rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org

मिति ः २०७३ फागुन २६ गते

प्रेस विज्ञप्ति
आज भारतीय सीमा सुरक्षावल (एसएसबी) द्वारा कंचनपुर जिल्ला पुनर्वास नगरपालिका वार्ड नं. ८ जनकवस्ती ‘घ’ गाउ“ कार्गिल डा“डा, आनन्द बजार (दशगजादेखि २५० मिटर नेपाली भूमि) मा गोली प्रहार गरी स्थानीय गोविन्द गौतमको हत्या र नेपाल प्रहरीका सईलाई घाइते बनाएको घटनाप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । भारतीय सीमा सुरक्षावलद्वारा गरिएको यस जघन्य हत्याको हाम्रो पार्टीले निन्दा एवं भत्र्सना गर्दछ ।
पुनर्वास नगरपालिकाद्वारा विनियोजन भएको रु. ५ लाखमा नेपाली भूमिमा कलभर्ट निर्माण भएको थियो । उक्त कलभर्टलाई भारतीय सीमा सुरक्षा बलले हिजो राती आएर भत्काउने कार्य गरेको थियो । एसएसबीको उक्त कार्यको दृष्य कैद गर्न खोज्दा प्रगतिशील पत्रकार संघका नारायण न्यौपानेको क्यामेरा जफत गर्ने काम समेत गरेको थियो । एसएसबीले भत्काएको कलभर्ट हेर्नका लागि आज जम्मा भएका स्थानीय जनतामाथि भारतीय सीमाबाट अन्धाधुन्दा गोली प्रहार गरेको थियो । 
हाम्रो पार्टी तत्काल नेपाल सरकारस“ग मृतकको परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचारको व्यवस्था गर्न माग गर्दछ । साथै भारतीय विस्तारवादलाई नेपाली सीमामा आपराधिक कार्य, सीमा अतिक्रमण, हस्तक्षेप र ज्यादति तुरुन्त बन्द गर्न हामी जोडदार माग गर्दछौं । 
भारतीय विस्तारवादको उक्त ज्यादतिको विरोधमा हाम्रो पार्टीले कंचनपुर सहित देशका विभिन्न जिल्लाहरुमा विरोध कार्यक्रम गर्ने ठेगान गरेको छ । कार्यक्रमलाई सफल पार्न र भारतीय विस्तारवादको भण्डाफोर गर्नको निम्ति हामी सम्पूर्ण जनतास“ग अपील गर्दछौं । 



चित्रबहादुर के.सी.
अध्यक्ष





फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal