rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org


मिति ः २०७३ चैत्र ६ गते
प्रेस विज्ञप्ति
राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको पाचौं पूर्ण बैठक २०७३ चैत्र ३ गते कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा केन्द्रीय कार्यालय काठमाडौंमा बस्यो । बैठकले आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनसग सम्बन्धित विभिन्न संगठनात्मक, प्रचारात्मक, चुनावी तालमेल, उमेदवार र आर्थिक लगायतका विषय र अक्टोबर क्रान्ति शतवार्षिकीका संचालित कार्यक्रमहरुबारे निर्णय गरेको छ । ती निर्णयहरु सार्वजनिक जानकारी गराउन यो वक्तव्य जारी गरिएको छ । 
पार्टीको संगठनात्मक आधार भएका सबै नगरपालिका तथा गाउ“पालिकामा चुनावमा सहभागी हुने निर्णय भएको छ । निर्वाचनका लागि “प्रजातान्त्रिक विकेन्द्रीयता, संविधानको कार्यान्वयन र स्थानीय विकासका लागि स्थानीय निर्वाचन ।” भन्ने मूल नारा तय भएको छ । स्थानीय तहको निर्वाचनको तयारीका लागि निम्न समितिहरु गठन गरिएको छ ।
१. निर्वाचन परिचालन समिति ः संयोजक रश्मीराज नेपाली, सदस्यहरु जनकराज शर्मा र हिमलाल पुरी ।
२. उमेदवार चयन समिति ः संयोजक चित्रबहादुर के.सी., सदस्यहरु जनकराज शर्मा, मनोज भट्ट, अमर थापा, लालबहादुर थापा, कृष्णबहादुर खड्का र सुरेन्द्र भण्डारी ।
३. निर्वाचन घोषणपत्र मस्यौदा समिति ः संयोजक जनकराज शर्मा, सदस्यहरु मनोज भट्ट र हिमलाल पुरी ।
४. केन्द्रीय प्रचार समिति ः संयोजक दुर्गा पौडेल, सदस्यहरु मीना पुन, चन्द्रबहादुर के.सी., रामबहादुर बुढा, तिलक थापा, अनिलकिशोर घिमिरे र विमल पोख्रेल ।
५. क्षेत्रीय परिचालन समितिहरु ः
मेची–कोशी — संयोजक सुरेन्द्र भण्डारी, सदस्यहरु अमृत पाण्डे, योगेन्द्र ढकाल र हरिकान्त शर्मा ।
सगरमाथा–जनकपुर — संयोजक हिमलाल पुरी, सदस्यहरु काजीलाल वाइवा, लिलकुमार राई, मानबहादुर ल्हो र नवराज पौडेल ।
नारायणी — संयोजक डम्बर पुरी, सदस्यहरु कर्ण थापा, तारा पौडेल, लक्ष्मण विष्ट र नेत्र पौडेल ।
ड्ड बागमती — संयोजक लालबहादुर थापा, सदस्यहरु आनन्द शर्मा, आरवी फु“याल र दीर्घबहादुर सुवेदी ।
गण्डकी–धौलागिरी — संयोजक राजेन्द्र ढुंगाना, सदस्यहरु शंकर बराल, कृष्ण अधिकारी, लक्ष्मी बा“स्कोटा र पुष्पलाल श्रेष्ठ ।
राप्ती–लुम्बिनी — संयोजक कृष्ण खड्का, सदस्यहरु सोमकुमार कार्की, झविलाल थापा, कमला जि.सी. र दिपक पौडेल ।
भेरी–कर्णाली — संयोजक रत्नविक्रम प्यासी, सदस्यहरु वासुदेव पोख्रेल, देवजड्ड शाही, कृष्णा रावल र अमर नेपाली ।
सेती–महाकाली — संयोजक मनोज भट्ट, सदस्यहरु लालबहादुर जाग्री, नन्दराज भट्ट, राजाराम चौधरी र लोकेन्द्र लम्साल ।
६.  क्षेत्रीय प्रचार समितिहरु ः
सेती–महाकाली — संयोजक मनोज भट्ट, सदस्यहरु लालबहादुर जाग्री, लोकेन्द्र लम्साल, लक्षीराम आचार्य र कल्पना भण्डारी ।
भेरी–कर्णाली — संयोजक वासुदेव पोख्रेल, सदस्यहरु देवजंग शाही, कृष्णा रावल, धर्म दानी र कृष्ण पाण्डे ।
राप्ती–लुम्बिनी — संयोजक दुर्गा पौडेल, सदस्यहरु बद्रे आलम, चन्द्रबहादुर के.सी., सकुन्तला राना, रेशम वि.सी. र देवेन्द्र कु“वर ।
गण्डकी–धौलागिरी — संयोजक मीना पुन, सदस्यहरु कृष्ण थापा, नारायण सापकोटा, भिमलाल पोख्रेल, भोजराज उप्रेती र रविमोहन ढकाल ।
बागमती — संयोजक निमबहादुर बुढा, सदस्यहरु गोविन्द सिंह थापा, निश्चल क्षेत्री र ऋतु के.सी. ।
नारायणी — संयोजक भागीरथ भट्टराई, सदस्यहरु तारा पौडेल, दिपक चौधरी, मोहनमणि ढकाल र लक्ष्मण विष्ट ।
उक्त सबै प्रचार अभियानहरु यही चैत्र २० गतेदेखि शुरु हुनेछन् र सम्बन्धित क्षेत्रहरुमा करिब १ महिनासम्म चल्नेछन् । त्यो अभियानको सिलसिलामा क्षेत्रभरि नै आमसभा वा सांस्कृतिक कार्यक्रम वा जनभेटघाटका कार्यक्रमहरु सम्पन्न गरिने छ ।  
७. बैठकले गाउ“पालिका र नगरपालिकाको नया“ बनेको संरचना अनुसार राष्ट्रिय जनमोर्चाका समन्वय समितिहरु बनाउने निर्णय गरेको छ । 
८. २०१० सालमा प्यूठानमा चलेको किसान संघर्षको बारेमा फागुन २४ नामक चलचित्र निर्माण भएको छ । बैठकले उक्त चलचित्रलाई देशका विभिन्न भागहरुमा प्रदर्शन गर्ने ठेगान गरेको छ । त्यस्तै माथिल्लो कर्णाली बचाउ अभियानको सा“स्कृतिक कार्यक्रम बा“के, सुर्खेत र दैलेखमा प्रदर्शन गर्ने ठेगान भएको छ । 
९. अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रमहरुको समीक्षा भयो । कैयन जिल्लाहरुमा शतवार्षिकी कार्यक्रमहरु भएका छन् । स्थानीय निर्वाचनको समयमा पनि त्यो कार्यक्रमलाई साथसाथै अगाडि बढाउने र त्यस सन्दर्भमा संगठनात्मक विस्तारको काममा विशेष जोड दिने बैठकले निर्णय गरेको छ । 

रश्मीराज नेपाल
कार्यकारी अध्यक्ष


फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal