rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

कास्कीमा राजमोको चुनावी अभियान

पोखरा । राष्ट्रिय जनमोर्चा कास्कीले २०७४ वैशाख १ गते मादी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको स्थानीय निर्वाचनको प्रचार प्रसार अभियान सञ्चालन गरेको छ । राजमो कास्कीका अध्यक्ष रवि मोहन ढकालको नेतृत्वमा गणेश अधिकारी र रमेश गुरुङ सम्मिलित रहनु भएको राजमो कास्कीको टोलीले सो अभियान नेतृत्वमा सञ्चालन गरेको हो । अभियान अन्तर्गत मिजुरेको पखरीबोटमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नुका साथै व्यापक सदस्यता वितरण गरिएको छ । २०७३ चैत्र ३० गते राष्ट्रिय जनमोर्चा कास्कीका उपाध्यक्ष चन्द्र बहादुर केसी, शङ्कर बराल, राम प्रसाद शर्मा, विष्णु पुरी समेतको टोलीले पोखरा महानगरपालिका वडा नं. २१ निर्मल पोखरी, फोक्सिङ र कस्तीमा प्रचार अभियान सञ्चालन गर्नुका साथै सो स्थानमा वडा समिति गठन गरेको छ । 

२०७४ वैशाख ३ गते पोखरा महानगरपालिका वडा नं. ६ बैदाममा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । उक्त भेलाको सञ्चालन लक्ष्मी कुँवरले गर्नु भएको थियो भने पोखराको मेयरका उम्मेदवार चन्द्र बहादुर केसी, कास्की राजमोका सचिव आकास गौतमले राष्ट्रिय जनमोर्चाको नीति कार्यक्रम र स्थानीय चुनावका विषयमा प्रशिक्षण दिनु भयो । भेलाले टेक बहादुर लामाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको छ । उपाध्यक्ष लक्ष्मण ढुङ्गाना, सचिव विनोद केसी, सहसचिव रमेश पहारी, कोषाध्यक्ष लक्ष्मी कुँवर सदस्यहरू सीता न्यौपाने, केशव क्षेत्री, करण पहारी, प्रमिला केसी, दिवस लामिछाने, दिनेश कोइराला, मिन बहादुर पहारी, होम सुनार, प्रेम बहादुर केसी, माया अधिकारी, चोला पुन लगायत समितिमा रहनु भएको छ । 

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal