rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org

मिति  २०७३ चैत्र १० गते

प्रेस विज्ञप्ति
राजनीतिक दल सम्बन्धी विधेयक संसदबाट २०७३ चैत्र ९ गते पारित गर्दा प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ तीन प्रतिशत मत पाउने र प्रत्यक्ष तर्फ कम्तीमा एक सिट जित्ने पार्टीलाई मात्र राष्ट्रिय दलको मान्यता दिने गरी भएको निर्णयप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानार्षण भएको छ । प्रत्यक्ष निर्वाचनमा जति सिट जिते पनि समानुपातिक निर्वाचनमा तीन प्रतिशत मत प्राप्त गर्न नसक्ने दलको हैसियत स्वतन्त्र हुने र राष्ट्रिय मान्यता प्राप्त दल हुन नसक्ने निर्णयले बहुदलिय व्यवस्थाको उपहास भएको छ भने दुई दलिय तानाशाहीको जन्म हुने खतरा पैदा भएको छ । 
“संसदमा धेरै दल भएको हु“दा राजनीतिक अस्थिरता पैदा भयो” भन्ने कुतर्क अगाडि सारेर साना दलहरुलाई नियोजन गर्ने निर्णयबाट दुई दलिय निरंकुशताको जन्म हुने खतरा पैदा हुने छ । वर्तमान रुपान्तरित संसदमा आधाभन्दा बढी दलहरुले १ सिट मात्र ल्याएका छन् । व्यवहारबाट नै प्रष्ट छ, कि साना दलहरुको पहु“चको कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा नभएर ठूला दलहरुबाट नै अस्थिरता पैदा भइरहेको छ । अहिले रुपान्तरित संसदका ठूला ३ दलकै कारण मुलुकमा अकर्मण्यता पैदा भएको छ । तीन दलले चाहेको अवस्थामा दुई तिहाई बहुमतबाट जुनसुकै निर्णय गर्न सक्छन् । साना दलहरुको कारण कुनै पनि प्रकारको निर्णयमा असर पुगेको देखिंदैन । ठूला राजनीतिक दलले राष्ट्र र जनताप्रति अपनाउने गरेको गलत नीतिलाई नसच्याउन्जेलसम्म देशमा अशान्ति, अराजकता, भ्रष्टाचार र गरिबीले जरा गाडिरहने छ । मुलुकको सावैभौमसत्ता, राष्ट्रिय अखण्डता र विविधता बीचको एकतालाई खलल पु¥याउने र साम्राज्यवादी र विशेष गरी भारतीय विस्तारवादको स्वार्थमा भित्रिएको संघीयतास“ग जोडिएर आएका जातिवाद, क्षेत्रीयतावाद, बहुराष्ट्रवादको गोलचक्करमा यिनै ठूला दलहरु परेको कुरा कसैबाट छिपेको छैन । ठूला दलहरुले आफै निम्त्याएको राजनीतिक अस्थिरतालाई साना दलहरुको पोल्टामा थुपारेर प्रतिशोधपूर्ण तरिकाले दुई दलिय निरंकुशता लाद्न र तीन प्रतिशत थ्रेसहोल्ड लगाउन गरेको निर्णयलाई खारेज गर्न सबै पक्ष एक हुन राष्ट्रिय जनमोर्चा यो प्रेश वक्तव्य मार्फत् सबैको ध्यानाकर्षण गर्न चाहन्छ । 





चित्रबहादुर के.सी.
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal