, शशिराम थापा, यम बहादुर थापा, नारायण ढकाल, मीरा थापा, डोल बहादुर थापा, बृहस्पति थापा, देउमाया श्रीस र चित्र बहादुर लामिछाने रहनु भएको छ । गङ्गा केसी, रन बहादुर थापा र बल बहादुर थापा सो समितिको सल्लाहकार रहनु भएको छ ।

प्रशिक्षणात्मक कार्यक्रम

तानसेन । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत राजमो पाल्पाले दोभान गाविसको २ नम्बर वडामा प्रशिक्षण भेला सम्पन्न गरेको छ । सो २ नम्बर वडा स्तरीय वडा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि राजमोका केन्द्रीय सदस्य सोम कुमार कार्की रहनु भएको थियो ।

भेलामा राजमोको नयाँ सदस्यता लिएका ४२ जना स्थानीय समेत सहभागी रहेका थिए । अखिल नेपाल युवक सङ्घ पाल्पाका अध्यक्ष कमल थापा, वैकल्पिक सदस्य बेल बहादुर थापा, राजमो दोभानका अध्यक्ष दुर्गा बहादुर थापा र अखिल नेपाल शिक्षक सङ्घका प्रतिनिधि नम बहादुर तरामु समेतको भेलामा आतिथ्यता रहेको थियो । प्रमुख अतिथि र अतिथिहरूले भेलाका सहभागीहरूलाई समसामयिक विविध विषय र अक्टोबर क्रान्तिसम्बन्धी विषयमा प्रशिक्षण दिनु भएको थियो । राजमोका वयोवृद्ध सदस्य भविलाल थापाको अध्यक्षता, राजमो दोभानकी सचिव देउकला क्षेत्रीको सञ्चालन र सदस्य राम कुमार थापाको स्वागत मन्तव्यबाट भेलाको कार्यक्रम अघि बढेको थियो । 

जिल्ला समिति पुनगर्ठित

खाँदबारी । सङ्खुवासभामा राष्ट्रिय जनमोर्चाको जिल्ला सङ्गठन समिति पुनर्गठन गरिएको छ । राजमोका नेता हरिकान्त शर्मा, केन्द्रीय वैकल्पिक सदस्य हेम कुमार गुरुङ र मेचीकोशी क्षेत्रीय समितिका सचिव अमृत पाण्डेको विशेष उपस्थितिमा २०७३ फागुन २१ गतेका दिन सो समिति पुनर्गठन गरिएको हो । पुनगर्ठित समितिको अध्यक्षमा लीला बहादुर खत्री रहनु भएको छ । समितिको सचिवमा कृष्ण प्रसाद गुरुङ र कोषाध्यक्षमा दिपक कटुवाल रहनु भएको छ । समितिका सदस्यहरूमा हेम कुमार गुरुङ, बुद्धेश्वरी खनाल, भुपाल घिमिरे र वीर बहादुर विक रहनु भएको छ ।

यस अघि २० फागुनका दिन खाँदवारी५ मा राजमोको वडा समिति गठन गरिएको थियो । हरिकान्त शर्मा, हेम कुमार गुरुङ र अमृत पाण्डेकै उपस्थितिमा सो वडा समिति गठन गरिएको थियो । गठित समितिको अध्यक्षमा वीर बहादुर विक रहनु भएको छ । समितिको सचिवमा कृष्ण प्रसाद गुरुङ र कोषाध्यक्षमा राम बहादुर सुनार रहनु भएको छ । हर्क बहादुर गुरुङ, टेक बहादुर गुरुङ, रत्न बहादुर गुरुङ र सूर्य विक सो समितिको सदस्य रहनु भएको छ । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत सङ्गठन विस्तारको क्रममा ती समितिहरू पुनगर्ठन तथा गठन गरिएको राजमोका नेता हरिकान्त शर्माले बताउनु भयो । 

जनसभा  सम्पन्न

सिलगडी । राष्ट्रिय जनमोर्चा डोटीले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत गगुडा र बासुदेवीमा जनसभाको कार्यक्रम सम्पन्न गरेको छ । अभियान अन्तर्गत राजमोले घण्टेश्वर गाविसमा गाउँ भेला समेत सम्पन्न गरेको छ । राजमो डोटीले २०७३ फागुन २० गते गगुडा गाविसको बगरमा बाजागाजा सहितको विशाल जुलुस प्रदर्शन पश्चात् जनसभा सम्पन्न गरेको थियो । पलाडीबाट सुरु भएको बाजा गाजा सहितको विशाल जुलुश बगरमा गएर जनसभामा परिणत भएको थियो । सभालाई प्रमुख अतिथिको आसनबाट राजमोका केन्द्रीय सदस्य मनोज भट्टले सम्बोधन गर्नु भएको थियो । राजमो डोटीका अध्यक्ष वेणी माधव जोशी, उपाध्यक्ष मिन बहादुर मलाठी र अखिल (छैठौँ) का केन्द्रीय सचिवालय सदस्य डबल तिरुवाले समेत सो जनसभालाई सम्बोधन गर्नु भएको थियो । रक्तिमका कलाकारहरूको क्रान्तिकारी गीत, नृत्य र स्थानीय डेउडा एवं ठाडी भाकाको सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको सो कार्यक्रमको अध्यक्षता राजमो गगुडाका सचिव धनबहादुर बोगटीले र सञ्चालन अखिल (छैठौँ) डोटीका सदस्य हेम विक्रम चन्दले गर्नु भएको थियो भने सभामा स्वागत मन्तव्य राजमो गगुडाका पूर्व अध्यक्ष तेज ताम्राकारले राख्नु भएको थियो । गगुडाको जनसभामा स्थानीय ३९ जनाले राजमोको नयाँ सदस्यता लिएका थिए । यसरी गगुडामा राजमोमा प्रवेश गर्नेहरूमा केशव विक, प्रकाश ताम्राकार, शङ्कर विक, कृष्ण परियार, योगेश लामिछाने, शुशील चन्द, प्रशान्त नेपाली, दिपक नेपाली, मोहन नेपाली, इन्द्र बोगटी, गीता नेपाली, सुरेश नेपाली, उज्ज्वल नेपाली, सुरेन्द्र ताम्राकार, सुन्तली नेपाली, हरिना नेपाली, पुना नेपाली, कलापति नेपाली, हुमकला नेपाली, पार्वती बोगटी, राधा नेपाली, फिना नेपाली, कलसी नेपाली, सुन्नरी नेपाली, काली नेपाली, सीता नेपाली, राजु नेपाली, धर्मा नेपाली, खण्डी नेपाली, कटटु नेपाली, भट्टी नेपाली, गौरी वम, सिर्जना नेपाली, चन्द्रा ताम्राकार, विष्णा नेपाली, दिनेश ताम्राकार, बसन्त बोगटी, अमृता नेपाली र माहा नेपाली रहनु भएको छ । 

अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत राजमो डोटीले २०७३ फागुन २२ गतेका दिन वासुदेवी गाविसको देउराली बजारमा जनसभा सम्पन्न गरेको थियो । देउराली बजारको जनसभाको प्रमुख अतिथि पनि मनोज भट्ट नै रहनु भएको थियो । वेणी माधव जोशी र मिन बहादुर मलाठी समेतले सम्बोधन गर्नु भएको सो सभामा राजमो डोटीका सदस्य सिद्धसिंह विकले पनि मन्तव्य राख्नु भएको थियो । राजमोका स्थानीय कार्यकर्ता जयराज ओझाको अध्यक्षता, डबल तिरुवाको सञ्चालन र जातीय समता समाज डोटीका संयोजक राम बहादुर भुलको स्वागत मन्तव्यबाट जनसभाको कार्यक्रम अघि बढेको थियो । देउराली बजारको यो जनसभामा समेत रक्तिमका कलाकारहरूले डेउडा र ठाडा भाका सहितका क्रान्तिकारी गीत, नृत्यहरूको सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

जनसभा भव्य रूपमा सम्पन्न गरी सकेपछि वासुदेवीमा राष्ट्रिय जनमोर्चाकी गाउँ समिति समेत गठन गरिएको छ । गठित समितिको अध्यक्षमा जयराम मल्ल रहनु भएको छ । समितिको उपाध्यक्षमा धौलु भुल, सचिवमा नेत्र बहादुर मल्ल र कोषाध्यक्षमा धन बहादुर विक रहनु भएको छ । समितिका सदस्यहरूमा शेर बहादुर मल्ल, जोगीसिंह मल्ल, सालु विक, टेक बहादुर बम, प्रेम भुल, नेत्र बम, राम बहादुर मल्ल, टेक बहादुर मल्ल, नरी बम, राम मल्ल, भगत वम र जय बहादुर वम रहनु भएको छ । समितिको एक स्थान हाललाई रिक्त राखिएको छ ।

अभियानकै सिलसिलामा राजमो डोटीले घण्टेश्वर गाविसको गोगनपानीमा २३ फागुनका दिन गाउँभेला सम्पन्न गरेको छ । भेलाले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमलाई प्रभावकारी किसिमले अगाडि बढाउन गाविसव्यापी रूपमा सदस्यता वितरण र वडा समितिहरू निर्माण गर्ने लगायतका निर्णयहरू गरेको थियो । भेला राजमो घण्टेश्वरका अध्यक्ष प्रेमबहादुर डाँगी र सचिव विपना डाँगीको सञ्चालनमा अघि बढेको थियो ।

 

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal