rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org

मिति ः २०७३ चैत्र ६ गते

प्रेस विज्ञप्ति

निर्वाचन अयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानका केही नीति बदल्न निर्देशन गरेको कुराप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ । हरेक पार्टीका आ–आफ्ना सिद्धान्त, नीति र कार्यक्रमहरु हुन्छन् । तिनीहरु आफ्नो पार्टीका प्रतिवेदन, विधान वा घोषणपत्रहरुमा राखिएका हुन्छन् । तिनीहरु राज्यको संविधान, कानुन वा नियमहरुस“ग मेल नखान सक्दछन् । त्यो सम्बन्धित राजनीतिक दलको स्वतन्त्रताको कुरा हो । संविधानमा पनि केही खास विषयहरुलाई छाडेर त्यसमा सामेल भएका कतिपय विषयहरुलाई संशोधन गर्न पाउने अधिकारलाई सुरक्षित राखेको छ । त्यसकारण निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘राजतन्त्र’ र ‘हिन्दू धर्म’सम्बन्धी नीतिलाई बदल्न दिएको निर्देशनलाई हामीले गलत मान्दछौं र त्यो संविधानमा व्यवस्था गरिएको अधिकारको पनि विरुद्ध छ भन्ने हाम्रो मत छ । 
तर, नेपाली जनताको महान जनआन्दोलनले राजतन्त्र र नेपाल हिन्दू अधिराज्यको अन्त्य गरेर गणतन्त्र र नेपाल धर्म निरपेक्ष राज्य स्थापना गरेको छ । राजतन्त्र र नेपाल हिन्दू धर्म सापेक्ष हुने नीतिहरु गम्भीर रुपले गलत छन् । यी नीतिले देशलाई प्रतिगमनतर्फ लैजान्छ । तसर्थ, यी नीतिलाई हामीले घोर विरोध र भत्र्सना गर्दै आएका छौं र गर्दछौं ।

चित्रबहादुर के.सी.
अध्यक्ष

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal