rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

भैरहवामा  चुनावी कार्यालयको उद्घाटन

भैरहवा । स्थानीय तहको दोस्रो चरणको मिति नजिकिदै गर्दा राजमो रूपन्देहीले प्रचार प्रसारको कार्यलाई व्यवस्थित रूपमा सशक्त बनाउँदै लगिरहेको छ । चुनाव प्रचार प्रसारको कार्यलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न राजमो सिद्धार्थनगर नगर समितिले भैरहवामा चुनाव प्रचार प्रसार कार्यालय खोलेको छ ।
राजमोका केन्द्रीय उपाध्यक्ष तथा रूपन्देही जिल्ला अध्यक्ष बद्रे आलमले २०७४ जेठ ६ गतेका दिन एक समारोहका बीच सो कार्यालयको उद्घाटन गर्नु भएको थियो । उद्घाटन पश्चात् समारोहलाई सम्बोन गर्दै प्रमुख अतिथि बद्रे आलमले सिद्धार्थ नगरमा चुनावी कार्यालय स्थापना गरेपछि प्रचार प्रसारको कार्य अब थप व्यवस्थित हुने विश्वास व्यक्त गर्नु भयो । चुनावका बेला सत्ता र शक्तिको दुरूपयोग गर्दै जनतालाई भ्रमजालमा पार्न अनेकथरि पार्टीहरू आउन सक्ने बताउँदै उपँध्यक्ष्ँ आलमले जनतालाई सचेत र जागरुक बनाई त्यस्तो भ्रमजालबाट मुक्त गराउन राजमोका कार्यकर्ताहरू लाग्नु पर्नेमा जोड दिनु भयो । 
राजमो सिद्धार्थनगर नगर समितिका उपाध्यक्ष हेमन्त दास कुर्मीको अध्यक्षता र सचिव तारा ढुङ्गानाको सञ्चालनमा अघि बढेको सो समारोहलाई अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सल्लाहकार दुर्गानाथ खरेल र अखिल नेपाल महिला सङ्घ रूपन्देहीकी उपाध्यक्ष तथा राजमो रूपन्देहीकी सदस्य भानु केसीले समेत सम्बोधन गर्नु भएको थियो । समारोह सिद्धार्थनगर नगरपालिका–९ बर्मेली टोल भैरहवास्थित राजमो सिद्धार्थनगर नगर समितिको चुनावी प्रचार प्रसार कार्यालय रहेका भवनमा आयोजना गरिएको थियो ।
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal